भर्खरै :

इन्जिनियर समाज नेपालको घोषणापत्र

(२०७५ मंसिर २८ गते काठमाडौंलगायत सातवटै नेपाली इन्जिनियरहरूको पेशागत सङ्गठन नेपाल इन्जिनियर्स एशोसियसनको ३२ औं केन्द्रीय कार्यकारिणी र प्रदेश कार्यकारिणी समितिको निर्वाचनमा ‘इन्जिनियर समाज नेपाल’ द्वारा जारी घोषणापत्र ।)
नेपाल इन्जिनियर्स एशोसियसनको ३२ औं केन्द्रीय कार्यकारिणी तथा प्रदेश कार्यकारिणी समितिको निर्वाचनमा सहभागी हुनुहुने सम्पूर्ण आदरणीय इन्जिनियर एवम् आर्किटेक्ट मित्रहरूमा इन्जिनियर समाज नेपाल हार्दिक अभिवादन गर्दछ ।
समुन्नत नेपाल निर्माणका लागि देशभक्त इन्जिनियरहरूको नेतृत्वकारी भूमिकाको लागि सङ्घर्षरत इन्जिनियर समाज नेपाल इन्जिनियरर्स एशोसियसनको ३२ औं केन्द्रीय कार्यकारिणी तथा प्रदेश कार्यकारिणी समितिको निर्वाचनलाई उपयोग गर्दै बेइमान र भ्रष्टइन्जिनियरहरूको विरुद्ध सबैलाई एकजुट हुन आह्वान गर्दछ ।
विकास निर्माणको अभिभारा बोकेका इन्जिनियर एवं आर्किटेक्टहरूले भ्रष्ट नेता, कर्मचारी एवम् दलालहरूको घेराबाट उम्केर भ्रष्टाचार र बेइमानी प्रवृतिको विरुद्ध एकजुट भएर सङ्घर्षमा उत्रनु आजको आवश्यकता हो ।
देशको निर्माण तथा परामर्श सम्बन्धी कति ऐन कानुनलाई ठूला र बेइमान निर्माण व्यवसायी तथा परामर्शदाताहरूको हितमा संशोधनहरू हुने गर्दछ । सार्वजनिक खरिद प्रक्रियामा तिनै भ्रष्टहरूको मात्रै बर्चस्व कायम गर्न, आफूले चाहेअनुसार ऐन कानुनमा हेरेफेर गराउने, अग्रिम भुक्तानी लिएर काम सुरु नगर्ने, काम ढिलो गर्ने, भेरियशन अर्डर तथा समयावधि थप्दै लागत बढाउँदै लाने, अनावश्यक प्याकेजिङ गर्ने कार्य भैरहेको छ । यसप्रति इमानदार देशभक्त इन्जिनियरहरू सचेत र सजग हुनु आवश्यक छ ।
इन्जिनियरिङ क्षेत्रमा देखिएको यस्तो अराजकता रोक्न, पेशाको मर्यादालाई उच्च राख्न र देश निर्माणमा राम्रो योगदान पु¥याउन नयाँ पुस्ताका इन्जिनियरहरू सा¥है उत्साहका साथ एशोसियसनमा सदस्य बनेका छन् । तर एशोसियसनको एक दुई निर्वाचनमा सहभागिता जनाएपछि नै थाहा भयो कि पेशागत हकहित एवम् देशको हितमा एशोसियसनका नेतृत्वकर्ताहरू नीतिगत तहमा बसेर अग्रणी भूमिका निभाउन अक्षम रहेछ ।
नयाँउत्साही र देशभक्त युवा इन्जिनियरहरू एशोसियसनको नेतृत्वमा आएमा आफ्ना कर्मकाण्ड छाडेर भाग्नुपर्ने भनी केन्द्रीय कार्यकारिणी समितिले हतारमा षडयन्त्र पूर्वक जरुरी साधारणसभा गरी एशोसियसनको विधान संशोधन गरे । संशोधित विधानमा एशोसियसनको अध्यक्षमा उम्मेदवार बन्न सदस्य भएको १५ वर्ष नाघ्नुपर्ने, उपाध्यक्ष, महासचिव, कोषाध्यक्षतथा सदस्य उठ्न पनि क्रमश १०,१०,५ र २ वर्ष हुनुपर्ने जस्ता प्रावधानहरू नयाँ पुस्तालाई निरुत्साहित बनाउन ल्याइएका हुन् ।
देश र जनताको सेवामा नयाँ पुस्तालाई अग्रसर बनाउनुपर्नेमा यस्ता नियमहरू किन ल्याउनु परेको हो भनेर कुनै विश्लेषण र स्पष्टीकरण बाहिर आएको छैन । बरु यस वर्ष धेरै इन्जिनियरहरू भ्रष्टाचारमा पक्राउ परेका समाचारहरूसँगै एशोसियसनले निश्चित आचार संहिता बनाई सबै इन्जिनियरहरूलाई प्रतिष्ठित र आदर्श पेशाको रुपमा किन प्रदर्शन गर्न सकेनन् भनेर जिज्ञाशाहरू उठेका छन् । एशोसियसनको औचित्य के हो भन्ने प्रश्नहरू उठेका छन् ।
सङ्घीयतासँगै देशभर केन्द्र, प्रदेश र स्थानीय निकायमा धमाधम विकास निर्माणको लहरहरू उठिरहेका छन् । विकास निर्माणसँगै भ्रष्टाचार, लोभ लालचले सङ्घीयता नै असफलहुने सङ्केतहरू पनि देखिएका छन् । जिल्ला जिल्लामा खटिएका इन्जिनियरहरूले काम गर्ने वातावरण पाएका छैनन् । आफ्नो कामभन्दा पनि शासक दलहरूका कथित जनप्रतिनिधिहरू र भ्रष्ट हाकिमहरूको सेवा र चाप्लुसी नगरे टिक्नै नसक्ने अवस्था आइरहेको छ । काममा खटिएका इन्जिनियरहरूलाई भ्रष्टहरूको चङ्गुलबाट जोगाउनु, पेशाकर्मीहरूको आत्मसम्मान र मर्यादालाई उँचो बनाउनेतर्फ एशोसियसनले खोइ ध्यान दिएको ?
जलविद्युत् ,सडक, सिंचाई, विमानस्थल, पुनःनिर्माणलगायत राष्ट्रिय गौरवका थुप्रै आयोजनाहरू यस वर्ष पनि अगाडि बढेका छन् ।
एशोसियसनका पदाधिकारीहरूले त्यस्ता आयोजनाहरूमा अग्रसर भएर बौद्धिक समुदायको नेतृत्वकारी भूमिका निभाउनुभन्दा पनि नयाँ पुस्तालाई दिगभ्रमित गर्नेमात्र कार्यक्रमहरू गर्दै बसे ।
बुढी गण्डकी, फास्टट्रयाक, रेल्वे, निजगढ विमानस्थलतथा स्मार्ट सिटीहरूबारे एशोसियसनले खोइ बोलेको ? सिक्टा सिंचाइ, मेलम्ची, माथिल्लो कर्णाली जस्ताआयोजनाहरूको अवस्था प्रति किन चिन्तित छैनन् पदाधिकारीहरू ? के ती आयोजनाहरूबाट कुनै अनुचित लाभलिएर चुपचाप बसेका त होइनन ?
भूकम्पपछि इन्जिनियरहरूलाई जिम्मेवारीभन्दा पनि लोभ देखाउँदै जिल्ला जिल्लामा पुनःनिर्माणको कार्यमा खटाइए । तर काम गर्ने उचित वातावारण र व्यवस्था नभएपछि अहिले पनि इन्जिनियरहरूमा भागाभाग र तनावको स्थिति व्याप्त छ । यस्तो दयनीय अवस्था ल्याउनेहरू दम्भ गरेर आज नेतृत्वको दाबी गरिरहेका छन् ।
सम्पदा पुनःनिर्माणमा ऐतिहासिक तथा सांस्कृतिक महत्वका धरोहरहरूको मौलिकता नष्ट गर्ने कार्यहरू हुँदा पनि एशोसियसन चुप लागेर बस्नु कतिको उचित हो ?
रानीपोखरी, धरहरा, काष्ठमण्डपलगायत सम्पदाहरूको विजोग योभन्दा अगाडि कहिल्यै भएनन् होला । खोइ त बोलेको बौद्धिक समुदायका कथित नेतृत्वकर्ताहरूले ?
स्मार्ट सिटी, फास्ट ट्रयाक, बहिरी चक्रपथलगायत आधुनिक पूर्वाधारहको निर्माणका नाममा खोकना, बुङ्गमती, टोखा, नैकाप, लुभुलगायतका ऐतिहासिक नगरवस्तीहरू विनाश गर्ने तथा अव्यवस्थित सहरीकरणले राजधानीको जीवन नै कष्टपूर्ण भैसक्दा पनि सरकारमा रहेका दलहरू नजिकका इन्जिनियरहरूको सङ्गठन तथा एशोसियसनका पदाधिकारीहरू के हेर्दैछन् ?
समृद्धिको सपना बाँध्दै नयाँयुगको घोषणा गरेको दुईतिहाइको सरकारलाई देशको पूर्वाधार निर्माणमा पथप्रदर्शन गर्दै आउने कथित इन्जिनियरहरूको सङ्गठनको क्षमता र कुशलता राजधानीका सडकहरूको दयनीय अवस्थाले नै पुष्टि गरिसकेको छ ।
आफ्ना गलत कार्यहरू र अक्षमताको भण्डाफोर हुने डरले नयाँ पुस्तालाई अबको निर्वाचन मै भाग लिन नदिने र भ्रष्टाचारलाई चुनौति दिंदै अगाडि बढ्ने इन्जिनियर तथा आर्किटेक्टहरूलाई रोक्न खोज्ने दुसाहस्स एवम् अप्रजातान्त्रिक षडयन्त्र एशोसियसनभित्र भएको हाम्रो ठहर छ ।
एशोसियसनमा भएसम्म देश विदेश घुम्ने र पछि गएर कुनै आयोजना वा सरकारी निकायमा लाभको पद हासिल गर्न एशोसियसनलाई भ¥याङ बनाउने तत्वहरू कसैबाट लुकेका छैनन् । अनैतिक एवम् देशको हित विपरीत भइरहेका निर्माण कार्यहरूको विरोध नगरी विदेशी निकायको परामर्शदाताबन्ने दाउमा बसेका, आफ्नो कन्सलटेन्शी र निर्माण कम्पनीको हातमा आयोजना ल्याउनमात्रै दौडधूप गर्नेहरूलाई के अब फेरि हामी जितेको हेर्न चाहन्छौ ? पक्कै पनि होइन ।
प्रदेश समितिको थालनीले सङ्घीयता कार्यान्वयनमा इन्जिनियरहरूको भूमिकालाई महत्व दिएको बुझिए तापनि पहिलो निर्वाचनमै एशोसियसनका पदाधिकारीहरूको अक्षमता भनौं या पराम्परागत कार्यशैली छर्लङ्ग भएको छ । कतै दशौं हजारको मतदाताले एउटा प्रदेश समिति गठन गर्ने त कतै सयको हाराहारीमा पनि मतदाता नराखी प्रदेश समिति गठन गर्ने ।
अन्त्यमा, एशोसियसनलाई ठेक्केदारहरूको स्वार्थभन्दा माथि देश र जनताको पक्षमा हेर्ने नेतृत्व नै आजको आवश्यकता हो । हाम्रो उम्मेदवारी नै षडयन्त्रकारीहरूका ती सबै अपराधहरू उदाङ्ग्याउन र सारा नयाँइन्जिनियरहरूलाई सचेत र सङगठित बनाउने अभियान हो ।
हाम्रा प्रतिबद्धताहरू ः
– राष्ट्रिय गौरव तथा देश विकासका लागि आवश्यक पूर्वाधार निर्माणका परियोजनाहरू स्वदेशी इन्जिनियरहरूको नेतृत्व र बाहुल्यतामा सञ्चालन गराउन पहल गर्ने ।
– ठूला परियोजनाहरूको व्यवस्थित अध्ययन गर्दै आयोजनाको स्वतन्त्र अध्ययन गर्ने र ढिलासुस्ती एवम् अनियमिताहरूको समयमै जानकारी गराई दोषीमाथि कारबाहीको लागि पहल गर्ने ।
– एसिया, अफ्रिका र युरोपलाई जोड्दै सारा संसारको हित हुने गरी छिमेकी देश मित्र राष्ट्र चीनले सुरु गरेको द्यभति ७ च्यबम क्ष्लष्तष्बतष्खभ ९द्यच्क्ष्० जस्तो अत्याधुनिक विकास निर्माणको अवधारणलाई नेपालको आर्थिक एवं प्राविधिक विकाससँग जोड्न पहल गर्ने ।
िव्यवस्थित सहरीकरण र वस्ती विकासका लागि नेपालमा व्यवस्थित भू–उपयोग नीति बनाई योजना कार्यान्वयन गराउन पहल गर्ने र ऐतिहासिक सम्पदाहरूको संरक्षण तथा पुनःनिर्माणमा मौलिकता कायम राख्न जोड दिने ।
– केन्द्रीय स्तरका ठूला आयोजनाहरूको खरिद कार्यको मूल्याङ्कनमा Bid Capacity लाई अनिवार्य लागू गराउन जोड दिने ।
– इन्जिनियरहरूको पेशागत मर्यादालाई उच्च समान दिलाउन भ्रष्ट इन्जिनियरहरूका एशोसियसनको सदस्यता खारेज गर्ने ।
– इन्जिनियरहरूको व्यक्तित्व विकास तथा सीप अभिवृद्धिका लागि एशोसियनसनबाट नियमित कार्यक्रमहरू गर्ने एवं इन्जिनियर भवनलाई देशकै प्राज्ञिक जनशक्तिको केन्द्रको रुपमा विकास गर्ने ।
– देशलाई आवश्यक दक्ष इन्जिनियरहरू उत्पादनका लागि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका इन्जिनियरिङ शिक्षण संस्थाहरूमा नयाँ नयाँ प्रविधियुक्त पूर्वाधारहरूको विकासमा जोड दिने तथा न्यूनतम पूर्वाधारहरूविना नै अध्यापन गराउँदै गुणस्तरहीन जनशक्ति उत्पादन गरिरहेका संस्थाहरू बन्द गराउन पहल गर्ने ।
– इन्जिनियरिङ शिक्षामा भइरहेको अराजकता, मनोमानी शुल्क निर्धारण रोक्ने र उत्पादन श्रमसित जोडिएको आधुनिक इन्जिनियरिङ अध्ययन अनुसन्धानलाई जोड दिने ।
– इन्जिनियरहरूमाथि भइरहेको पेशागत श्रमशोषण एवं कर्मचारीतन्त्रमा व्याप्त हुकुमी प्रथाको अन्त्य गराउँदै बौद्धिक समुदायलाई नेतृत्वदायी भूमिकामा अग्रसर गराउन सङ्घर्ष गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *