ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
कमलप्रकाश मल्ल
क्रिस्टाब्दीको बीसौं शताब्दीमा नेपालभाषामा दुईवटा ठूलठूला घटना भए । सबैभन्दा पहिले त नेपालभाषाले आफ्ना पुराना मौलिक लिपि त्यागी देवनागरी लिपि अँगाल्यो । यसो गर्न तत्कालीन समयका मानिसहरू बाध्यजस्तै थिए । किनभने यदि नेपालभाषालाई जीवित राख्ने हो भने लिपिको माया गरी बस्न सक्ने अवस्था थिएन । एकातिर पुराना लिपि जानेका मान्छे कम हुँदै गइरहेको थियो, त्यसमाथि अक्षर लेख्ने समस्या छँदै थियो । यी सबै कुराको विचार गरी पं. निष्ठानन्द, सिद्धिदास महाजु र मास्टर जगतसुन्दर मल्लहरूले आ–आफ्ना हस्तलिखित पुस्तक देवनागरी लिपिमा प्रकाशन गरे । उनीहरूको यो दूरदर्शितापूर्ण पाइलाले नेपालभाषा पुनः हृष्टपुष्ट बन्दै गयो । त्यही स्वस्थ अनुहार लिएर आज नेपालभाषा शिक्षित समाजबीच उभिएको छ । त्यसपछि नेपालभाषा बोलीचालीको भाषाबाट पुनः साहित्य सिर्जनाको माध्यम बन्यो । बीसौं शताब्दीको पूर्वाद्र्धमा हुर्केका नेपालभाषा साहित्यका आधार (खम्बा) हरू सबैजस्तो युग धर्म र युग सत्यले अभिप्रेरित भई अघि बढेका थिए । पं.निष्ठानन्द, सिद्धिदास महाजु, मास्टर जगतसुन्दर मल्ल र योगवीरसिंहमात्र होइनन्, धर्मादित्य धर्माचार्य, शुक्रराज शास्त्री, बैकुण्ठप्रसाद लाकौल, चित्तधर ‘हृदय’, महानाम ‘कोविद’ आदिलाई पनि भाषानुरागबाट प्रेरित साहित्यिक व्यक्तित्वहरूभन्दा फरक नपर्ला । उनीहरूका कलमबाट भाषानुरागको आग्रह जति अभिव्यक्त भयो, व्यथित, सिद्धिचरण, यमी र प्रेमबहादुर कंसाकारका कृतिबाट अभिव्यक्त भएन । भाषानुरागको युग नेपालभाषाको विशुद्ध साहित्य साधनाको बाटोमा कमलो तर बलियो पाइला थियो । सन् १९९७ सालको जेल कालअघि नेपालभाषामा समालोचनाको लागि उपयुक्त विषयवस्तु नभएको होइन । तथापि भाषानुरागको त्यो युगमा साहित्यिकहरूको प्रवृत्ति भाषाप्रति भावुकताले ओतप्रोत बनेको समयमा आलोचनाजस्तो माझिएको बौद्धिक क्रियाकलापले गति नलिनु स्वाभाविक थियो । भाषानुरागबाट प्रेरित लेखकहरूले त्यो बिहानीको पहिलो प्रहरमा समकालीन साहित्यिकहरूतिर नजर लगाउन छोडी नेपालभाषा वाङ्मयको गौरवगाथा लेख्नमा ध्यान केन्द्रित गर्नु स्वाभाविक थियो । त्यसै कारण धर्मादित्य धर्माचार्यले सबैभन्दा पहिले ‘नेपालभाषा व थ्वया साहित्य’ शीर्षकको लेख लेखेर नेपालभाषा वाङ्मयको खाका कोरे । धर्मादित्यको त्यो लेखमा त्यस युगका उपलब्धिमात्र देखाइएको छैन, कमजोरी पनि त्यसमा प्रस्ट देख्न सकिन्छ । यो लेखले नेपालभाषा वाङ्मयको गौरव देखाएजस्तै तत्कालीन समयका समकालीन साहित्यबारे कुनै चर्चा गरेको छैन । त्यतिमात्र होइन, धर्मादित्य धर्माचार्यले नेपालभाषामा आफ्नो वाङ्मयको गौरवगाथा लेखेर सन्तोष मान्ने परम्परा पनि स्थापित गरे । यसो भनेर धर्मादित्य धर्माचार्यको यो महत्वपूर्ण लेखप्रति कृतघ्न भई मैले अपरिपक्व आलोचनाको रुपमा प्रस्तुत गर्न खोजेको होइन । त्यो आलोचना थिएन । धर्मादित्यको समयमा कसैले पनि आलोचना लेख्न सक्दैनथ्यो । किनभने उनी र उनीहरूलाई प्रेरणा दिएको युगधर्म भाषानुरागको धर्म थियो । भाषानुराग एउटा भावनात्मक प्रेरणा थियो । आलोचनाको लागि भाषानुराग पर्याप्त थिएन । भावनात्मक सहृदयतासँगै आलोचनाको लागि कम्तीमा बौद्धिक निष्पक्षता र समदृष्टिको आवश्यकता हुने गर्दछ । आलोचना वस्तुपरक र निरपेक्ष चिन्तनको उपज हो । ‘जय मां भाय्’ (जय मातृभाषा) र भावुकताबाट आलोचनाको जन्म हुनसक्दैन । भाषानुराग र विशुद्ध साहित्य साधनाको बीचमा ठूलो भेद भएजस्तै वाङ्मय–गाथा र आलोचनाको बीचमा पनि गहिरो भेद छ ।
बीसौं शताब्दीको पूर्वाद्र्धमा भएका साहित्यिक प्रयोगको केही चर्चा चित्तधर ‘हृदय’ को पुस्तक ‘झीगु साहित्य’ (नेसं १०७४, विसं २०१०) मा भएको छ । ‘हृदय’ ले यो पुस्तकलाई आलोचनाको रुपमा नभई ‘नेपालभाषा साहित्यको इतिहाससम्बन्धी लेखको सङ्ग्रह’ को रुपमा लिनु स्वाभाविक हो । धर्माचार्यले आफ्नो लेखमा जसरी नेपालभाषा वाङ्मयका गौरव गाथा लेखेका थिए, त्यही परम्परामा उभिएर ‘हृदय’ ले आफ्नो पुस्तकमा आफ्ना अग्रज र समकालीनहरूको चर्चा गरे । जसरी आफ्ना पूर्वजको गौरवगाथा समालोचना हुनसक्दैन, आफ्ना समकालीनहरूको रोचक चर्चा (लयकतबनिष्अ चझष्लष्कअभलअभ) पनि आलोचना हुनसक्दैन । ‘हृदय’ को पुस्तकमा भाषणदेखि लिएर जीवनी, परिचय र भूमिकासमेत समावेश छन् । यसमा आलोचकलाई काम लाग्ने तथ्याङ्कमात्र धेरै जम्मा भएका छन् । तर तिनको आलोचनात्मक प्रयोग र मनन नभएकाले ‘हृदय’ ले साहित्यको इतिहासकार र आलोचनाको लागि तथ्याङ्क सङ्कलन गरिदिने सङ्कलक
(भलगmभचबतयच) को भूमिकामात्र निभाए । आलोचना तथ्याङ्कको सङ्कलनमात्र होइन, आलोचना व्याख्या, विवेचना र तुलनाको आधारमा हुने मूल्याङ्कन हो । यदि ‘हृदय’ ले लेखेको पुस्तक विशुद्ध आलोचना नभए त्यसमा आश्चर्य मान्नुपर्ने कुनै कारण छैन । किनभने उनको साहित्यिक पृष्ठभूमि निर्माण भएको युग भनेको भाषानुरागको मध्ययुग थियो । त्यो युगको नसा नसामा एउटा धुन गुञ्जिरह्यो । त्यो धुन थियो– नेपालभाषाको गौरव–हिजो र आज नेपालभाषाको गरिमा । आलोचक हुन आफ्नो भाषाप्रति आत्मीयता आवश्यक हुन्छ । तर आलोचकले विषयवस्तुबाट प्रभावित नभई समालोचना लेख्न सक्दैन । भाषाप्रतिको आत्मीयताले मात्र आलोचकले भाषा साहित्यमा भएका कमीलाई उदाङ्गो बनाउन सक्दैन । आलोचना भनेको भाषा र साहित्यको प्रशस्ती गान होइन । सन्तुलन नै आलोचनाको आत्मा हो किनभने मूल्याङ्कन नै यसको मूलधर्म हो । ‘हृदय’ र उनले समातेको विषयवस्तुबीच यति आत्मीय भावनात्मक सम्बन्ध छ, उनले यो विषय (सिद्धिदास, निष्ठानन्द, योगवीर, लाकौलका उपलब्धि) प्रति समदृष्टि राखेर कलम चलाउन सजिलो काम थिएन ।
नेपालभाषामा आलोचनाः एउटा नयाँ आरम्भ
हुन त ‘बुद्धधर्म व नेपालभाषा’ (बुद्धधर्म र नेपालभाषा) नामको पत्रिका नेसं १०४७ (विसं १९८३) बाट प्रकाशनको थालनी भएको थियो । त्यत्तिबेलादेखि नेपालभाषाको आफ्नै एउटा पत्रिकाको सुरूवात भयो । त्यसबाट आलोचनाको लागि आवश्यक पूर्वाधार प्राथमिक चरणमा सुरूमात्र भयो । तर त्यसको बीस वर्षपछि नेसं १०६७ (विसं २००३) मा ‘धर्मोदय’ पत्रिका प्रकाशन हुन थाल्दादेखि मात्र आलोचनाको लागि आवश्यक पृष्ठभूमिले पूर्ण आकार लियो । ‘धर्मोदय’ पत्रिका ‘बुद्धधर्म व नेपालभाषा’ तुलनात्मक रुपमा धेरै प्रतिशत साहित्यिक पत्रिका थियो । त्यसपछि नेपालभाषामा जेल कालपछि विशेषगरी काव्य क्षेत्रमा ‘सुगत सौरभ’, ‘अर्हतनन्द सोस्वां प्रतीक्षा’, ‘ख्वबि प्यागु म्ये’,‘दीवस चित्र’, वनवासया छगु खँ’, ‘ख्वबि’ आदि काव्यको प्रकाशनसँगै आलोचनाका विषयवस्तु तयार भए । त्यसैगरी महानाम ‘कोविद’, महाप्रज्ञा र अमृतानन्द भिक्षुहरूका अमूल्य परिश्रमस्वरुप नेपालभाषा गद्य पनि निकै लचिलो औजार बनेर देखिए । सायद त्यसको लगत्तै मित्र राष्ट्र भारतमा आएको (जहाँबाट ‘धर्मोदय’ प्रकाशित हुनेगथ्र्यो) राजनीतिक परिवर्तन र सामाजिक जागरणले ‘धर्मोदय’ का सम्पादक र लेखक परिवारमा पनि आवश्यक आत्मसात सजगता हृदयांगम भएको हुनुपर्दछ । प्रत्यक्ष रुपमा विसं २००७ सालपछि नेपालमा पनि राजनैतिक र सामाजिक उथलपुथल भयो । फलस्वरुप, आलोचना विकसित हुन अत्यावश्यक तर अझै प्राप्त हुन नसकेको बौद्धिक स्वच्छन्दता पनि २००७ सालपछि प्राप्त भयो । नेपाली समाजमा स्वच्छन्दतासँगै आत्मसात सजगता २००७ पछि मात्र आएको देखापर्दछ । त्यसकारण मितिको आधारमा भन्नुपर्दा नेपालभाषाको आलोचना ‘धर्मोदय’ को २१–२२ अङ्कमा प्रकाशित रत्नध्वज जोशीको लेख ‘धर्मोदयया कहानीत’ (धर्मोदयका कथाहरू) – नेसं १०६९ बछला र दिल्ला, तद्नुसार १९४९ जून–जुलाईदेखि मात्र भएको मान्दा वास्तवमा आलोचनाको विधिवत् सुरूवात २००७ पछि मात्र भएको भन्न सकिन्छ । जहाँसम्म मलाई जानकारी छ, रत्नध्वज जोशीको त्यो लेख नै नेपालभाषामा लेखिएको आलोचना लेखनको सबभन्दा पहिलो प्रयास थियो । यो लेख विविध कोणबाट लेखिएको भए पनि महत्वपूर्ण लेख थियो । त्यो लेख पछाडि नेपालभाषाको कुनै परम्परा वा परिपाटी थिएन । नेपालभाषामा खोजी पस्दा कवि, नाटककार, कथाकार, निबन्धकार सबैसँग कुनै न कुनै रुपमा आफ्ना पूर्वजको प्रभाव परेको देखिन्छ । तर अग्रज आलोचक बेवास्ता परेका एकलव्यजस्तै बने । आलोचनाको सत्ता स्वनिर्मित बनिरह्यो । किनभने आलोचना नेपालभाषामा सर्वथा नयाँ प्रवृत्ति थियो । भाषाको बगैंचामा आलोचना कोपिला बनेर हुर्किरह्यो । त्यसकारण नेपालभाषामा आलोचनाको इतिहासमात्र १८ वर्ष पुरानो हो । यो छोटो समयभित्र नेपालभाषाको आलोचना विधामा के कस्ता उपलब्धि हासिल भयो, त्यही विषयमा चर्चा गर्नु नै यो आलेखको मूल प्रयोजन हो ।
(नेपाल संवत् १०८७ मा कमलप्रकाश मल्लको सङ्कलनमा च्वसापासाद्वारा प्रकाशित नेपालभाषाको आलोचना सङ्ग्रह ‘नःलि स्वना’ मा मल्लले लेख्नुभएको भूमिकाको नेपाली अनुवाद । मल्लको गएको मंसिर १ गते निधन भएको थियो ।)
नेपाली अनुवाद ः नीरज
Leave a Reply