अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
– सुनिता गाइसी
नेपाल विभिन्न जातजातिको सङ्गमस्थल हो । हाल नेपालमा १२५ थरी जातजाति रहेको तथ्याड्ढ २०६८ को जनगणनाले पुष्टि गरेको छ । नेपालका विभिन्न जनजातिमध्ये आधुनिकीकरणको रेखाबाट अलि पर रहेको जनजाति चेपाङ हो । चेपाङहरू विकास र शिक्षामा पनि निकै पछाडि परेका छन् । यिनीहरूको मुख्य बसोबास स्थलहरूमा धादिङ, मकवानपुर, चितवन र गोरखा हुन् । चेपाङहरू निकै सोझा, सरल र इमानदार हुन्छन् । मङ्गोलियन मुखाकृतिका यिनीहरू गहँुगोरो, थेप्चेनाक, ठूलो अनुहार, मझौला कद र फूर्तिलो शारीरिक बनावटका हुन्छन् । चेपाङहरू जङ्गलको छेउछाउमा बस्छन् । सामान्य खेतीपाती, पशुपालन, चोया तथा काठको घरेलु सामान बनाई गुजारा चलाउँछन् । चेपाङहरू मुख्य गरी दुईथरी कछारे र पुकुन्थली थरका पाइन्छन् । कछारेहरू आफूलाई सुन प्रजा भन्न मनपराउँछन् । चेपाङ नामको विषयमा चर्चा गर्दा ‘च’ को अर्थ कुकुर र ‘पाङको अर्थ धनुकाँड हो । चेपाङहरूले घरघरमा कुकुर पाल्ने र धनुकाँडको सहायताले सिकार खेल्ने हुनाले चेपाङ हुन गयो भनिन्छ । यिनीहरू मृग, बँदेल, घोरलको शिकार गर्दछन् ।
चेपाङहरू एक आपसमा आफ्नै चेपाङ भाषा बोल्दछन् तर अरुसँग बोल्दा नेपाली भाषामा कुरा गर्दछन् । युवा पुस्ताले भने मातृभाषा नै भुल्न थालिसकेका छन् । त्यसैले बुढापाकाहरू आफ्नो भाषा लोप हुन लागेकोमा चिन्तित छन् । चेपाङका घरहरू प्रायः ढुङ्गा, माटो, काठ, बाँसद्वारा निर्मित हुन्छन् । हरेकका घरमा पिँढी हुन्छ । पाहुनाहरूलाई गर्मीका दिनमा यही सुताइन्छ ।

सुनिता गाइसी
Leave a Reply