भर्खरै :

दिल्लीको भव्य कूटनीतिले हामीलाई नेपाली भूमिमाथि भइरहेको क्षेत्रीय अतिक्रमणबाट कसरी ध्यान हटाउन प्रेरित गर्छ !

  • मंसिर १४, २०८३
  • गोपालबहादुर थापा
  • विचार
दिल्लीको भव्य कूटनीतिले हामीलाई नेपाली भूमिमाथि भइरहेको क्षेत्रीय अतिक्रमणबाट कसरी ध्यान हटाउन प्रेरित गर्छ !

(कालापानी कुनै ‘सीमा विवाद’ होइन । यो हाम्रो भूमि हो, जुन अवैध कब्जामा छ । जबसम्म हामी यो कुरा स्पष्ट रूपमा भन्दैनौँ, तबसम्म हामी भ्रममा परिरहनेछौँ ।)
प्रधानमन्त्री बालेन्द्र शाह भारतको दुईदिने भ्रमणमा जाँदा धेरै आशा गरिएको थियो । उहाँको फिर्तीसँगै ती आशाहरू धेरै हदसम्म पूरा हुन सकेका छैनन् । केही आर्थिक प्याकेजहरूबारे सहमति जुट्यो तर भारतसँगको विशाल व्यापार घाटाको समस्या भने सम्बोधन हुन सकेन । भू–राजनीतिक शब्दमा, भारतले हाम्रा प्रधानमन्त्रीलाई रित्तो हात घर फर्काइदियो ।
एउटा नेपालीमा पुरानो उखान छ, ‘हात्तीको देखाउने दाँत एउटा, चपाउने दाँत अर्कै’ ।
प्रधानमन्त्री शाहको भारत भ्रमणको समापनमा नोभेम्बर २३ का दिन नयाँ दिल्लीमा हस्ताक्षर गरिएको ‘विकसित भारत र समुन्नत नेपाल ः साझेदारीको पुनर्परिकल्पना’ शीर्षकको संयुक्त दृष्टिकोण दस्ताबेज, पुरानो नेपाली उखानको एक उत्कृष्ट आधुनिक दृष्टान्त हो । यसले हामीलाई १० वटा सुन्दर स्तम्भहरू देखाउँछ, तर त्यो जगलाई भने लुकाउँछ जसमा अरू सबै कुरा अडिएको छ – हाम्रो जमिन ।
यदि कसैले यस बृहत् भिजन (परिकल्पना) लाई हरेक अल्पविरामको समेत प्रशंसा गर्न तालिम पाएको कूटनीतिज्ञका रूपमा नभई, एक देशभक्त नेपालीका रूपमा हे¥यो भने उसले थाहा पाउनेछ कि यो वास्तवमा कुनै भिजन नै होइन । बरु, यो दिल्लीको एउटा चलाखीपूर्ण चाल मात्र हो ।
यो भिजनमा के समावेश छ ?
कागजमा हेर्दा यो दस्ताबेज प्रभावशाली देखिन्छ । २४० अर्ब रूपैयाँ बराबरको सहायता (सन् २०२६ को अगस्टमा रसुवा–त्रिशुली क्षेत्रमा आएको विपद्पछिको पुनर्निर्माणका लागि ५६ अर्ब रूपैयाँ अनुदान, साथै ऊर्जा परियोजनाहरूका लागि १८४ अर्ब रूपैयाँ सहुलियतपूर्ण ऋण) ।
त्यसपछि आउँछन् १० स्तम्भहरू – आर्थिक साझेदारी, भौतिक तथा डिजिटल सम्पर्क सञ्जाल, ऊर्जा र जलवायु, सुशासन, प्रविधि र अन्तरिक्ष, शिक्षा, खेलकुद, संस्कृति तथा पर्यटन र स्वास्थ्य तथा कृषि ।
यहाँ सीमापार विशेष आर्थिक क्षेत्रहरू, अयोध्या–जनकपुर रेलसेवा, रक्सौल–काठमाडौँ रेलमार्ग, सिलिगुढी–झापा पाइपलाइन, कान्डला र पारादीप बन्दरगाहसम्मको पहुँच, काठमाडौँमा स्टार्टअप केन्द्र, नेपाली भाषाको एलएलएम LLM/लार्ज ल्याङ्गग्वेज मोडेल), क्रिकेट एकेडेमी, जन–औषधि केन्द्रहरू र चितवनमा कृषि–औद्योगिक पार्क समावेश छन् ।
क्रिकेट एकेडेमी र आयुर्वेदको कसले विरोध गर्न सक्छ ? जनकपुर जाने रेलको प्रस्तावलाई कसले अस्वीकार गर्ला र ? कसैले पनि गर्दैन । कुरा ठीक यही हो । यो भिजनलाई यसरी तयार पारिएको छ कि यसमा कसैलाई आपत्ति नहोस्; किनभने यसको उद्देश्य नै मानिसहरूको ध्यान अन्यत्र मोड्नु हो ।
प्रस्तावनामा लुकाइएको एउटा धूर्त वाक्य
प्रस्तावनाभित्र एउटा चलाखीपूर्ण वाक्य लुकाइएको छ, जसले हाम्रो सार्वभौमसत्तामाथि गम्भीर आघात पु¥याउँछ । यसमा गर्वका साथ भनिएको छ, “जलस्रोत, ऊर्जा, व्यापार तथा वाणिज्य र सीमासम्बन्धी विषयलगायतका सबै बाँकी मुद्दाहरू आपसी छलफल र संवादका माध्यमबाट समाधान गरिनेछन् ।” ध्यानपूर्वक पढ्दा यसमा कुनै समयसीमा, कार्यविधि, अन्तिम म्याद, प्रतिबद्धताको उल्लेख छैन; साथै कालापानी, लिपुलेक वा लिम्पियाधुराको पनि कुनै उल्लेख पाइँदैन । यहाँ न त भारतीय सेना हटाउने कुरा छ, न त भू–भाग ओगटेर बसेको (अतिक्रमण) विषय नै समेटिएको छ ।
क्षेत्रीय कब्जाको सम्पूर्ण विषयलाई केवल ‘सीमा’ भनेर उल्लेख गरिएको छ र यसलाई जलस्रोत, ऊर्जा तथा व्यापारजस्ता विषयहरूसँगै मिसाइदिएको छ । मानौँ, भारतीय सैन्य कब्जामा रहेको ३७२ वर्ग किलोमिटर भू–भाग पनि सीमा अतिक्रमणका अन्य सामान्य समस्याजस्तै हो । यो कुनै असावधानी होइन, बरु दिल्लीको छलकपटपूर्ण रणनीति हो ।
नेपालले आठ वर्षसम्म ‘विशिष्ट व्यक्तिहरूको समूह’ (EPG) को प्रतिवेदन, जुन दुवै देशका आठ जना विशिष्ट व्यक्तिहरूबिच भएका नौ चरणको बैठकपछि सन् २०१८ को जुलाईमा तयार भएको थियो, औपचारिक रूपमा बुझिलिनुपर्ने माग राख्यो । यो एउटा यस्तो दस्ताबेज थियो, जसले वास्तवमा सन् १९५० को सन्धि, सीमा र संरचनात्मक असन्तुलनलाई सम्बोधन गर्ने प्रयास गरेको थियो ।
दिल्लीले के ग¥यो ? सुरुमा, यस प्रतिवेदनलाई बुझ्न नै अस्वीकार ग¥यो ।
आठ वर्षसम्म प्रधानमन्त्री मोदी ‘अत्यन्त व्यस्त’ हुनुहुन्थ्यो । त्यसपछि, प्रधानमन्त्री शाहको भ्रमणको भोलिपल्टै, परराष्ट्र सचिव विक्रम मिस्रीले यसलाई मृत घोषित गरिदिए – “यो विगतसँग सम्बन्धित छ… त्यसैले मेरो विचारमा, यो प्रतिवेदन सान्दर्भिक छैन ।” अनि यसको सट्टामा के
आयो ? भिजन (परिकल्पना) । हामीले एउटा गम्भीर दस्ताबेजलाई एउटा ‘सपना’ सँग साट्यौँ ।
कब्जा भनेको अतिक्रमण होइन ।
दिल्ली र हाम्रै अधिकांश सञ्चारमाध्यमहरू पनि कालापानीलाई ‘सीमा विवाद’, ‘समाधान हुन बाँकी सीमासम्बन्धी मुद्दा’ वा ‘अतिक्रमण’ भन्ने गर्छन् । यो यिनीहरूमध्ये कुनै पनि होइन ।
जब तपाईँको छिमेकीको बार तपाईँको जग्गाभित्र दुई फिटसम्म पस्छ, त्यसलाई अतिक्रमण भनिन्छ । सर्वेक्षण टोलीले अतिक्रमणको समस्या समाधान गर्न सक्छ । भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरामा जे गरेको छ, त्यो आधारभूत रूपमै फरक छ । यो नेपाली भूमिको एकपक्षीय र गैरकानुनी सैन्य कब्जा हो ।
सन् १८१६ को सुगौली सन्धिअनुसार, काली नदी नेपालको पश्चिमी सीमा हो । यो नदी लिम्पियाधुराबाट उत्पति हुन्छ र कालापानी, लिपुलेक र लिम्पियाधुरासहित कालीको पूर्वतर्फको भूभाग नेपालको हो । सन् १९६२ सम्म, नेपालले यस क्षेत्रमा कर उठाउने, जनगणना गर्ने र जग्गाधनी प्रमाणपत्र जारी गर्ने काम गथ्र्यो । तर, सन् १९६२ मा भारत–चीन युद्धको सन्दर्भमा भारतीय सेना त्यहाँ आएर बस्यो । उनीहरू कहिल्यै फर्किएनन् ।
त्यसयता, भारतले लिपुलेक भएर सडक निर्माण गरेको छ, सैन्य शिविरहरू खडा गरेको छ, सन् २०१९ मा उक्त क्षेत्रलाई आफ्ना आधिकारिक नक्साहरूमा समावेश गरेको छ र नेपालको कुनै संलग्नताबिना; मानौँ नेपालको अस्तित्व नै छैन जसरी, लिपुलेकलाई भारत–चीन व्यापार मार्गका रूपमा प्रयोग गर्ने सहमति चीनसँग गरेको छ ।
अहिले भारतीय विदेश सचिव पत्रकारहरूलाई भन्छन्, “लिपुलेक भारत–चीन सीमा हो ।” यदि यो कब्जा होइन भने, अरू के हो त ? यसलाई ‘आपसी छलफलद्वारा समाधान गरिनुपर्ने सीमासम्बन्धी विषय’ भन्नु भनेको सार्वभौमसत्ताको उल्लङ्घनलाई एउटा प्राविधिक मतभेदमा झार्नु वा अवमूल्यन गर्नु हो । यो त आक्रमणलाई ‘सीमा व्यवस्थापनसम्बन्धी समस्या’ भन्नुजस्तै हो । भाषाको महत्व हुन्छ । एकपटक हामीले दिल्लीको भाषा स्वीकार ग¥यौँ भने हामीले आधा लडाइँ हारिसकेका हुन्छौँ ।
भव्य कूटनीति
दिल्लीको भव्य कूटनीति चार चरणमा काम गर्छ ।
पहिलो, अत्यधिक उदारता देखाएर । दोस्रो, असुविधाजनक दस्ताबेजलाई नष्ट गरेर । ईपिजी (EPG) प्रतिवेदन एउटा खतरा थियो किनकि यो एक संयुक्त प्रयास थियो । यसमा भारतीय प्रतिष्ठित व्यक्तिहरूले पनि हस्ताक्षर गरेका छन् । त्यसैले, यसलाई अस्वीकार गरेर होइन, बरु यसको सान्दर्भिकता समाप्त पारेर खतम पार्नुपर्छ । यसलाई ‘बितेका जमानाको कुरा’ भनेर घोषणा गरिदिनुहोस् ।
