तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, १२ मंसिर । देशको सन्तुलित विकासको निम्ति उपत्यकामा मात्र जनसङ्ख्या र विकास केन्द्रित गर्नुहुँदैन । विकास निर्माणका संरचनाहरू सबै जिल्लामा पु¥याउनुपर्दछ ।
उक्त विचार नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले नेमकिपा चाँगुनारायण नगर समितिद्वारा छालिङ कालिटारमा बिहीबार आयोजित जनतासँग सांसद कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
सांसद सुवालले प्रदेश ३ को राजधानी र अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला यहीं राख्नु उपत्यकावासीको उठिवास हुने उल्लेख गर्दै सरकारले खोना र बोङ्गाको पुरानो बस्ती बिनास हुने गरी दु्रतमार्ग निर्माण गर्न नहुने बताउनुभयो ।
सांसद सुवालले दुईतिहाइको कम्युनिष्ट नाउँधारी नेकपाको सरकारले पञ्चहरूले जस्तै काम गरेर जनतालाई दुःख दिइरहेको चर्चा गर्दै निर्मला पन्त हत्याकाण्डका अपराधी, सुन तस्करका ठूला माछा, खराब र भ्रष्टाचारीहरूलाई संरक्षण गर्ने काममा संलग्न भएकोलाई कारबाही गर्नुपर्ने बताउनुुभयो । उहाँले जनताबाट निर्वाचित प्रम र राष्ट्रपति राजाजस्तै विलासितामा लागेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोंजुले चाँगुनारायण नपाका मेयर गुडिगाउँ खानेपानी योजनामा नियमविपरीतको काममा संलग्न भएर जनता भिडाउने काममा लागेको बताउनुभयो । नगरकोटको पर्यटन शुल्क उठाउने काममा ठेकेदारलाई पोस्ने काममा लागेर नपालाई घाटा हुने गरी जनतालाई धोका दिएको हुँदा जनता सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष फोंजुले विकास निर्माणको काममा जनता आफै संलग्न रही ठेकेदारमार्फत हुने भ्रष्टाचारलाई अन्त्य गर्नुपर्ने बताउनुभयो ।
Leave a Reply