भर्खरै :

भारतले नेपालको जग्गा मिचेको बारे रास्वपाले दिल्लीमा किन प्रश्न उठाएन ?

भारतले नेपालको जग्गा मिचेको बारे रास्वपाले दिल्लीमा किन प्रश्न उठाएन ?

रास्वपाका परराष्ट्रमन्त्री शिशिर खनालले भारतसँग सीमा विवाद सुस्ता र लिम्पियाधुरा दुई ठाउँमा मात्र भएको एक सञ्चारमाध्यममा बताए । रास्वपा सरकार प्रमुखसँग मङ्सिर ६ र ७ गते भारत भ्रमणबाट फिर्तालगत्तै परराष्ट्रमन्त्री खनालले उक्त विषय राखेका थिए । भारतले नेपालको जग्गा उल्लेखित ठाउँका साथै इलामको पशुपति नगरदेखि सप्तरीको तिलाठी र लालापट्टि, पर्साको छपकैया, कञ्चनपुरको दोधारा चाँदनीलगायत ७०–८० ठाउँमा मिचेको सार्वजनिक भइरहेको छ । यसकारण, परराष्ट्रमन्त्री खनालले भारतले नेपालको भूमि सुस्ता र लिम्पियाधुरामा मात्र विवाद रहेको बताएको सत्य होइन ।
दिल्लीमा रास्वपा सरकार प्रमुख र भारतीय समकक्षी मोदीबिच भेटवार्तापछि भारतीय विदेश सचिव विक्रम मिश्रीले दुई सरकार प्रमुखको वार्तामा लिम्पियाधुरा र सुस्ताबारे विषय नउठेको स्पष्ट पारे । मिश्रीले नेपाल र भारतका प्रबुद्धवर्ग सम्मिलित भनिएको दुई देशको सम्बन्ध र सीमाबारे गठित समूह ईपीजी प्रतिवेदनसमेत पुरानो भइसकेको बताए । दुई सरकार प्रमुखबिच सीमाबारे विषय उठेको भारतीय विदेश सचिवले अस्वीकार गरेकोलाई रास्वपा सरकारले आपत्ति किन जनाएन ?
रास्वपा सरकारको नेतृत्वमा पुग्नुअघि रवि लामिछानेले पत्रकारको भूमिकाबाट लिम्पियाधुरासम्मको नेपालको नक्सा टेलिभिजनमा देखाउँदै घाँटी सुक्ने गरी कराएर तत्कालीन सरकारहरूको विरोध गरेका थिए । रास्वपाका वरिष्ठ नेता बालेन कामनपाको प्रमुख हुँदा आफ्नो कोठामा ‘ग्रेटर नेपाल’ को नक्सा झुन्ड्याएका थिए । सरकारको मुख्य मुख्य स्थानमा पु¥याइएका यी दुवै व्यक्ति भारत पुगेर भारत अतिक्रमित नेपालको जग्गा फिर्ता ल्याउने विषयमा चुइँक्क बोल्न सकेनन् ।
रास्वपा सरकार प्रमुखमा पु¥याइएका बालेनले संसद्मा नेपालले भारतको जग्गा मिचेको बताएर मोदीसामु लम्पसार परेका थिए । हालैको दिल्ली भ्रमणमा बालेनले आफ्नो लम्पसार पुष्टि गरे । बालेनले थाहा पाए – ‘दिल्लीतिर आँ नगरी, मोदीको शरीर नमोली, ऋणको लागि भिख नमागी आफ्नो सिंहदरबारको कुर्सी टिक्दैन ।’ रास्वपा सरकारले भारत अतिक्रमित नेपाली जग्गा फिर्ता ल्याउने विषय दिल्लीमा मोदीसँग उठाउने साहस गरेनन् । विपक्षीमा हुँदा रास्वपाले सरकारी ऋणमा देश डुबेको हुँदा निन्द्रा नलागेको बताएको थियो भने सरकारको नेतृत्वमा पु¥याएपछि ऋण नलिए देश नचल्ने दाबी ग¥यो ।
नेका, एमाले, राप्रपा, सद्भावना मिलेर भारतसँग गरेको महाकाली सन्धिमा महाकाली नदी भारतको समेत साझा भनी उल्लेख गरेको देशघाती थियो भने सुगौली सन्धिअनुसार काली पारि भारत पर्ने प्रावधानअनुसार महाकाली सन्धिमा महाकाली नदीको उद्गमस्थल लिम्पियाधुरा भएको यथार्थ उल्लेख नहुनु अर्को देशघात हो । यसैबाट फाइदा उठाएर भारतले कालापानीमा काली मन्दिर स्थापना ग¥यो र सानो खोल्सोलाई काली नदी नामकरण ग¥यो । यसलाई नेपालका शासक दलहरूले सहमति जनाएर अर्को देशघात गरे । नेमकिपाले महाकाली सन्धिको विपक्षमा मत दिएको थियो । नेपाल सरकारले विसं २०१८ सालमा लिम्पियाधुरासम्म जनगणना गराएको थियो । जनगणनामा सरकारको नेतृत्व गरी त्यहाँ पुगेका अधिकारी र पछि पत्रकार भैरव रिसालले त्यसबेला लिम्पियाधुरामा भारतीय कोही नरहेको एक सञ्चार माध्यममा बताएका थिए । विसं २०१५ सालको संसदीय चुनावमा लिम्पियाधुरासम्मका नेपालीले मतदान गरेको र विसं २०२४ सालमा लिम्पियाधुरासम्मको नावी, गुञ्जी, कुटीका नेपालीले नेपाल सरकारलाई कर तिरो तिरेको रसिद उपलब्ध भएको सार्वजनिक भयो । सन् १८१९ को अङ्ग्रेज भारतले प्रकाशित गरेको नक्सामा लिम्पियाधुरासम्म नेपालको भूमि उल्लेख भएको थियो । सन् १९४७ मा अङ्ग्रेजबाट स्वतन्त्र भारतले ऐतिहासिक नक्सालाई तोडमरोड गरी नेपालको लिम्पियाधुरालगायत सुस्ता र अन्य भूभाग भारतमा पर्ने गरी नक्सा जारी ग¥यो । यो यथार्थलाई रास्वपा सरकारले मोदीसँगको वार्तामा नउठाएको देशघात नभए के हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *