अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
सन् २०१८ अर्थात् यो वर्षले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोेलनमा विशेष महत्व राख्दछ । विश्व सर्वहारा वर्गको मुक्ति आन्दोलनका अग्रणी व्यक्तित्व तथा सर्वहारा वर्गका महान गुरु कार्ल माक्र्सको दुई सयऔं जन्म दिवस विश्वभरि विविध गतिविधिका साथ मनाइँदै छ । शोषणविहीन समाजको स्थापनार्थ बाटो देखाउनुहुने कार्ल माक्र्स र उहाँको योगदानबारे चर्चा चलिरहेको छ । प्रगतिशील तथा माक्र्सवादी साहित्यमा अभिरुचि राख्ने नयाँ पुस्ता माक्र्सले आफ्नो जीवनकालमा लेख्नुभएका थुप्रै कृतिहरू खोजी खोजी अध्ययन गर्दैछन् । एक्काइसौं शताब्दी समाजवादको शताब्दी हुने सङ्केत देखापर्नु कामदार वर्गको निम्ति उत्साह एवं गौरवको विषय हो ।
२० औं शताब्दीमा माक्र्सवाद पुरानो भयो भन्ने बहस नचलाइएको होइन । ‘इतिहासको अन्त्य’ को घोषणा गर्दै माक्र्सवाद म्याद नाघेको तर्क गर्नेहरूसमेत देखिएका थिए । तर क्रान्तिकारी र कम्युनिष्ट विचारप्रति आस्थावान हरेकले माक्र्सवादलाई एउटा वैज्ञानिक सिद्धान्तको रुपमा स्थापित गरेरै छोडे । माक्र्सले दर्शन, राजनीतिशास्त्र, साहित्य, अर्थशास्त्रलगायतका विषयहरू माक्र्सवादी दृष्टिकोणले उन्नत बनाएर कामदार जनताको मुक्ति र वर्गविहीन तथा समतामूलक समाज स्थापना गर्न वैचारिक र सैद्धान्तिक प्रशस्त आधार दिनुभयो । माक्र्सवादी आर्थिक सिद्धान्तको आधारशिलाको रुपमा माक्र्सले अतिरिक्त मूल्यको सिद्धान्त प्रतिपादन गर्नुभयो ।
सन् १८४० को दशकमा माक्र्सले इतिहाससम्बन्धी द्वन्द्वात्मक–भौतिकवादी दृष्टिकोण प्रतिपादन गर्नुका साथै निम्न पुँजीवादी समाजका सबैखाले प्रवृत्तिविरुद्ध सङ्घर्ष चलाउनुभयो र समाजवादी सिद्धान्तको व्याख्या गर्नुभयो । पुँजीवादी समाजको अध्ययनसँगै नयाँ आर्थिक सिद्धान्तको निर्माणतर्फ उहाँले प्रारम्भिक पाइला चाल्नुभयो । माक्र्सले १८४० कै दशकमा दर्शनको गरिबी (१८४७ मा लिखित र प्रकाशित) र ज्यालादारी श्रम र पुँजी (डिसेम्बर १८४७ मा लेखेर अप्रिल १८४९ मा प्रकाशित) कृतिहरूमार्फत भौतिकवादी दृष्टिकोणको आधारबाट आर्थिक सवालहरूको व्याख्या सुरु गर्नुभएको थियो ।
पुँजीवादी व्यवस्थालाई एउटा प्राकृतिक व्यवस्था र पुँजीवादका आर्थिक नियमहरूलाई शाश्वत तथा अपरिवर्तनीय ठान्ने एडम स्मिथ, डेविड रिकार्डोलगायत अन्य शास्त्रीय अर्थशास्त्रीहरूविपरीत माक्र्सले पुँजीवादी उत्पादनका नियमहरू अस्थायी स्वरुपका छन् र पहिलेका उत्पादन प्रणालीहरूझैँ पुँजीवादी उत्पादन प्रणाली पनि खत्तम हुनेछन् भन्ने कुरा संसारसामु राख्नुभयो ।
पुँजीवादी शोषणको आर्थिक आधार प्रस्ट पार्दै उहाँले मजदुरद्वारा उत्पादनमा पैदा गरिने मूल्य उसले श्रमबापत पाउने मूल्त्न्दा बढी हुन्छ र सो बढी अंश नै पुँजीपतिको नाफा हो भन्ने प्रस्ट पार्नुभयो । पुँजीवादी समाजमा नाफा र ज्याला एकअर्काको उल्टो अनुपातमा रहने कुरा खुलस्त पार्दै माक्र्सले जतिजति पुँजी र उत्पादक शक्तिहरूको वृद्धि हुन्छ त्यति नै बढी मात्रामा मजदुरहरूको शोषण हुन्छ भन्ने निष्कर्ष निकाल्नुभयो ।
माक्र्सले अतिरिक्तमूल्यको सिद्धान्तको व्याख्या सन् १८५७ – ५८ मा राजनीतिक अर्थशास्त्रको आलोचना भन्ने कृतिमार्फत गर्नुभयो । आर्थिक सिद्धान्तका आधारभूत विशेषताहरूको विस्तृत व्याख्या भएको निबन्धसङ्ग्रह ‘१८५७ – ५८ को आर्थिक पाण्डुलिपि’ प्रकाशित भयो । माक्र्सको अतिरिक्त मूल्यको सिद्धान्त नामक पुस्तक सन् १८६३ मा प्रकाशित भयो । सन् १८६५ मा माक्र्सको एउटा आर्थिक कृति ‘ज्याला, मोल र नाफा’ प्रकाशित भयो भने पुँजी भाग १ सन् १८६७ मा प्रकाशित भयो । पछि ‘अतिरिक्त मूल्यको सिद्धान्त’ पुस्तकका ३ खण्ड र पुँजीकै ३ खण्ड प्रकाशित भयो । यसले शास्त्रीय र पुँजीवादी अर्थशास्त्रीहरूको एउटा धारलाई भत्काएर समाज परिवर्तनको अर्को आर्थिक सिद्धान्तलाई अझ बलियोसित स्थापित ग¥यो । पुँजीलाई पुँजीवादी अर्थशास्त्रीहरूले भन्दा उहाँले भिन्नै दृष्टिकोण दिनुभयो । पुँजीको सारतत्वको सम्बन्धमा माक्र्सको बुझाइ अत्यन्त गहन प्रमाणित भयो । पुँजीलाई वस्तुको साधारण योग ठान्ने रिकार्डोको धारणाविरुद्ध माक्र्सले पुँजी एक निश्चित सामाजिक सम्बन्ध हो भन्ने महत्वपूर्ण धारणा प्रस्तुत गर्नुभयो ।
माक्र्सले रिकार्डोको मुद्रासम्बन्धी परिमाणात्मक सिद्धान्त (Quantitative theory of money) को खण्डन गर्नुभयो । प्रचलनमा रहेको मुद्राको परिमाणबाट यसको मूल्य उत्पन्न हुन्छ भन्ने रिकार्डोको धारणाको आलोचना गर्दै उहाँले मुद्राको परिमाण हुने वस्तुहरूको मोलको कुल योगमा निर्भर गर्दछ भन्ने धारणा अघि सार्नुभयो । रिकार्डोले तिरो (Rent) सम्बन्धी सिद्धान्तको प्रतिपादन गर्दा ¥हासोन्मुख प्रतिफलको नियम (Law of Diminishing Returns) लाई आधार बनाएका थिए र त्यस आधारमा सबैभन्दा खराब जग्गामा खेती गर्नाले अन्नको मोलमा वृद्धि हुन्छ । त्यसबाट कुल तिरोको रकम बढ्न जान्छ भन्ने धारणा प्रस्तुत गरेका थिए । माक्र्सले ¥हासोन्मुख प्रतिफलको नियम पुरै अव्यावहारिक, अयथार्थवादी भएकोले रिकार्डोको उक्त धारणा पूरै गलत साबित गर्दै कृषिमा उत्पादन शक्तिहरूको विकास र भेदजन्य तिरो (Differential rent) का बीचमा सम्बन्ध रहेको कुरा देखाउनुभयो । उहाँको यस धारणाअनुसार कृषि उत्पादकत्वको वृद्धिबाट कृषि उपजको मोल घट्दा तिरो आवश्यकीय रुपले घट्दैन बरु व्यवहारतः बढ्न गएको पाइन्छ । जीवन निर्वाहमुखी सिद्धान्तलाई विकास गर्दै रिकार्डोले ज्यालाको सिद्धान्त (Wage Pund Theory) को विकास गरे । जसमा थोमस माल्थसको जनसङ्ख्या सिद्धान्तलाई पनि रिकार्डोले आप्mनो सिद्धान्तमा जोडेका थिए । रिकार्डोले श्रमिकको ज्याला बजारको मूल्यअनुसार न्यूनत्तम र जीवन निर्वाहमुखीमात्र हुनुपर्छ भन्ने सिद्धान्तको खण्डन माक्र्सले अतिरिक्त मूल्यको सिद्धान्तमार्पmत गर्नुभयो । श्रमिककै ज्यालाबाट मजदुर मालिकले नाफा प्राप्त गर्ने हो भन्ने विचार अघि सार्नुभयो ।
कार्ल माक्र्स भन्नुहुन्छ – “पुँजी निजी होइन सार्वजनिक सम्पत्ति हो र हुनुपर्दछ ।” माक्र्सले यसो भन्नुको पछाडिको आधारशिला नै अतिरिक्त मूल्यको सिद्धान्त हो भन्दा फरक नपर्ला । सामाजिक उत्पादनका वैयक्तिक तत्वहरू उत्पादन, वितरण, विनिमय र उपभोगका आ–आफ्ना भूमिका र तिनीहरूबीचको द्वन्द्वात्मक सम्बन्धबारे मिहिन विवेचना माक्र्सले गर्नुभयो ।
माक्र्सले एँगेल्सलाई पठाउनुभएको एउटा पत्रमा भनिएको थियो– ‘अतिरिक्त मूल्यको सिद्धान्त’ एउटा पृथक र विशेष महत्वको कार्य हो ।” अतिरिक्त मूल्यको सिद्धान्तलाई लेनिनले माक्र्सको राजनीतिक अर्थशास्त्रको आधारशिला हो भन्नुभएको छ ।
अतिरिक्त मूल्य भनेको मजदुरले उत्पादन गरेको मूल्य र उसको श्रमशक्तिको मूल्यबीचको अन्तर हो । यही अन्तरलाई पुँजीपतिहरू आफ्नो नाफाको रुपमा व्याख्या गर्छन् । अतिरिक्त मूल्यको सिद्धान्तले समाजमा पुँजीपति वर्गले मजदुर वर्गको शोषण कसरी र कतिसम्म गर्दारहेछन् भन्ने स्पष्ट पार्छ ।
पुँजीपतिहरूले मजदुरहरूको श्रम खरिद गर्छन् । अझ भनांै श्रमिकलाई नै खरिद गर्छन् । यसरी पुँजीपति वा मजदुर मालिकहरूले मजदुरहरूका सम्पूर्ण उत्पादन र उत्पादन क्षमता आफ्नो स्वामित्वमा लिन्छन् । पुँजीपतिहरूले सोही उत्पादित वस्तुको किनबेचबाट थप पुँजीको निर्माण गर्दै जान्छन् । यसकारण माल अर्थात् वस्तुको परिचालन पुँजीको प्रस्थान विन्दु मानिन्छ । मालको परिचालनको अन्तिम फल नै पुँजी हो साथै पुँजी, भूमि, श्रम, सङ्घसंस्थाको सही व्यवस्थापनबाट वस्तुको उत्पादन गरिन्छ । यसरी वस्तुको उत्पादन र विनिमयले पुँजी निर्माण हुन्छ । हरेक माल वा वस्तुको दुई रुप हुन्छ ः पहिलो उपयोग मूल्य (use value), माल – मुद्रा – माल (C-M-C) यसमा मुद्राको मानमा रुपान्तरण, मालको पुनः मालमा रुपान्तरण हुन्छ । यो किन्नका लागि बेच्ने प्रक्रिया हो । यसले उपभोगलाई महत्व दिन्छ । दोस्रो विनिमय मूल्य (Exchange Value) मुद्रा–माल–मुद्रा (M-C-M) यसमा मालको मुद्रामा रुपान्तरण र मुद्राको पुनः मालमा रुपान्तरण हुन्छ । यो बेच्नका लागि किन्ने प्रक्रिया हो । यस तरिकाको मुद्रा पुँजीको रुपमा विकसित हुन्छ, पहिलेभन्दा बढी पुँजी । मानौं २० ग्राम कपास रु. १०० मा किनेर रु. ११० मा बेचेछ भने १० रुपैयाँ उब्रिन्छ । त्यो १० रुपैयाँ पुँजीपतिले पुँजीको रुपमा जम्मा गर्दै लग्छ । पुँजीलाई बढाएर उत्पादन वृद्धि गर्नु पुँजीपतिहरूको उद्देश्य रहन्छ । उसले त्यही माल तयार गर्न चाहन्छ, जुन बिक्री गर्न पाइन्छ जसको मूल्य उसको उत्पादनमा प्रयोग हुने मूल्त्न्दा बढी हुन्छ । यसको लागि उनीहरू आफ्नो उत्पादन लागत कसरी घटाउने भन्नेतर्फ केन्द्रित हुन्छन् ।

सिर्जना सैंजू
Leave a Reply