भर्खरै :

पुँजीवाद ठूलो माछाले सानो माछा खाने व्यवस्था

पोखरा, २७ कार्तिक । समाजवादउन्मुख संविधानमा उल्लेख भए पनि त्यसअनुसार नीति तथा कार्यक्रम र बजेट नआएको कारण जनताले दुःख पाएका हुन् । युवालाई आफ्नै देशमा काम गराउने नीति सरकारको नभएकोले यातायात व्यवसायमा पनि चालक परिचालकजस्ता कामदारको अभाव हुँदै गएको हो ।
उक्त विचार नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवालले पोखरामा मङ्गलबार आयोजित भक्तपुर मिनिबस सेवा समितिको २४ औं वार्षिक साधारणसभाको उद्घाटन मन्तव्यमा राख्नुभएको हो ।
उहाँले ठूलो माछाले सानो माछालाई खाएजस्तै पुँजीवादमा सानो पुँजीलाई ठूलो पुँजीले खाने र सानो व्यवसायीलाई समाप्त पार्ने भएकोले समाजवादमा यस्तो नहुने बताउनुभयो ।
उहाँले साझा र ट्रलीबसलाई सरकारले संरक्षण गर्न नसकेको हुँदा भक्तपुर नपाले भक्तपुर मिनिबस सेवा समितिसँग सहकार्य गरी यातायात सेवा जनसेवी बनाउन मिनिबस सेवा समितिको कार्यालय भवनको लागि जग्गा प्रदान गरेको उल्लेख गर्नुभयो ।
उहाँले मन्त्रीहरूले भ्रष्टाचार नगरे, कमिसन नखाए अन्य कर्मचारीले पनि भ्रष्टाचार नगर्ने बताउनुभयो ।
सांसद सुवालले सरकारमा गएका पार्टीहरूले देशको मुख्य मुख्य नदीनाला भारतलाई दिएकाले जलविद्युत्को अपार सम्भावना भएर पनि देश पछाडि परेको र पेट्रोलियमको विकल्पको रुपमा विद्युत्लाई उपयोग गर्न नसकेको बताउनुभयो ।
उहाँले प्रचण्ड प्रम हुँदा भारत गएर २५ बुँदे संयुक्त वक्तव्यमार्फत देशको अन्तर्राष्ट्रिय मामला र शान्ति सुरक्षाको जिम्मेवारी भारतलाई दिएको उल्लेख गर्दै केपी ओलीले पनि नाकाबन्दीको समयमा भारत गएर जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र घोषणा गर्ने निर्देशन पालना गरेको बताउनुभयो ।
उहाँले क्युवा र कोरियाले जस्तै साम्राज्यवादविरुद्ध नझुक्ने नीति नेपालले पनि लिनुपर्ने बताउनुभयो । उहाँले नेपाल सरकार भारतदेखि डराएर देशलाई कमजोर बनाएको बताउनुभयो ।
संरा अमेरिकी साम्राज्यवादले भनेजस्तै दक्षिण एसियामा भारत क्रियाशील रहेकै कारण शान्ति स्थापना हुन नसकेको र चीनले बेल्ट एण्ड रोडमार्फत विश्वका सबै देशलाई सँगसँगै बढाउने नीति लिए पनि भारत त्यसमा बाधक रहेको उहाँले बताउनुभयो । उहाँले बिम्स्टेकमार्फत पाकिस्तानलाई अलग्ग गराएर उसकैविरुद्ध पुणेमा संयुक्त सैन्य अभ्यास गराउन खोजेको र नेपालले पनि त्यसमा संलग्नता देखाउन खोज्दा नेमकिपाले संसदमा विरोध गरेपछि सरकार पछि हटेको बताउनुभयो ।
उहाँले प्रचण्डका घरबेटी सैलुन कन्स्ट्रक्सनका शारदा अधिकारीले भक्तपुरको नगरकोट रोड ठेक्का लिई बेइमानी गरेकै कारण भक्तपुरका जनताले दुःख पाएको बताउँदै वाइडबडी खरीदमा रू. साढे ६ अर्बको भ्रष्टाचार हुनुका साथै ३३ के.जी. सुन काण्डका तस्करहरू पक्राउ नपर्नुले सरकार आफै तस्कर र भ्रष्टाचारीको संरक्षकमा रहेको देखिएको बताउनुभयो ।
कार्यक्रममा नेपाल यातायात व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष विजयकुमार स्वाँरले जनताकासाथ लोकतन्त्र ल्याउनका लागि गाडी ग्यारेजमा थन्क्याएर यातायात व्यवसायीले आन्दोलनमा योगदान गरेको तर दुईतिहाइको दम्भ देखाउने सरकारले एउटा मयुर यातायातको लागि देशभरि सेवा पु¥याए यातायातको संरचनालाई ध्वस्त पार्ने गतिविधि गरेर साना व्यवसायीहरूको पेटमा लात हान्ने काम गरेको बताउनुभयो ।
उहाँले यातायात व्यवसायीले कुनै दातृ निकायसँग पैसा लिएर काम गरेको नभई आफ्नो घरखेत बन्धक राखी आफ्नो श्रम पसिनाले काम गरेको हुँदा मुठ्ठीभर ठूला व्यवसायीको पछि लागेर देशवासीको सेवा गर्ने यातायात व्यवसायलाई सरकारले बेवास्ता गर्न नहुने बताउनुभयो ।
भक्तपुर मिनिबस सेवा समितिका अध्यक्ष दिनेश प्रधानको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कोटेश्वर पूर्वबस सेवा समन्वय समितिका बलराम त्वायनाबासु, समितिका निवर्तमान अध्यक्ष ज्ञानेन्द्र महर्जन, पूर्वअध्यक्ष राजन कसलवट, पूर्वअध्यक्ष रामकाजी भुजू, सिप्रदी टे«डिङ्ग पोखराका महदत्त भट्ट, कानुनी सल्लाहकार रामप्रसाद प्रजापति, प्रमोद त्वानाबासु, धु्रवराज न्यौपाने र प्रकाश बस्नेतलगायतले साधारणसभाको सफलताको शुभकामना मन्तव्य राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *