विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
–दानबहादुर कपाली
आकास थर्काएर, धर्ती चर्काएर र खोजी खोजी उखानटुक्का भिडाएर हँसी मज्जाक गर्दैमा सुखी नेपाली र समृद्ध नेपाल बन्दैन । विकासको सपना बाँडेर, झूटको खेती गरेर कम्युनिष्ट पार्टी बलियो हुँदैन, कम्युनिष्ट आन्दोलनले सही गति लिंदैन । आश्वासन बाँड्न, सिद्धान्त र विचार भुलेर भ्रममा पार्न खप्पिस नेकपाका नेताहरू कसरी गतिला हुन्छन्, कसरी देशका अगुवा हुन्छन् ? अगुवा नै हगुवा भएपछि देश कसरी विकास हुन्छ, जनताका आधारभूत आवश्यकता कसरी पूर्ति हुन्छ ?
सत्ताधारी दलले नेपाललाई कहिले सिङ्गापुर बनउने सपना बाँडे त कहिले देश सङ्घीय भएपछि सबथोक हुने बखान गरे । तर सत्तारुढ दलका यी सबै सपनाहरू आकासको फलझैं भए ।
एक समय एक मधेस एक प्रदेशको नारा लिएर मधेसमा सङ्घर्षरत राजपाका मधेसवादी दलहरू कुर्सी राजनीतिमा हामफालेका थिए । मधेसी दलले सरकार बनेमा मधेसी जनतामा कुनै पनि शोषण नहुने र विकास एकाएक हुने बखान गरेका थिए । आज प्रदेश नम्बर २ मा तिनै दलको नेतृत्वको सरकार छ । प्रदेश नम्बर २ का मधेसी जनताले के राहत पाए ? के प्रदेश नम्बर २ मा अब शोषण, दमन छैन ? के त्यहाँका आदिवासी तथा जनजातिलाई कुनै पिर मर्का, चिन्ता छैन ? मधेसी जनजातिहरूकै नेतृत्वमा सरकार गठन भएपछि सबै समस्या समाधान हुने आशा बोकेका मधेसी नेताहरूकै नेतृत्वमा प्रदेश नं. २ मा सरकार छ ।
कुनै जनजाति विशेषको नेतृत्वमा सरकार बन्दैमा या कुनै जनजातिका मुख्य मन्त्री, मन्त्री हुँदैमा जनजातिको समस्या अन्त्य हुने होइन । पूर्वराष्ट्रपति रामवरण यादव मधेसी जनजातिकै थिए । पूर्वसभामुख सुवाल नेवाङ जनजातिकै थिए । त्यस्तै मन्त्रिपरिषद्मा धेरै जनजातिका मन्त्री र महिलाहरू सहभागी भए । तर जनताका समस्या ज्यूँका त्यूँ नै रह्यो । मुख्य कुरा कुन जनजातिका मन्त्री हुन् भन्ने होइन दलको सिद्धान्त र विचार हो । जसरी नेकपाको सरकारले कम्युनिष्टको सिद्धान्त र विचारअनुसार काम गरेको छैन त्यसरी नै मधेसी समुदायको नेतृत्वमा सरकार भए पनि प्रदेश नं. २ मा मधेसी जनताको हितमा काम गर्न सकेको छैन । त्यसको कारण हो, मधेसी नेता र मन्त्रीहरू सामेल रहेका राजपाको सिद्धान्त र विचार श्रमजीवी मधेसी जनताको पक्षमा छैन । अतः मधेसी नेता मन्त्री हुँदैमा मधेसी जनताको हित हुने होइन । कम्युनिष्ट भनिने ठूला दलका नेताहरूको नेतृत्वले पटक–पटक शासन चलाए पनि श्रमजीवी वर्गको पक्षमा सरकारले काम गर्न सकेन, सकेको छैन ।
Leave a Reply