भर्खरै :

माक्र्सको अतिरिक्त मूल्यको सिद्धान्तः एक चर्चा

सन् २०१८ अर्थात् यो वर्षले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोेलनमा विशेष महत्व राख्दछ । विश्व सर्वहारा वर्गको मुक्ति आन्दोलनका अग्रणी व्यक्तित्व तथा सर्वहारा वर्गका महान गुरु कार्ल माक्र्सको दुई सयऔं जन्म दिवस विश्वभरि विविध गतिविधिका साथ मनाइँदै छ । शोषणविहीन समाजको स्थापनार्थ बाटो देखाउनुहुने कार्ल माक्र्स र उहाँको योगदानबारे चर्चा चलिरहेको छ । प्रगतिशील तथा माक्र्सवादी साहित्यमा अभिरुचि राख्ने नयाँ पुस्ता माक्र्सले आफ्नो जीवनकालमा लेख्नुभएका थुप्रै कृतिहरू खोजी खोजी अध्ययन गर्दैछन् । एक्काइसौं शताब्दी समाजवादको शताब्दी हुने सङ्केत देखापर्नु कामदार वर्गको निम्ति उत्साह एवं गौरवको विषय हो ।
२० औं शताब्दीमा माक्र्सवाद पुरानो भयो भन्ने बहस नचलाइएको होइन । ‘इतिहासको अन्त्य’ को घोषणा गर्दै माक्र्सवाद म्याद नाघेको तर्क गर्नेहरूसमेत देखिएका थिए । तर क्रान्तिकारी र कम्युनिष्ट विचारप्रति आस्थावान हरेकले माक्र्सवादलाई एउटा वैज्ञानिक सिद्धान्तको रुपमा स्थापित गरेरै छोडे । माक्र्सले दर्शन, राजनीतिशास्त्र, साहित्य, अर्थशास्त्रलगायतका विषयहरू माक्र्सवादी दृष्टिकोणले उन्नत बनाएर कामदार जनताको मुक्ति र वर्गविहीन तथा समतामूलक समाज स्थापना गर्न वैचारिक र सैद्धान्तिक प्रशस्त आधार दिनुभयो । माक्र्सवादी आर्थिक सिद्धान्तको आधारशिलाको रुपमा माक्र्सले अतिरिक्त मूल्यको सिद्धान्त प्रतिपादन गर्नुभयो ।
सन् १८४० को दशकमा माक्र्सले इतिहाससम्बन्धी द्वन्द्वात्मक–भौतिकवादी दृष्टिकोण प्रतिपादन गर्नुका साथै निम्न पुँजीवादी समाजका सबैखाले प्रवृत्तिविरुद्ध सङ्घर्ष चलाउनुभयो र समाजवादी सिद्धान्तको व्याख्या गर्नुभयो । पुँजीवादी समाजको अध्ययनसँगै नयाँ आर्थिक सिद्धान्तको निर्माणतर्फ उहाँले प्रारम्भिक पाइला चाल्नुभयो । माक्र्सले १८४० कै दशकमा दर्शनको गरिबी (१८४७ मा लिखित र प्रकाशित) र ज्यालादारी श्रम र पुँजी (डिसेम्बर १८४७ मा लेखेर अप्रिल १८४९ मा प्रकाशित) कृतिहरूमार्फत भौतिकवादी दृष्टिकोणको आधारबाट आर्थिक सवालहरूको व्याख्या सुरु गर्नुभएको थियो ।
पुँजीवादी व्यवस्थालाई एउटा प्राकृतिक व्यवस्था र पुँजीवादका आर्थिक नियमहरूलाई शाश्वत तथा अपरिवर्तनीय ठान्ने एडम स्मिथ, डेविड रिकार्डोलगायत अन्य शास्त्रीय अर्थशास्त्रीहरूविपरीत माक्र्सले पुँजीवादी उत्पादनका नियमहरू अस्थायी स्वरुपका छन् र पहिलेका उत्पादन प्रणालीहरूझैँ पुँजीवादी उत्पादन प्रणाली पनि खत्तम हुनेछन् भन्ने कुरा संसारसामु राख्नुभयो ।
पुँजीवादी शोषणको आर्थिक आधार प्रस्ट पार्दै उहाँले मजदुरद्वारा उत्पादनमा पैदा गरिने मूल्य उसले श्रमबापत पाउने मूल्त्न्दा बढी हुन्छ र सो बढी अंश नै पुँजीपतिको नाफा हो भन्ने प्रस्ट पार्नुभयो । पुँजीवादी समाजमा नाफा र ज्याला एकअर्काको उल्टो अनुपातमा रहने कुरा खुलस्त पार्दै माक्र्सले जतिजति पुँजी र उत्पादक शक्तिहरूको वृद्धि हुन्छ त्यति नै बढी मात्रामा मजदुरहरूको शोषण हुन्छ भन्ने निष्कर्ष निकाल्नुभयो ।
माक्र्सले अतिरिक्तमूल्यको सिद्धान्तको व्याख्या सन् १८५७ – ५८ मा राजनीतिक अर्थशास्त्रको आलोचना भन्ने कृतिमार्फत गर्नुभयो । आर्थिक सिद्धान्तका आधारभूत विशेषताहरूको विस्तृत व्याख्या भएको निबन्धसङ्ग्रह ‘१८५७ – ५८ को आर्थिक पाण्डुलिपि’ प्रकाशित भयो । माक्र्सको अतिरिक्त मूल्यको सिद्धान्त नामक पुस्तक सन् १८६३ मा प्रकाशित भयो । सन् १८६५ मा माक्र्सको एउटा आर्थिक कृति ‘ज्याला, मोल र नाफा’ प्रकाशित भयो भने पुँजी भाग १ सन् १८६७ मा प्रकाशित भयो । पछि ‘अतिरिक्त मूल्यको सिद्धान्त’ पुस्तकका ३ खण्ड र पुँजीकै ३ खण्ड प्रकाशित भयो । यसले शास्त्रीय र पुँजीवादी अर्थशास्त्रीहरूको एउटा धारलाई भत्काएर समाज परिवर्तनको अर्को आर्थिक सिद्धान्तलाई अझ बलियोसित स्थापित ग¥यो । पुँजीलाई पुँजीवादी अर्थशास्त्रीहरूले भन्दा उहाँले भिन्नै दृष्टिकोण दिनुभयो । पुँजीको सारतत्वको सम्बन्धमा माक्र्सको बुझाइ अत्यन्त गहन प्रमाणित भयो । पुँजीलाई वस्तुको साधारण योग ठान्ने रिकार्डोको धारणाविरुद्ध माक्र्सले पुँजी एक निश्चित सामाजिक सम्बन्ध हो भन्ने महत्वपूर्ण धारणा प्रस्तुत गर्नुभयो ।
माक्र्सले रिकार्डोको मुद्रासम्बन्धी परिमाणात्मक सिद्धान्त (Quantitative theory of money) को खण्डन गर्नुभयो । प्रचलनमा रहेको मुद्राको परिमाणबाट यसको मूल्य उत्पन्न हुन्छ भन्ने रिकार्डोको धारणाको आलोचना गर्दै उहाँले मुद्राको परिमाण हुने वस्तुहरूको मोलको कुल योगमा निर्भर गर्दछ भन्ने धारणा अघि सार्नुभयो । रिकार्डोले तिरो (Rent) सम्बन्धी सिद्धान्तको प्रतिपादन गर्दा ¥हासोन्मुख प्रतिफलको नियम (Law of Diminishing Returns) लाई आधार बनाएका थिए र त्यस आधारमा सबैभन्दा खराब जग्गामा खेती गर्नाले अन्नको मोलमा वृद्धि हुन्छ । त्यसबाट कुल तिरोको रकम बढ्न जान्छ भन्ने धारणा प्रस्तुत गरेका थिए । माक्र्सले ¥हासोन्मुख प्रतिफलको नियम पुरै अव्यावहारिक, अयथार्थवादी भएकोले रिकार्डोको उक्त धारणा पूरै गलत साबित गर्दै कृषिमा उत्पादन शक्तिहरूको विकास र भेदजन्य तिरो (Differential rent) का बीचमा सम्बन्ध रहेको कुरा देखाउनुभयो । उहाँको यस धारणाअनुसार कृषि उत्पादकत्वको वृद्धिबाट कृषि उपजको मोल घट्दा तिरो आवश्यकीय रुपले घट्दैन बरु व्यवहारतः