भर्खरै :

ठगलाई उद्योग वाणिज्य सङ्घको साथ

– सुरज सिंह
उखु किसानलाई ४७ करोड रुपैयाँ भन्दा बढी भुक्तानी नगरी आलटाल गर्दै आएका सुगर मिल उद्योगी राकेश अग्रवाललाई बुधबार पक्राउ गरियो । अग्रवाल अन्नपूर्ण सुगर मिल्स सर्लाही र इन्दिरा सुगर मित्स नवलपरासीका मुख्य सञ्चालक हुन् । उनका उद्योगहरूले सर्लाही, रौतहट, बारा, महोतरी, पर्सा, नवलपरासी र रुपन्देहीका हजारौं किसानलाई तीन चार वर्षदेखि उखुको भुक्तानी नगरी झुलाउँदै आएका हुन् । आफूले उद्योगलाई बेचेको उखुको निम्नतम मूल्यको रकम पाउन किसानहरूले पटक–पटक आग्रह, ताकेता र आन्दोलन पनि गर्दै आएका छन् । स्थानीय प्रशासनको पहलमा पटक–पटक वार्ता भएका छन् र ती उद्योगले निश्चित अवधि भाका राखेर भुक्तानी दिने सम्झौतामा हस्ताक्षर गर्दै र त्यसलाई तोड्दै पनि आएका छन् । त्यसमा मुख्य तया राकेश अग्रवालकै भूमिका रहेको प्रस्ट भइसकेको हो ।
उखु किसानहरू उखु बाली लगाउन बैङ्क र सहकारीबाट लिएको कर्जा तिर्न नसकेर ठूलो अप्थ्यारोमा छन् तर सुगर मिलका सञ्चालकहरू उद्योगका चिनीलगायत उत्पादन बेचेर अन्यत्रै लगानी गरिरहेका छन् । वर्षेनी र निश्चित अवधिमा दिने भनेको रकम नदिई राख्नु ठगी नै हो । सुगर मिलका सञ्चालकहरू ठग नै हुन् । तर त्यस्ता ठगलाई पक्राउ गर्दा नेपाल उद्योग वाणिज्य महासङ्घले आपत्ति जनाएर विज्ञप्ति जारी गर्नु उदेकलाग्दो र विडम्बनापूर्ण छ । कुनै उद्योगीलाई विनाकारण पक्राउ गरेको वा अन्याय हुने गरी कुनै घटना भएकोमा उद्योग वाणिज्य सहासङ्घले संरक्षण गर्नु एउटा कुरा हो । तर पटक–पटक सम्झौता गरेर भागिरहेको व्यक्तिलाई पक्राउ गर्दा आपत्ति जनाउनुले उद्योग वाणिज्य महासङ्घ स्वयम् ठगी र ठगको पक्षमा भएको सन्देश गएको छ । के भोलि कुनै उद्योगी वा व्यापारीले चोरी र मानिसको हत्या गरेमा पनि उसलाई बचाउन उवामसं लाग्छ ? सरकारले अग्रवाललाई विधि र प्रक्रिया पु¥याई कानुनी कारबाही गर्न र किसानको बक्यौता व्याजसहित तिर्न लगाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *