संसद्मा ‘बालेनको अराजक अभिव्यक्ति’ हटाउनुपर्ने विषय र नियमापति
- असार ३, २०८३
नेपाल क्रान्तिकारी विद्यार्थी संघले क्याम्पस–क्याम्पसमा स्ववियु चुनावी घोषणा पत्रमाथि विचार विमर्श गर्ने र वितरण गर्ने कार्यक्रम गरेर स्ववियु चुनावको प्रचार कार्य गरिरहेको छ ।
‘हाम्रो घोषणा पत्र, हाम्रो विचार–हाम्रो विचार हाम्रो संघर्ष’ नाम दिइएको सो अभियान बुधबार नेपाल ल क्याम्पसमा त्यसको शुभारम्भ गरेको हो ।
अभियानअन्तर्गत त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुर र त्रिचन्द्र क्याम्पसमा घोषणापत्रमाथि विमर्श र वितरण गरियो । अभियान क्याम्पसमा निरन्तर गरिने बताइएको छ ।
चुनावको नाममा नाचगान, भोजभत्तेर, हल्लाबाजी मात्र भइरहेको अवस्थामा चुनावीलाई वैचारिक अभियानको रुपमा अगाडि बढाउने प्रयासस्वरुप त्यस्तो अभियानको थालनी गरेको नेक्राविसंघका अध्यक्ष नीरज लवजूले बताउनुभयो ।
‘घोषणा पत्रबारे कुनै पनि कुराकानी नै नहुने अवस्थामा विद्यार्थीहरुबीच कम्तीमा नेक्राविसंघको विचार पु¥याउने लक्ष्यका साथ सो अभियानको थालनी गरेको हो’,उहाँले भन्नुभयो ।
Leave a Reply