तेस्रो, कानुनी प्रतिबद्धतालाई प्रक्रियाले प्रतिस्थापन गरेर । भिजनले प्रत्येक छ महिनामा बैठक गर्ने उच्चस्तरीय अनुगमन समूह स्थापना गर्दछ । यसले विदेश सचिवहरूलाई ‘बाँकी रहेका सीमा मुद्दाहरूमा काम गर्न’ निर्देशन दिन्छ । हामीसँग दशकौँदेखि यस्ता संयन्त्रहरू छन्, तर तिनले के नतिजा दिएका छन् ? थप बैठकहरू, थप माइन्युटहरू । समयसीमा नभएको प्रक्रिया भनेको, समस्यालाई गाड्ने चिहान हो ।
चौथो, ‘आपसी सहमति’ को माध्यमबाट समय लम्ब्याएर । भिजनमा भनिएको छ कि सन् १९५० को सन्धि आपसी सहमतिमा पुनरावलोकन गर्न सकिन्छ । यस वाक्यांशले भारतलाई स्थायी भिटो (निषेधिकार) प्रदान गर्छ । यदि भारतले सहमति जनाएन भने, कुनै पनि कुराको पुनरावलोकन हुँदैन ।
फलस्वरूप, नेपाल एउटा अर्थहीन दृष्टिकोण बोकेर स्वदेश फर्कन्छ र भारत हाम्रो भूमि कब्जामा राखिराख्न सफल हुन्छ । वास्तविक दृष्टिकोणले यस्तो भनेको हुने थियो – ऐतिहासिक नक्सा र सन्धिहरूका आधारमा काली नदीको उद्गमस्थल पत्ता लगाउने, निश्चित समयसीमा तोकिएको र दुवै पक्षको सहमतिमा एउटा संयुक्त आयोग गठन गरिनेछ । साथै, ईपीजी प्रतिवेदन ३० दिनभित्र औपचारिक रूपमा बुझेर सार्वजनिक गरिनेछ ।
नेपाल भारतसँगको मित्रताको विरुद्धमा छैन । तर, न्यायबिनाको मित्रता वास्तविक हुँदैन । यो संरक्षण मात्र हो । युवा आकाङ्क्षाहरू र नवप्रवर्तन केन्द्रहरूको कुरा गर्ने, तर सैन्य कब्जाका विषयमा भने मौन रहने दृष्टिकोणदिल्लीको भव्य कूटनीतिले हामीलाई नेपाली भूमिमाथि भइरहेको क्षेत्रीय अतिक्रमणबाट कसरी ध्यान हटाउन प्रेरित गर्छ !
– गोपालबहादुर थापा अग्रगामी हुँदैन । यसले एउटा कुरा भन्छ, तर यसको अर्थ ठीक उल्टो हुन्छ ।
कालापानी कुनै ‘सीमा विवाद’ होइन । यो हाम्रो भूमि हो जुन अवैध कब्जामा छ । जबसम्म हामी हरेक मञ्चमा र हरेक दस्ताबेजमा यो कुरा स्पष्ट रूपमा राख्दैनौँ, अनि यस तथ्यलाई मेट्ने कुनै पनि भिजन (परिकल्पना) मा हस्ताक्षर गर्न अस्वीकार गर्दैनौँ, तबसम्म हामीलाई भ्रममा पारिरहने क्रम जारी रहनेछ ।
तर, कूटनीतिमा धैर्य नै मुख्य कुरा हो । भोटेकोसीमा भएको विनाश, त्यसको पुनर्निर्माणका लागि आवश्यक ठुलो धनराशि र भैरहवा आउने उडानहरूका लागि हवाई मार्ग (Airspace) सुरक्षित गर्ने विषय यति महत्वपूर्ण थियो कि तिनलाई बेवास्ता गर्न हामीलाई सम्भव थिएन । तर, भू–भाग अतिक्रमणको मुद्दा साम्य भएको छैन र हुने पनि छैन किनकि यो हाम्रो संविधानमै लिपिबद्ध छ । हाम्रा भावी पुस्ताले पक्कै पनि यसलाई फिर्ता ल्याउनेछ ।
(थापा नेपालको परराष्ट्र मन्त्रालयका पूर्वप्रोटोकल प्रमुख हुन् ।)
फोटो : भारतले अवैध रूपमा कब्जा गरेको नेपालको कालापानी–लिम्पियाधुरा भूभाग ।
स्रोत : द काठमाडौँ पोस्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *