उदयपुरमा समसामयिक विषयमा छलफल कार्यक्रम
- बैशाख १६, २०८१
भक्तपुर, ३ मंसिर । भक्तपुर नगरपालिका वडा नं. १० को आयोजनामा गत कार्तिक १७ गते सम्पन्न महिलाहरूको स्तन तथा पाठेघर परीक्षणसम्बन्धी स्वास्थ्य शिविरको रिपोर्ट वितरण कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले क्यान्सर रोग पनि समयमै पत्ता लागे निको हुने हुँदा यो रोगको जोखिमबाट बच्न समय–समयमा स्वास्थ्य परीक्षण गर्नुपर्ने बताउँदै स्वादिलोभन्दा स्वस्थ खानालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
खेतमा प्रयोग हुने किट्नाशक विषादीको प्रयोगले पनि महिलाहरूमा क्यान्सरको जोखिम रहेको बताउँदै उहाँले भक्तपुर नगरपालिकाले मुख्य रोगको लागि प्रतिबिरामी १० हजार आर्थिक सहयोग दिइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. १० का वडा अध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले परिवारको एकजनामात्र बिरामी भए पूरै परिवारलाई आर्थिक भार पुग्ने हुँदा आफ्नो स्वास्थ्यप्रति सजग हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. १० का वडा सदस्य जितेन्द्र मुनंकर्मी, भक्तपुर क्यान्सर अस्पतालका राजाराम तजले, स्वास्थ्यकर्मी देविका दनेखु, १० नं. वडाका वडा सचिव गोविन्दराम थुसालगायतले क्यान्सर रोग, त्यसको जोखिमबारे विचार राख्नुभएको थियो ।
Leave a Reply