भर्खरै :

चिनियाँ कम्युनिष्ट पार्टीको मार्ग–६ –क्रान्ति –निर्माण –सुधार

अध्याय २
निर्माण
रूपान्तरण लागू गर्ने प्रयासहरू

(चीनको विदेशी भाषा प्रेसले सन् २०१२ मा प्रकाशित गरेको पुस्तक ‘द पाथ अफ द सीपीसी, रिभोल्युसन क्रन्स्ट्रक्सन एण्ड रिफर्म’ को नेपाली अनुवाद राकस्थाले गर्नुभएको हो । पुस्तकको अघिल्लो खण्डमा चीनको क्रान्तिकालीन समयको चर्चा गरिएको छ भने दोस्रो खण्डमा चीनको निर्माणकालीन समयको चर्चा गरिएको छ । –सम्पादक)

देशको पछौटे अवस्थाको सम्बोधनको निम्ति प्रारम्भिक प्रयास
नयाँ चीनको स्थापनापछि देशको पछौटे अवस्थाको कसरी सम्बोधन गर्ने भन्ने विषयमा चिकपाले लामो समयसम्म विचारविमर्श गरेको थियो । सन् १९४९ को मार्चमा हेवेइ प्रान्तको एक गाउँमा चिकपाको सातौं केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक बस्यो । सम्मेलनमा माओ त्सेतुङले मुख्यतयाः निम्न विचार राखे ः क्रान्तिले विजय पाएपछि चीनभर सामाजिक उत्पादनलाई छिटो पुनःस्थापना र विकास गर्नुपर्छ । चीनले क्रमशः कृषि अर्थतन्त्रबाट औद्योगिक अर्थतन्त्रमा पदार्पण गर्नुपर्छ । यसले नयाँ जनवादबाट समाजवादमा पदार्पण गर्नुपर्छ । परिवर्तनका यी दुई प्रस्तावहरू राखी माओ त्सेतुङले नयाँ चीनको विकासको दिशा पनि निर्दिष्ट गर्नुभयो ।
नयाँ चीनको स्थापनाका सुरुवाती दिनहरूमा चीनको अर्थतन्त्रमा बहुल स्वामित्व कायम थियो । तीमध्ये राज्यसञ्चालित अर्थतन्त्र, सहकारी अर्थतन्त्र, राज्य पुँजीवादी अर्थतन्त्र, व्यक्तिगत अर्थतन्त्र र निजी पुँजीवादी अर्थतन्त्र थिए । तीमध्ये महत्वपूर्ण लाभको साथ राज्य सञ्चालित अर्थतन्त्रले प्रभाव जमाएको थियो । राष्ट्रवादी शासनको पछिल्लो आधा समयावधिमा आधाजसो अर्थतन्त्र निजी पुँजीले ओगटेको थियो । निजी सम्पत्ति जफत गरिएपछि राज्य सञ्चालित अर्थतन्त्रले स्वाभाविक रूपमै प्रभुत्व जमायो । साझा कार्यक्रमले प्रतिज्ञा गरेअनुसार त्यस समयमा नयाँ चिनियाँ अर्थतन्त्रले ‘‘राज्य नियन्त्रित अर्थतन्त्रको नेतृत्वमा विभिन्न सामाजिक अर्थतन्त्रका अवयवहरूले काम विभाजन गर्छन् र एकअर्काबीच सहकार्य गर्छन्’’ भन्ने नीतिको अभ्यास ग¥यो । ‘‘सार्वजनिक र निजी क्षेत्रहरूलाई ध्यान दिने, श्रम र पुँजी दुवैलाई फाइदा पु¥याउने, सहर र गाउँबीच आपसी सहयोग रहने र घरेलु तथा विदेशी वस्तुको विनिमयमा ध्यान दिने’’ नीति तयार गरियो । समग्र सामाजिक अर्थतन्त्रको विकासको निम्ति राज्यले राज्य सञ्चालित अर्थतन्त्र, व्यक्तिगत अर्थतन्त्र र निजी पुँजीवादी अर्थतन्त्र परिचालन गर्नुपथ्र्यो । तीन वर्षको कडा मेहनतपछि सन् १९५२ को उत्तराद्र्धमा अर्थतन्त्र, राजनीति र समाजलगायत विभिन्न क्षेत्रमा उल्लेखनीय सुधार भएको थियो । एक समय धुजाधुजा भएको राष्ट्रिय अर्थतन्त्रलाई विकासको उल्लेखनीय बिन्दुमा पु¥याउँदै पूर्णतः पुनःस्थापित गरियो ।
यो परिस्थितिमा चिकपा समाजवादमा पदार्पण गर्न र ठूलो मात्रामा आर्थिक निर्माणको निम्ति छिटोछिटो पाइला चाल्न दृढ थियो । सन् १९५२ को सेप्टेम्बरमा भएको चिकपाको केन्द्रीय सचिवालय बैठकमा माओ त्सेतुङले १० देखि १५ वर्षमा समाजवादमा पदार्पण गर्ने काम सम्पन्न गर्ने प्रस्ताव गर्नुभयो । ‘दस वर्षको आर्थिक योजना’ अनुसार चिकपा केन्द्रीय समितिले राष्ट्रिय अर्थतन्त्र विकासको निम्ति पहिलो पाँच वर्षीय योजना अगाडि बढाउने निर्णय ग¥यो । सन् १९५४ को फेव्रुअरीमा चिकपाको सातौं केन्द्रीय समितिको चौथो पूर्ण बैठकले सङ्क्रमणकालका आधारभूत नीति पारित ग¥यो । त्यसको मुख्य निष्कर्ष यस्तो थियो ः देशको समाजवादी औद्योगीकरण, कृषि, हस्तकला उद्योग, पुँजीवादी उद्योग र व्यापारमा क्रमशः समाजवादी रुपान्तरण । त्यसपछि प्रथम राष्ट्रिय जनकङ्ग्रेसको पहिलो बैठकले सङ्क्रमणकालको प्रमुख नीति (जेनरल लाइन) तय ग¥यो । जनवादी गणतन्त्र चीनको संविधानमा यही प्रमुख नीति उल्लेख भएको छ ।
तत्कालीन अवस्थाको घरेलु र अन्तर्राष्ट्रिय परिस्थितिमा विकासको गति बढाउन नयाँ चीनले योजनाबद्ध अर्थतन्त्र लागू ग¥यो । राष्ट्रिय अर्थतन्त्र विकासको निम्ति नयाँ चीनले सन् १९५३ देखि १९५७ को पहिलो पञ्चवर्षीय योजना चयन गरेको थियो । त्यो पहिलो पञ्चवर्षीय योजनाका आधारभूत कार्यभार यस्ता थिए ः ठूला उद्योगको विकासमा देशको ध्यान केन्द्रित गर्ने, राष्ट्रिय औद्योगीकरणको निम्ति भूमिका तयार गर्ने र राष्ट्रिय प्रतिरक्षाको आधुनिकीकरण गर्ने, यातायात र सञ्चार, हल्का उद्योग, कृषि र व्यापारको विकास, कृषि र हस्तकला उद्योगमा सहकारीलाई बढावा दिने, पुँजीवादी उद्योग र व्यापारको रुपान्तरणलाई निरन्तरता दिने, राष्ट्रिय अर्थतन्त्रमा समाजवादी अंशको तीव्र वृद्धि गर्ने र यसै समयमा व्यक्तिगत कृषि, हस्तकला उद्योग, पुँजीवादी उद्योग र व्यापारको यथोचित व्यवस्थापन गर्ने र उत्पादन वृद्धिको आधारमा जनताको भौतिक र सांस्कृतिक जीवनमा क्रमशः सुधार ल्याउने । त्यो योजना बनेसँगै लागू पनि गरियो ।
सन् १९५७ को अन्तसम्ममा पहिलो पञ्चवर्षीय योजना सफलतापूर्वक सम्पन्न गरियो । औद्योगीकरणको एउटा लहर फैलियो । आधुनिक चीनमा यसलाई सबभन्दा प्रभावकारी मानिन्छ । पाँच वर्षमा जम्मा राष्ट्रिय पुँजी लगानी करिब ५९ अर्ब आरएमबी (चिनियाँ मुद्रा) पुग्यो । पुरानो चीनको पश्चगामी ठूल्ठूला उद्योगहरूको रुपान्तरण गरियो । स्टिल, कोइला, बिजुलीजस्ता कमजोर ठूला उद्योगको उत्पादनमा उल्लेखनीय वृद्धि भयो । पुरानो चीनमा कहिल्यै नभएका विमान, गाडी, भारी यन्त्र, सूक्ष्म साधनहरू र इलेक्ट्रोनिक प्रविधिजस्ता आधुनिक उद्योगका थुप्रै अवयवहरू स्थापना गरिए । पुरानो चीनका कुनै पनि सरकारले यति मात्रामा निर्माण र उत्पादन गर्नसक्दैनथे । औद्योगिक निर्माणमा आधारभूत प्रगति एउटा परिणामले स्पष्ट पार्छ, जस्तो कृषि र उद्योगको कुल उत्पादन मूल्यमा पहिलोपटक कृषिलाई उद्योगले जितेको थियो । चीनको पछौटे कृषि देशबाट आधुनिक औद्योगिक देशमा रुपान्तरण गर्ने यो एक महत्वपूर्ण पाइला थियो ।
सङ्क्रमणकालको प्रमुख नीति (जेनरल लाइन) अनुसार सन् १९५३ मा चिकपाले औद्योगीकरणलाई प्रश्रय दिंदै ‘तीन मुख्य रुपान्तरण’ को रूपमा लिइएको कृषि, हस्तकला उद्योग र पुँजीवादी उद्योग र व्यापारमा समाजवादी रुपान्तरणको कार्यक्रम अगाडि सा¥यो । पछौटे एवं खण्डित कृषि, हस्तकला उद्योग र पुँजीवादी उद्योग र व्यापारलाई सहकारी एवं राज्य–निजी व्यवस्थापनमा सङ्गठित गर्ने, देशको ठूलो परिमाणको औद्योगीकरणका आवश्यकताहरू परिपूर्ति गर्ने र सार्वजनिक स्वामित्वका साथै राज्य एवम् सामूहिक स्वामित्वको भरमा समाजवादी आर्थिक प्रणाली स्थापन गर्ने ‘तीन मुख्य रुपान्तरण’ का उद्देश्य थिए ।
कृषि र हस्तकला उद्योगमा समाजवादी रुपान्तरणको निम्ति चिकपाले सहकारी आन्दोलनलाई मुख्य माध्यमको रूपमा स्वीकार ग¥यो । सानो मात्राको कृषि अर्थतन्त्र परम्परागत चिनियाँ परिवारमा भर परेको थियो । त्यो आत्मनिर्भर त थियो तर केही पछौटे थियो । आपसी सहयोग र सहकार्य अगाडि बढाउन र कृषि सहकारीहरू स्थापना गर्न चिकपाले किसानहरूको नियमित तर सघन पुनःसङ्गठन ग¥यो । साथै सामूहिक उत्पादन र एकीकृत कार्यमा जोड दिइयो । ठूलो मात्राको औद्योगिक निर्माण थालेपछि अन्नको माग नाटकीयरूपमा बढ्यो र चिकपाको केन्द्रीय समितिले सन् १९५३ को अक्टोबरमा योजनाबद्ध रूपमा अन्न खरिद गर्ने र वितरण (केन्द्रिकृत खरिद र वितरण) गर्ने निर्णय ग¥यो । अन्नको बजारमा सरकारले कडा नियन्त्रण कायम ग¥यो । केन्द्रीय सरकारले अन्नको व्यवस्थापन केन्द्रिकृत रूपमा गर्नथाल्यो । त्यसले सहकारीका गतिविधिलाई तीव्रता दियो । सन् १९५६ सम्ममा कृषि सहकारी देशव्यापी रूपमा फैलियो । यही समयमा यही तरिकाअनुसार हस्तकला उद्योगको सामाजिकीकरण गर्ने काम भयो । सरकारले सहरमा छरिएर रहेका हस्तकला उद्योगहरू पनि सहकारीकरण गर्ने नीति लागू ग¥यो र त्यसरी सामूहिक संस्थानहरूको एक ठूलो समूह बन्यो । सन् १९५६ को अन्तसम्ममा हस्तकला उद्योगमा सहकारीकरणको अभियान देशव्यापी भयो । राज्यले भनेका सामान बनाउने, राज्यको निम्ति वितरण अथवा बिक्री गर्ने र राज्य–निजी संयुक्त व्यवस्थापनको माध्यमबाट पुँजीवादी उद्योग र व्यापारलाई समाजवादीस्वरुप रूपान्तरण गर्ने काम भयो । त्यसरी निजी संस्थानहरू विस्तारै संयुक्त राज्य–निजी संस्थानमा रूपान्तरण भएर समाजवादी अर्थतन्त्रको हिस्सा भए । नयाँ चीनको स्थापना भएका सुरुवाती चरणमा पुँजीवादी उद्योग र व्यापारलाई ‘प्रतिबन्धित गर्ने, उपयोग गर्ने र रूपान्तरण गर्ने’ नीति लागू गरिएको थियो । यही अवधिमा केही निजी संस्थानहरूलाई आ–आफ्नो विकास गर्न केही छुट दिइएको थियो । यद्यपि धेरै निजी संस्थानहरू सानो परिमाणका थिए, तिनीहरू पुराना संयन्त्रहरूको प्रयोग गर्थे, काम गराइ पछौटे खालको थियो । योजनाबद्ध अर्थतन्त्र स्थापनाका सुरुवाती चरणमा ती संस्थानहरूले निश्चित क्षेत्रबाट मात्र कच्चा पदार्थ, बजार र पुँजी लिन पाउँथे । त्यसले गर्दा सम्भव कार्यसञ्चालन नै अप्ठेरोमा प¥यो । केही निजी संस्थानहरूले राज्यसँग सहयोगको निम्ति आग्रह गरे र राज्य–निजी संस्थानहरू स्थापना गरे । सन् १९५४ जनवरीमा केन्द्रीय वित्तीय तथा आर्थिक परिषद्ले पुँजीवादी संस्थानहरूलाई क्रमागत रूपमा राज्य–निजी संस्थानमा रूपान्तरण गर्ने प्रस्ताव अघि सा¥यो । सन् १९५६ सम्ममा अधिकांश निजी औद्योगिक तथा व्यापारिक संस्थानहरू राज्य–निजी संयुक्त संस्थान बने ।
सारतः समाजवादी रूपान्तरण सम्पन्न हुनेबित्तिकै कृषि, हस्तकला उद्योग र वाणिज्यको उत्पादन तथा सञ्चालन राज्यकै योजनामा एकीकृत गरियो । सीमित खुला बजारलाई आर्थिक क्षेत्रबाट पूरै विस्थापन गरियो । निर्देशित योजना मुख्य विशेषता भएको योजनाबद्ध अर्थतन्त्रले मुख्य भूमिका निर्वाह ग¥यो । योजनाबद्ध अर्थतन्त्रको मुख्य विशेषता भन्नु उच्च स्तरको केन्द्रीयता हो । निर्माणको निम्ति तुलनात्मक रूपमा कोष, सामग्री र प्राविधिक विशेषज्ञता अभाव भएको अवस्थामा देशकै स्रोत र शक्तिमा ध्यान दिनु बुद्धिमानी थियो । यो प्रणालीले देशको औद्योगीकरण र स्वतन्त्र तथा विस्तृत राष्ट्रिय आर्थिक प्रणालीको छिटो जग हाल्न सकारात्मक भूमिका निर्वाह ग¥यो ।
समाजवादतर्फको सङ्क्रमण बा¥ह वर्ष लाग्ने सोचिएको थियो, तर ४–५ वर्षमा सम्पन्न गरियो । त्यतिबेला समाजवादबारे चिकपासँग सीमित ज्ञान थियो । राज्यद्वारा सञ्चालित र सामूहिक साधनलगायतको सार्वजनिक स्वामित्व र योजनाबद्ध अर्थतन्त्र समाजवादी अर्थ प्रणालीका विशेषताको रूपमा लिइन्थ्यो । तर, अर्थतन्त्रको विकाससँगै यो प्रणालीका कमजोरीहरू प्रस्ट देखिन थाले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *