भर्खरै :

गाडी चिल्लो, बानी फोहोरी

–अजित ख्वालापाला, विद्यार्थी
दसैंको पूजाआजा सुरू भएको छ । तर मानिसमा नागरिक भावना भने पटक्कै भएजस्तो लागेन । चिल्ला गाडी पूजा गर्ने मान्छेहरूले फोहोर जति सडकछेउ त्यत्तिकै फालेको देख्दा उनीहरूको वैभवता केही काम नलाग्ने जस्तो लाग्यो । पैसामात्र भएर हुनेरहेनछ, मानिसमा आफ्नो जिम्मेवारीबारे बोध पनि हुनुपर्नेरहेछ ।
गाडी पूजा गरेर बोका काट्ने, पोल्ने अनि फोहोर र खरानी जति बाटो छेउमा फाल्ने मान्छेले लगाएको सुकिलो लुगा त बाहिरी आवरणमात्र भएजस्तो लाग्यो । लुगा राम्रो मान्छे नराम्रो ।
फोहोर गरेपछि सफा गर्नुपर्छ भन्ने कुरा चिल्ला गाडीमा बसेर पनि सिक्न नसक्ने मान्छेहरूलाई धिक्कार छ । तिनीहरूले दसैं मनाएर समाजलाई फोहोरमात्र दिए । समाजलाई फोहोर दिने मानिसलाई शक्तिदेवीहरू के आशीर्वाद देला र खोई !

Leave a Reply

Your email address will not be published. Required fields are marked *