बढ्न गएको पाइन्छ । जीवन निर्वाहमुखी सिद्धान्तलाई विकास गर्दै रिकार्डोले ज्यालाको सिद्धान्त (Wage Pund Theory) को विकास गरे । जसमा थोमस माल्थसको जनसङ्ख्या सिद्धान्तलाई पनि रिकार्डोले आप्mनो सिद्धान्तमा जोडेका थिए । रिकार्डोले श्रमिकको ज्याला बजारको मूल्यअनुसार न्यूनत्तम र जीवन निर्वाहमुखीमात्र हुनुपर्छ भन्ने सिद्धान्तको खण्डन माक्र्सले अतिरिक्त मूल्यको सिद्धान्तमार्पmत गर्नुभयो । श्रमिककै ज्यालाबाट मजदुर मालिकले नाफा प्राप्त गर्ने हो भन्ने विचार अघि सार्नुभयो ।
कार्ल माक्र्स भन्नुहुन्छ – “पुँजी निजी होइन सार्वजनिक सम्पत्ति हो र हुनुपर्दछ ।” माक्र्सले यसो भन्नुको पछाडिको आधारशिला नै अतिरिक्त मूल्यको सिद्धान्त हो भन्दा फरक नपर्ला । सामाजिक उत्पादनका वैयक्तिक तत्वहरू उत्पादन, वितरण, विनिमय र उपभोगका आ–आफ्ना भूमिका र तिनीहरूबीचको द्वन्द्वात्मक सम्बन्धबारे मिहिन विवेचना माक्र्सले गर्नुभयो ।
माक्र्सले एँगेल्सलाई पठाउनुभएको एउटा पत्रमा भनिएको थियो– ‘अतिरिक्त मूल्यको सिद्धान्त’ एउटा पृथक र विशेष महत्वको कार्य हो ।” अतिरिक्त मूल्यको सिद्धान्तलाई लेनिनले माक्र्सको राजनीतिक अर्थशास्त्रको आधारशिला हो भन्नुभएको छ ।
अतिरिक्त मूल्य भनेको मजदुरले उत्पादन गरेको मूल्य र उसको श्रमशक्तिको मूल्यबीचको अन्तर हो । यही अन्तरलाई पुँजीपतिहरू आफ्नो नाफाको रुपमा व्याख्या गर्छन् । अतिरिक्त मूल्यको सिद्धान्तले समाजमा पुँजीपति वर्गले मजदुर वर्गको शोषण कसरी र कतिसम्म गर्दारहेछन् भन्ने स्पष्ट पार्छ ।
पुँजीपतिहरूले मजदुरहरूको श्रम खरिद गर्छन् । अझ भनांै श्रमिकलाई नै खरिद गर्छन् । यसरी पुँजीपति वा मजदुर मालिकहरूले मजदुरहरूका सम्पूर्ण उत्पादन र उत्पादन क्षमता आफ्नो स्वामित्वमा लिन्छन् । पुँजीपतिहरूले सोही उत्पादित वस्तुको किनबेचबाट थप पुँजीको निर्माण गर्दै जान्छन् । यसकारण माल अर्थात् वस्तुको परिचालन पुँजीको प्रस्थान विन्दु मानिन्छ । मालको परिचालनको अन्तिम फल नै पुँजी हो साथै पुँजी, भूमि, श्रम, सङ्घसंस्थाको सही व्यवस्थापनबाट वस्तुको उत्पादन गरिन्छ । यसरी वस्तुको उत्पादन र विनिमयले पुँजी निर्माण हुन्छ । हरेक माल वा वस्तुको दुई रुप हुन्छ ः पहिलो उपयोग मूल्य (use value), माल – मुद्रा – माल (C-M-C) यसमा मुद्राको मानमा रुपान्तरण, मालको पुनः मालमा रुपान्तरण हुन्छ । यो किन्नका लागि बेच्ने प्रक्रिया हो । यसले उपभोगलाई महत्व दिन्छ । दोस्रो विनिमय मूल्य (Exchange Value) मुद्रा–माल–मुद्रा (M-C-M) यसमा मालको मुद्रामा रुपान्तरण र मुद्राको पुनः मालमा रुपान्तरण हुन्छ । यो बेच्नका लागि किन्ने प्रक्रिया हो । यस तरिकाको मुद्रा पुँजीको रुपमा विकसित हुन्छ, पहिलेभन्दा बढी पुँजी । मानौं २० ग्राम कपास रु. १०० मा किनेर रु. ११० मा बेचेछ भने १० रुपैयाँ उब्रिन्छ । त्यो १० रुपैयाँ पुँजीपतिले पुँजीको रुपमा जम्मा गर्दै लग्छ । पुँजीलाई बढाएर उत्पादन वृद्धि गर्नु पुँजीपतिहरूको उद्देश्य रहन्छ । उसले त्यही माल तयार गर्न चाहन्छ, जुन बिक्री गर्न पाइन्छ जसको मूल्य उसको उत्पादनमा प्रयोग हुने मूल्त्न्दा बढी हुन्छ । यसको लागि उनीहरू आफ्नो उत्पादन लागत कसरी घटाउने भन्नेतर्फ केन्द्रित हुन्छन् ।

सिर्जना सैंजू


उत्पादनका साधनहरू मुठीभर शासकहरूको हातमा हुने व्यवस्थामा श्रमशक्ति, वस्तुमा उपयोगिता सृजना गर्नसक्ने सामथ्र्यमाथि नियमित निगरानी भइरहन्छ । श्रम प्रक्रियामा श्रमिकको व्यक्तिगत सामथ्र्य, (परिवर्तनशील पुँजी) प्रकृति प्रदत्त चिजहरूः भूमि, जङ्गल, कच्चापदार्थ आदि र श्रमका उपकरणहरू (स्थिर पुँजी) गरी तीन तत्वहरू आवश्यक पर्छ । अर्थशास्त्रको भाषामा वस्तुको मूल्य निर्धारण गर्दा स्थिर पुँजी र परिवर्तनशील पुँजीमा अतिरिक्त मूल्यसमेत जोडिन्छ । यहाँ यो प्रक्रियामा वस्तु उत्पादन गर्दा आवश्यक कच्चापदार्थ र श्रमको उपकरणहरूमा अर्र्थात स्थिर पुँजीमा पुँजीपतिले आफ्नो लागत घटाउन सक्दैन । उसको ध्यान श्रमिकको श्रमको मूल्य (ज्याला) मा पर्छ । श्रमको मूल्य घटाएरै अतिरिक्त मूल्य पैदा हुन्छ । काम गर्दा सबै मजदुरले सृजना गर्ने मूल्य जहिल्यै आफूले प्राप्त गर्ने ज्यालाभन्दा बढी हुन्छ । त्यो अतिरिक्त मूल्य मालिकको खल्तीमा जान्छ । एउटा उदाहरण लिऊँ– एकजना श्रमिकले कारखानामा काम गर्ने समयको अवधि ८ घण्टा हो, आफ्नो श्रम शक्तिको बिक्री सो श्रमिकले रु. १०० मा गर्छ तर कामबाट सिर्जित मूल्य रु. २०० छ भने यहाँ अतिरिक्त मूल्य भनेको श्रमिकले उत्पादनमा लगाएको आफ्नो मूल्यमा श्रमिकले वास्तवमा प्राप्त गर्ने मूल्य घटाएको रकम हो ।
अतिरिक्त मूल्य ः रु. २०० – रु. १००
. रु. १००
यसरी के बुझ्न सकिन्छ भने श्रमिकले रु. २०० बराबरको काम गर्छ ८ घण्टामा तर प्राप्त गर्दा रु. १०० मात्र पाउँछ । पुँजीपतिले त्यो उब्रेको रु. १०० आफ्नो नाफा बताउँछ । माक्र्सले त्यसलाई अतिरिक्त मूल्य भन्नुभएको छ । श्रमिकहरूलाई दिनुपर्ने रकम नदिएर गरेको शोषण हो भन्नुभएको छ । उत्पादन प्रक्रियामा मजदुरले लगाउने श्रमको दुई भागमा विभाजन गर्न सकिन्छ ।
१) ज्यालाको श्रम (आवश्यक श्रम)
२) विनाज्यालाको श्रम (अतिरिक्त श्रम)
विनाज्यालाको श्रमको हिस्सा नै अतिरिक्त मूल्यको स्रोत हो । माथिकै उदाहरण अनुसार ८ घण्टाको श्रम समयमा यदि ४ घण्टा ज्यालास्वरुपको श्रम हुन्छ भने ४ घण्टा अतिरिक्त श्रम समय हो । यही अतिरिक्त श्रम समयको माध्यमबाट मजदुर मालिक झन्झन् मोटाउने गर्छ ।
माक्र्स भन्नुहुन्थ्यो– “नाफा कमाउने अनवरत र अनन्त क्रिया नै पुँजीपतिको एकमात्र लक्ष्य हुन्छ ।” नाफाका लागि पुँजीपतिले ठगी गर्छ, घूस खुवाउँछ, भ्रष्टाचार गर्छ र सारा अनैतिक कामलाई बढावा दिन्छ । अतिरिक्त मूल्यका लागि उसको भोक र तीर्खा कहिल्यै शान्त हुँदैन र यो अभियानमा ठूलठूला अपराध गर्न उनीहरु पछि हट्दैनन् । अरु त अरु नाफाका लागि पुँजीपतिहरू आपैmलाई झुण्ड्याउनसमेत तयार हुन्छन् भन्ने गरिन्छ । नाफाकै लागि श्रमिकहरूको अतिरिक्त श्रम र समय लम्ब्याउने अर्थात् विनाज्यालाको श्रम अबधि बढाउनेतर्फ पुँजीपतिहरू केन्द्रित हुन्छन् । अर्को भाषामा अतिरिक्त मूल्यको दर बढाउँदै लैजानुलाई प्राथमिकता दिन थालिन्छ । यदि कुनै वस्तु उत्पादनबाट नाफा नहुने भयो भने व्यवसाय बन्द गरेर मजदुरहरूलाई बेरोजगार बनाई भोक–रोग–शोकको गहिरो खाल्डोमा जाक्नेसमेत गर्छ । त्यसकारण श्रमिकलाई अझ बढी काम गराइन्छ । दिनको २४ घण्टा काममा खटाउन पनि मजदुर मालिक पछि हट्दैन । यसको अर्थ २४ घण्टा बराबरको उत्पादन श्रमिकलाई गर्न लगाउँदा मजदुर मालिकले अत्यधिक नाफा कमाउँछ ।
त्यसबाट अतिरिक्त मूल्यको दर अर्थात् शोषणको दर बढ्दै जान्छ । अतिरिक्त मूल्यको दरले पुँजीद्वारा श्रमिकको शोषण कति मात्रामा गरेको हुन्छ भन्ने स्पष्ट व्याख्या गर्छ । एउटा उदाहरण लिऔं–
मानौं, ८ घण्टाको कार्य दिनमा ४ घण्टा मजदुरले आफ्नो श्रमको मूल्य पैदा गर्नमा लगाउँछ भने वाँकी ४ घण्टा अतिरिक्त मूल्य पैदा गर्नमा लगाउँछ । यहाँ सुत्रअनुुसार अतिरिक्त मूल्यको दर . अतिरिक्त श्रम (विनाज्यालाको श्रम)÷आवश्यक श्रम (ज्यालादारी श्रम)× १००
.४ घण्टा÷४ घण्टा × १००
.१००५
यो १०० प्रतिशतले शोषणको दर देखाउँछ । यदि अतिरिक्त श्रम बढाइयो र ६ घण्टा पु¥याइयो भने ३०० प्रतिशत शोषणको दर पुग्छ र पुँजीपतिहरूको मथिंगलले यही शोषणको दर बढाउनेबाहेकको अरु कल्पनै गर्दैन भन्नुहुन्थ्यो कार्ल माक्र्स ।
अतिरिक्त मूल्य बढाउने विभिन्न तरिकाहरूमध्ये मजदुरहरूको अतिरिक्त कामको समय बढाउनु, श्रमशक्तिको मूल्य घटाउनु, यन्त्र र प्रविधिको प्रयोग गर्नु र बालश्रम तथा महिलाहरूको प्रयोग गर्नुलाई पुँजीपतिहरूले महत्व दिएको पाइन्छ ।
एउटा उदाहरण हेरौं । सन् १९९६ मा नाइक कम्पनीका संस्थापक तथा प्रमुख फिल नाइकले आफ्नो सम्पत्ति दुई गुनाले बढाएर कुल ५.५ अर्ब अमेरिकी डलर पु¥याए । सोही वर्ष इन्डोनेसियाको नाइक कम्पनीमा कार्यरत मजदुरहरूको वार्षिक आय जम्मा ६११ अमेरिकी डलर थियो । यो फरक के कारणले भएको हो ? उत्पादन भएको मूल्य कता पुग्यो ? भन्ने प्रश्न उठ्नु स्वाभाविक हो ।
यो तालिकाले के देखाउँछ भने कम्पनी मालिकले अत्यन्त न्यून लागतमा जुत्ता उत्पादन गर्छ र त्यो लागत कम गर्नको निम्ति कच्चापदार्थ व्यवस्थापन र स्थिर पुँजीमा उसले कटौती गर्नसक्दैन । श्रमको मूल्य अत्यन्त न्यून दिइएको छ १.३३ अमेरिकी डलर । अतिरिक्त मूल्य ६२.५२ अमेरिकी डलर जुन त्यो श्रम मूल्यमा जोडिनुपर्ने नजोडिकन कम्पनी मालिकले आफ्नो खल्तीमा पारेको बुझ्न गा¥हो छैन । यो श्रमिकले गर्ने श्रमको मूल्य नदिई मालिकले गरेको शोषण नै हो किनभने उसको उद्देश्य भनेकै नाफाको बढोत्तरी हो ।
पुँजीपति वर्ग अतिरिक्त श्रमको यस्तो चर्को शोषणबाट मात्र सन्तुष्ट हुँदैनन्, बरु सो श्रमलाई पुँजीमा परिणत गरेर झन्झन् बढी अतिरिक्त श्रम हडप्ने प्रयास गर्दछन् । पुँजीपतिमा श्रमको शोषण हर उपायबाट तीव्र पार्ने प्रवृत्ति हुन्छ । त्यसैले माक्र्स भन्नुहुन्थ्यो– “पुँजीले अतिरिक्त श्रमका लागि लालचको ब्वाँसो प्रवृत्ति प्रदर्शन गर्छ र त्यसअन्तर्गत मजदुरहरूको शोषण असीमितरुपले बढ्ने प्रवृत्ति विद्यमान रहन्छ ।”
पुँजीवादी व्यवस्थामा जति पनि विकास, उन्नति र प्रगति हुन्छ त्यसको पछाडि मुख्य प्रेरक, चालक र निर्णायक शक्तिको रुपमा अतिरिक्त मूल्यको प्राप्ति नै रहेको देखिन्छ । त्यसकारण माक्र्स भन्नुहुन्थ्यो– “अतिरिक्त मूल्यको उत्पादन नै पुँजीवादी उत्पादन प्रणालीको निरपेक्ष नियम हो ।”
यसरी पुँजीपतिहरूको प्रमुख उद्देश्यअनुरुप नाफालाई अत्याधिक वृद्धि गर्दै जाँदा संसारमा पुँजी सञ्चय बढ्न थाल्छ ।
पुँजी सञ्चय भनेको मुठीभर व्यक्तिको हातमा पँुजी केन्द्रिकृत हुनु हो । २०१८ को तथ्याङ्कअनुसार संसारको कुल पुँजीको आधा ८ जना व्यक्तिको हातमा छ । यसले धनी र गरिबबीचको ठूलो खाडललाई छर्लङ्ग्याउँछ । यसले धनी झन्झन् धनी र गरिब झन्झन् गरिब हुने प्रक्रियालाई बलियो बनाउँछ ।
यसरी अतिरिक्त मूल्यले सिङ्गो पुँजीवादी व्यवस्थालाई नै बलियो बनाउँछ । पुँजीवादी व्यवस्थाले नै अतिरिक्त मूल्य पैदा गर्ने हुँदा पुँजीवादकै विरोध आवश्यक छ । कहीं कतै भनिएको छ– “यो अतिरिक्त मूल्य नै पुँजीवादलाई चित्तामा पु¥याउने कारक बन्छ ।” यसको अर्थ के हुनसक्छ भने अत्यधिक शोषणमा परेका जनता, कामदार वर्ग अत्याचारविरुद्ध आँधीबेहरीसरि उठ्नेछन् र पुँजीवादी व्यवस्था ढाल्नेछन्, समाजवादको स्थापना हुनेछ । समाजवादको उज्यालोतिर उन्मुख हुन उत्साहित गर्दै माक्र्सले भन्नुभएको थियो– “संसारको अहिलेसम्मको इतिहास वर्गसङ्घर्षको इतिहास हो ।” वर्गसङ्घर्ष अकाट्य छ, वर्गसङ्घर्षकै सृङ्खलाहरूले अतिरिक्त मूल्यले बलियो बनाएको पुँजीवादी व्यवस्थाको साम्राज्य पनि खत्तम हुनेछ, समाप्त हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *