भर्खरै :

प्रधानमन्त्रीको उपचार स्वदेशमै हुनु ठीक

सुरज सिंह
प्रधानमन्त्री केपी ओली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना हुनुभएको समाचार छ । देशको कार्यकारिणी प्रधानमन्त्री बिरामी हुनु भनेको देशलाई नै बिरामी बनाउनलाई पर्याप्त कारण हुन सक्छ । तर, प्रधानमनत्री शिक्षण अस्पताल भर्ना हुनु सुखद नै कुरा छ । सुखद यस मानेमा कि यसले नेपालका ठूला बडाको उपचार नेपालमै सम्भव छ भन्ने सन्देश ढिलै भएपनि प्रवाहित हुनेछ । अर्काेतिर विदेशमा उपचार गर्न एयर एम्बुलेन्स वा चार्टर्ड विमानबाट वा नियमित विमानकै विजिनेश क्लासबाट मात्र जाँदा पनि लाखौं र करोडौंको आउने बिल राज्यकोषबाट व्यहोनुपर्ने हुनसक्थ्यो । यसपटक त्यसबाट बच्यो ।
नेपालका शासकहरूले, हिजोका कार्यकारी राजादेखि आजसम्मका प्रधानमन्त्रीहरूले मन्त्री र नेताहरूले सामान्य रोग र नियमित स्वास्थ्य परीक्षण समेत विदेशका अस्पतालमा गराउँदै आएका थिए र छन् । त्यसले नेपालका अस्पतालहरूमा रोग उपचार त के परीक्षणको सुविधा पनि छैन र नेपालका विशेषज्ञ चिकित्सकहरू कतै योग्य नै पो छैनन् कि भन्ने भ्रम सिर्जना गरिरहेको थियो । त्यसो त बेलाबखत कतिपय नेता र विशिष्ट व्यक्तिहरूले नेपालमै उपचार गराएर पूर्ण स्वास्थ्यलाभ गर्नुभएको उदाहरण पनि प्रशस्त नभएका होइनन् तर प्रधानमन्त्री, वरिष्ठ मन्त्री र उच्चपदस्थहरूले स्वदेशमै उपचार गराएको उदाहरण विरलै थियो । प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभ होस् । उहाँको उपचारका लागि विगतमा जति नै करोड उपचार खर्च राज्यकोषबाट भइसक्यो, व्यहोरिसक्यो । अबका दिनमा त्यसरी उपचार खर्चका नाममा पुनः करोडौं करोड खर्च गर्न नपरोस् । देश विकासको निम्ति लगाउनुपर्ने रकम बिरामी मन्त्री र नेताहरूको महँगो उपचारका खर्च नहोस् । स्वदेशमै उपचार गर्ने बन्दोबस्त, प्रवृत्ति, परिपाटीको विकास होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *