ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
नारायणमान बिजुक्छें (रोहित)
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणमा २०५२ भदौ ३–११ गतेसम्म जनवादी गणतन्त्र चीनको भ्रमण गर्नुभएको थियो । यसअघि उहाँले करिब दुई हप्ता प्रजग कोरियाको भ्रमण गर्नुभएको थियो । चीन भ्रमणबारे का. रोहितको संस्मरण प्रकाशित छ – सं.)
३ भदौ २०५२ (19 August 1995) १०.३० बजे Choson Minhang -Korean Airways को उडान नं. व्क्(ज्ञछज्ञ पेकिङको निम्ति उड्यो । हवाइजहाजमा चढ्ने अनुमति पत्र (Boarding Pass) को अर्कोपट्टि वायुपङ्खी घोडा (छोलिमा) र जापानी उपनिवेशवादबाट कोरियालाई मुक्त गरेपछि कोरियाली जनताका मुक्तिदाता किम इल सङ्गलाई सन् १९४५ मा जनताले स्वागत गरेको ठाउँ र पछि त्यहाँ बनाइएको ‘विजयद्वार’ तथा पेकिङका केही भागको सुन्दर चित्र थियो ।
हवाइ उडानमा कोरियाली मजदुर पार्टीका सचिव किम योङ्ग सुन, बाल सांस्कृतिक टोलीको नेतृत्व गर्नु भई नेपाल आउनुभएका सांस्कृतिक उपमन्त्री छन योन ओक र कोरियाली मजदुर पार्टी केन्द्रीय समितिअन्तर्गत परराष्ट्र विभागको सेक्सन अफिसर का.ली अहिले बिदाई गर्न आउनुभएको थियो ।
हवाई सेविकाले घोषणा गरिन्– “पेकिङ्ग १००० किलोमिटर दूरीमा छ र १ घण्टा ३० मिनेटको यात्रा हुनेछ । पेकिङ्गमा स्थानीय समयअनुसार १२ बजे पुग्नेछ ।” दिउँसो १२ बजे हामी चीनको धर्ती पेकिङ्ग ओर्लियांै । अरु विदेशी मित्रहरू आ–आफ्ना गन्तव्य स्थानमा लागे र चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका खान र उपनिर्देशिका वाङ्ग फेङ्ग मलाई लिन हवाइअड्डामा पुग्नुभएको थियो । त्यही उहाँहरूले कार्यक्रमको एकप्रति (Itinerary in China) मलाई दिनुभयो ।
१२ः४५ मा ४० किलोमिटर पार गर्दै वान शोउ अतिथि सदन (Wan Shou Guest House) पुग्यौं र २३१५ नं. कोठाको साँचो लिएँ । एक बजे खाना खाएँ र कार्यक्रमअनुसार २ः३० बजे स्वर्गको मन्दिरतिर लाग्यौं । सँगै का. खान पनि हुनुहुन्थ्यो ।
सन् १४२० मा हवाङ्ग छियान तियान (Huang Qian Dian) सम्राटले बाली राम्रो होस् भनी ईश्वरलाई प्रार्थना गर्न बनाइएको यो मन्दिरको क्षेत्रफल २७४ हेक्टर अर्थात् ४९३२ रोपनीभन्दा बढी छ ।
सन् १५२२ मा सम्राट चियाङ्ग चीन अर्थात् मिङ्ग वंश (१५२२–१५६६) ले स्वर्गीय साम्राज्यको भवन अथवा The Hall of Imperial Heaven को निर्माण गरेका थिए ।
सम्राटले पूजा गर्दा बाजा–गाजा बजाइन्थ्यो । त्यो पूजा गर्ने चोकको क्षेत्रफलमात्रै ६४०.५ वर्गमिटरमा बनेको छ । विभिन्न किसिमका बाजा बजाउनेहरू पहिले ३०० जना थिए भने छिङ्ग वंशमा ६०० पुगेको थियो । विभिन्न किसिमका बाजाहरू अलग्र्गै एउटा पुरानो भवनमा प्रदर्शित थिए । काठकोका बाजा, से (Harp) Bon pipe, Ocarina, Shang, Jien (Drum) Qin छिन (Lute)ya (कोठको बाजा), लहरै सारेगमको ताल लिने ढुङ्गाहरूको बाजा, तामाको त्यस्तै बाजा, विभिन्न किसिमका घण्टाहरू आदि थिए । बाँसुरी मात्रै १०–१२ किसिमका थिए ।
हाम्रो ‘करुणामय’ (मच्छिन्द्रनाथ) देव जस्तै प्राचीन चीनमा पनि वर्षा र राम्रो बालीको निम्ति देव–देवताको पूजा गर्ने गरिन्थ्यो । वर्षा र बाली देवताका निम्ति भव्य मन्दिर बनाइएको रहेछ । पूजा सामग्रीमा धुप बाल्ने ठूल्ठूला फलामे मकल वा धूपदानी मात्रै होइन, बाछासमेत हवन गर्ने वा यज्ञमा बली चढाउने प्रचलन पनि देखियो ।
दास युग र सामन्ती व्यवस्थामा बनाइएका अनेकौं ऐतिहासिक स्मारकहरूलाई संरक्षण गर्न सरकारलाई धौ–धौ थियो । आज त्यहाँ मानिसहरूको घुइँचो देख्दा, अचम्म लाग्छ । हाम्रो देशका बिस्केट वा घोडा जात्रामा जस्तो । विदेशी यात्रुहरूलाई ३०–३५ यान अर्थात् ५–६ डलर शुल्क लिइन्छ भने चिनियाँहरूलाई भने कम । पुराना इँटहरूको ठाउँमा ठूल्ठूला चौकुने सिमेन्टका इँटा छापिएका छन् । झिंगटीहरू चिनियाँ माटाका पक्की र टलकदार छन् । मन्दिरका मुख्य–मुख्य ढुङ्गाहरू सिंगमरमरका छन् । परेवा र अरु चराचुरुङ्गीबाट मन्दिरलाई जोगाउन पाखा, वलेनीहरूमा तारका जाली राखिएका छन् ।
४ः३० बजेतिर पेकिङ्गको दृश्यावलोकन गर्दै वानशाउ अतिथि सदन फर्कें । चीनमा अहिले हप्ताको दुई दिन शनिबार र आइतबार बिदा रहेछ । यसकारण रात्रीको कार्यक्रम बनेन ।
विश्वका गुफाहरूको झ्याल
४ भदौ २०५२ (२० अगष्ट १९९५) को दिन बिहान ८ बजे का. खान र नयाँ बहिनी साओ तावसँग She Hoe रो हव भन्ने गुफा हेर्न गयौं । बाटामा अनेक कल–कारखाना पर्दारहेछन्– त्यस क्षेत्रमा । ट्रक र मोटरहरूको लामा लामा लाम थिए । ढुङ्गा र चुनको खानी, गिट्टी, चुन र सिमेन्टका कारखानाहरू हुँदै, एकपछि अर्को घुम्ती र पहाड हुँदै बल्ल १० बजे हामी त्यो ठाउँ पुग्यौं । मानिसहरूको घुइँचो चीनमा अब भन्नै पर्दैन ।
दसै बजे हामी गुफाभित्र प्रवेश ग¥यौं । एउटा टिकटको ३२ यान अर्थात् झण्डै ५ डलर पर्दछ । चूनको खानी भएको हुनाले पानीले चून गल्दै बग्दा भित्र अन्य विभिन्न प्रकारका चुट्टानहरू विभिन्न आकारमा रहेका छन्– हात्ती, बाँदर, परी, झुल, पर्दा, फूल आदि आदि । भित्र फूल, बाटा, जालीजस्तै फलामे पाता, रेलिङ्ग र खुड्किला बनाउँदै घुम्न हुने गरी बनाइएका छन् र बिजुलीको राम्रो प्रबन्ध छ । यसरी यस गुफालाई पनि पर्यटनको क्षेत्र बनाउन सुरु गरिएको छ । हामी पूरै डेढ घण्टा अर्थात् ११ः३० मा बाहिर निस्क्यौं । भित्र चिसो भएको हुनाले गर्मी, थकाई र खुट्टा दुःखेको अनुभव भएन ।
त्यहाँ इटाली, फ्रान्स, हंगेरी, बुल्गेरिया, क्यानाडा, अमेरिका आदि ठाउँका गुफाहरूका चित्रहरूसमेत राम्रोसँग प्रदर्शित थिए । यस गुफाको नाम दिइएको थियो– विश्वका गुफाहरूको झ्याल (Window of World Caves) । १२ः४५ बजे हामी वानशाउ अतिथि सदन (Wan Shou Guest House) पुग्यौं ।
अचानक हपेमा
४ भदौ (२१ अगष्ट) को दिन ढलको फोहर पानी उपचार केन्द्र हेर्ने सिलसिलामा हामी पेकिङ्गबाट हपे प्रान्त अर्थात् ७० किमि टाढा पुग्यौं । ८ बजे हिंड्यौं र ९ बजे पुग्यौं । त्यहाँको स्थानीय सरकार र गृहनिर्माण शाखासँग हाम्रो गाइडको कुराकानी भयो । तर त्यसबारे देखाउनलायक बन्दोबस्त छैन भनी उत्तर पाएनौं । फोहर फाल्ने कार्यमा त्यस क्षेत्रमा नयाँ प्रयोग गरिंदै रहेछ, फोहरलाई खाल्डोमा फाल्ने र त्यसमाथि माटोले पुर्ने काम सुुरु मात्रै भएकोले त्यो पनि देखाउनलायक नभएको गाइडलाई बताइयो ।
यसकारण हामी पुनः उपचार पोखरी (Oxidization Pond) हेर्न भनी पेकिङ्ग फक्र्यौं । संयोगले नाउँ उस्तै परेकाले हामी हपे प्रान्त पुगेछौं । उता पेकिङ्गमा त्यस्तै नाउँको उपचार केन्द्रमा प्रोटोकलहरू हामीलाई पर्खिराखेका रहेछन् । ११ः३० मा पेकिङ्ग पुग्यौं तर दिइएको समय गुज्रिसकेको हुनाले हामीले अर्को दिनको निम्ति त्यस कार्यक्रमलाई स्थागित ग¥यौं । शिशु भान्छा घरमा खाना खायौं । चिनियाँ शैलीको भान्छा घरको आफ्नै विशेषता छ ।
दिउँसो २ः३० बजे चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय लियाजेन विभागको उपमन्त्री का.लि चेरेनसँग दुई पार्टीसम्बन्धी वार्ता भयो । का.लि चेरेनले पुरानो साथीलाई स्वागत गर्न पाएकोमा खुशी व्यक्त गर्नुहुँदै दुई पार्टी सम्बन्ध झन् बलियो हुँदै जाने आशा गर्नुभयो र दुई देशको मित्रतामा जोड दिनुभयो । त्यस्तै उहाँले एमाले र नेपाली काङ्ग्रेससँग पनि राम्रो सम्बन्ध भएको बताउनुभयो । उहाँ ‘शान्ति र निःशस्त्रीकरण’ भन्ने एक गैरसरकारी संस्थासँग पनि सम्बन्धित हुनुहुन्छ । एमाले र नेपाल मजदुर किसान पार्टी दुवै पार्टीलाई हामी त्यत्तिकै महत्व दिन्छौं । दुवै देशका सरकारी नेताहरूको भ्रमणको आदान–प्रदान हुँदैछ, आर्थिक सहयोगमा पहिलेभन्दा फरक कम्पनीलाई ऋण दिने र तिनीहरूले उत्तरदायित्व वहन गर्नुपर्ने गरिएको छ । जडीबुटी, रस, सडक, पर्यटन, उद्योग आदिको विकासबारे र दुवै देशको स्थितिबारे छलफल भयो ।
उहाँले सन् १९९४–१९९५ मा आफ्नो देशको स्थितिबारे बताउनुभयो । त्यसको सार–संक्षेप यस्तो छ– यस दशकको अन्तसम्म चीनको विकासको स्तर दोस्रो दर्जामा पुग्नेछ अर्थात् प्रतिव्यक्ति आम्दानी ६ सय डलर पुग्नेछ । सन् १९८० को भन्दा प्रतिव्यक्ति आम्दानी दोब्बर हुनेछ, सन् १९७८ (अर्थात् १६वर्षअघि) भन्दा प्रतिव्यक्ति आम्दानी १.५ प्रतिशतले वृद्धि भएको हुनेछ र पछि ८.९ देखि १० प्रतिशतको हाराहारीमा पुग्नेछ । प्रतिव्यक्ति आम्दानी ८ देखि ९ प्रतिशतसम्म बढाउने योजना थियो ।
त्यस्तै जीवनस्तरमा पनि विकास हुँदैछ । सहरी जनताको जीवनस्तर ६.३ प्रतिशतले वृद्धि भएको छ भने किसानको आम्दानी १.४७ प्रतिशतले मात्रै वृद्धि भएको छ ।
विदेशी व्यापारमा ठूलो प्रगति गरेको छ । सन् १९७९ मा २४ अर्ब डलरको व्यापार थियो भने अहिले २३६ अर्ब डलरको व्यापार हुन्छ । त्यसबेला (सन् १९७९ मा विश्व व्यापारमा चीन ३३ औं नम्बरमा थियो भने अहिले ११ औं नम्बरमा छ ।
व्यापारमा खुला नीति छ भने राजनीतिक स्थिरता आएको छ । वर्तमान राष्ट्रपति तेस्रो पुस्ताको हुनुहुन्छ, तङ्ग श्याओ फिङ्गको युगको काम अब नयाँ पुस्ताले लिइसकेको छ । पश्चिमीहरूले अनुमान गरेजस्तै तङ्गपछि चीनका नीतिहरूमा कुनै हेरफेर आउने छैनन् र सन् २००० पछि पनि नीति यथावत रहनेछ । तर यसको अर्थ समस्याहरू समाप्त भयो भन्ने चाहिं होइन । समस्याहरू निम्न छन्–
क) ठूला र मध्यम दर्जाका उद्योगहरूको उपलब्धि कम देखा पर्दैछ, यसकारण त्यसलाई बढाउनुछ ।
ख) १० वर्षअघि उद्योग र कृषिको भूमिका ४ र १ को अनुपातमा थियो । अहिले ५ भाग उद्योगको र १ भाग मात्र कृषिको रहेको छ ।
ग) चीनमा वर्षमा एक करोड जनता वृद्धि हुन्छ ।
घ) सुख्खा र बाढीजस्ता प्राकृतिक प्रकोपले अन्नमा कमी ल्याउँछ । आत्मनिर्भर भए पनि त्यसमा अझ जोड दिंदै जानुछ ।
ङ) मूल्यवृद्धि २१ प्रतिशतले बढेको छ, त्यसलाई १५ प्रतिशतमा घटाउन आवश्यक छ ।
बरफ एकैचोटी जम्दैन भनेजस्तै समस्याको समाधानहरू पनि एकैबाजी गर्न सकिंदैन । सन् १९९२ को चिनियाँ कम्युनिष्ट पार्टीको चौधौं महासम्मेलनले चिनियाँ शैलीको समाजवाद र समाजवादी बजार अर्थतन्त्र लागू गर्ने निर्णय गरेको थियो । सन् १९९३ को तेस्रो केन्द्रीय समितिको सम्मेलनले ५० वटा निर्णयहरू लिएका थिए । त्यसमध्ये आर्थिक (वित्तीय) कर प्रणाली, बैङ्किङ्, मूल्यवृद्धि नियन्त्रण, विदेशी मुद्रा, व्यापारमा सुधार आदि थिए ।
समाजवादी अर्थव्यवस्था के हो र अहिले चिनियाँ कम्युनिष्ट पार्टीको आर्थिक नीति के हो भन्नेबारे का. लिचेन रनको भनाइलाई यसरी राख्न सकिन्छ –
क) सन् १९९५ मा आर्थिक निर्माणलाई केन्द्रित गर्ने र विकासको गतिलाई तीव्र पार्ने ।
ख) मुद्रास्फीति २१ बाट १५ मा झार्ने योजना छ । त्यसो गर्नसके जनताको जीवन र सामाजिक जीवनमा सुधार भई एक–दुई वर्षभित्र मूल्य १० प्रतिशतले घट्नेछ ।
ग) समाजवादी विशेषता भएको विकास भन्नुको अर्थ हो– माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई आधार बनाई विकास गर्ने ।
घ) तङ्गको विचारलाई पार्टीको तेस्रो सम्मेलनले अनुमोदन ग¥यो र ठोस व्यवहारको आधारमा आधुनिकीकरण भएको हुनाले त्यसको उपलब्धि पनि भएको छ ।
ङ) समाजवादी समाजको सिंहावलोकन गर्दा समाजवादी आन्दोलनको लामो अनुभवले के देखाउँछ भने वामपन्थी अवसरवादमाथि सुधार आवश्यक छ ।
सोभियत सङ्घ र पूर्वी युरोपमा समाजवादको विघटनबाट शिक्षा लिनु आवश्यक छ । माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई सैद्धान्तिक आधार मान्ने समाजवादमा पार्टीको नेतृत्वलाई मान्ने, सर्वहारा हुकुमलाई कायम राख्ने, सुधार र निर्माणलाई चालु राखेमा सोभियत सङ्घ र पूर्वी युरोपका घटनाहरू दोहोरिने छैनन् ।
समाजवादी समाजलाई कसरी बुझ्ने भन्ने विषयमा उहाँले भन्नुभयो– ठोस व्यवहारमा माक्र्सवाद–लेनिनवादलाई लागू नगर्दा पूर्वी युरोपमा समाजवादको विघटन भयो र समाजवादको बाटो बाङ्गोटिङ्गो भयो । यसकारण शुत्रवादी हुनु भएन, विकासवादी सिद्धान्तलाई लागू गर्नुप¥यो, व्यवहारिक कार्यमा विकास गर्नुप¥यो ।
चीनमा समाजवादलाई जोगाउन र विकास गर्नेबारे उहाँले भन्नुभयोः
क) विश्व कम्युनिष्ट आन्दोलनका नोक्सानी हटाउने र त्यसका सकारात्मक गुणलाई अगाडि बढाउनुपर्छ । त्यसो भनेको,
– श्रमशक्तिलाई मुक्त गर्ने
– श्रमशक्तिलाई विकास गर्ने र शोषणलाई हटाउने
– गरिब र धनीको भेद हटाउने–त्यसको अर्थ सबैलाई धनी बनाउने नीति लिने ।
– समाजवादको अर्थ गरिबी होइन बरु समाजवादले गरिबी हटाउँछ ।
Leave a Reply