नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
सुनिता गाइसी
मानव जीवन अमूल्य छ । मानिसलाई स्वास्थ्य (राख्न विभिन्न खानेकुरा तथा सागपातले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । आजकल मानिसहरूको व्यस्तताले गर्दा खानेकुरामा त्यति ध्यान दिएको पाइँदैन जसको कारणले मानिसलाई विभिन्न किसिमका रोगहरूले सताउन थालेको छ । स्वास्थ नै हाम्रो धन हो । बजारमा पाइने बिस्कुट, चाउचाउ र विभिन्न रङगीन खानेकुराले हाम्रो स्वास्थ्यलाई दिनानुदिन बिर्गादै छ । यसप्रति हामी सचेत हुनुपर्दछ । स्वास्थ्य हुन हामीले आफ्नो दैनिक खानामा हरियो सागपात र फलफुलको प्रयोग गर्नुपर्दछ । विभिन्न किसिमका सागपातमा हाम्रो शरीरलाई आवश्यक पर्ने भिटामिन, फलाम, पोटासियमजस्ता तत्वहरू पाइन्छ जसले शरीरलाई स्वास्थ र फुर्तिलो बनाउँछ । त्यसैले यहाँ विभिन्न किसिमका सागपातबारे चर्चा गरिन्छ ।
१. रायोको साग
रायोको साग नेपाली भान्छामा प्रायः सबैले प्रयोग गर्ने तरकारी मध्येको एक हो । यस सागमा हाम्रो शरीरलाई अत्यावश्यक खनिज पदार्थ जस्तै फलाम, पोटासियम, क्याल्सियम जिन्क, भिटामिन ए, के, सी प्रशस्त मात्रामा पाइन्छ । रायोको साग नियमित खानाले हड्डी खिइने, रक्त अल्पता, मुटुरोग, प्रोस्टेट क्यान्सर इत्यादि रोगहरूबाट बचाउँछ ।
२. तोरीको साग
तोरीको साग सबैलाई मनपर्ने तरकारी हो । यसको प्रयोगले पाचन प्रणाली मुटु, मस्तिष्कलाई स्वस्थ राख्दछ । यसमा खनिज, फाइबर, भिटामिन के, ए, सी, ई र फोलेट पाइन्छ । एन्टीअक्सिडेन्ट र एन्टीइन्पलामेन्टरी पाइने हुनाले यसले पिसाब थैली, ठुलो आन्द्रा, फोक्सो र डिम्बाशयको क्यान्सर हुनबाट बचाउँछ ।
३. चम्सुरको साग
चम्सुरको सागमा भिटामिन ए, सी र के प्रशस्त मात्रामा पाइन्छ । आँखाको ज्योती बढाउँछ । रतन्धो, मोती बिन्दुबाट बचाउँछ । चम्सुरको सागले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ ।
४. पालुङ्गोको साग
पालुङ्गोको सागमा प्रशस्तमा एन्टिअक्सिडेन्ट ,पोटासियम, भिटामिन ए, के र फाइबर पाइन्छ । यसले मधुमेह, क्यान्सर, उच्च रक्तचाप, रक्तअल्पताको लागि लाभदायक हुन्छ । पालुङ्गोको सागले आँखा, छाला र कपाललाई स्वस्थ राख्छ ।
५.मेथीको साग
मेथीको सागलाई प्राचीनकालदेखि हर्बल जडिबुटिको रुपमा प्रयोग गरिंदै आएको छ । यसमा विभिन्न किसिमका पौष्टिक पदार्थहरू पाइन्छ जसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्दछ । यसको पात खाँदा तितो हुन्छ तर यसले विभिन्न किसिमका रोगहरू निको पार्न सहयोग गर्दछ । एक चिया चम्चा मेथीको गेडामा ३५ ग्राम क्यालोरी साथै अन्य पोषक पदार्थहरू पाइन्छ । यसले पेटसम्बन्धी सबै समस्यामा समाधान गर्न मद्दत गर्दछ । यसले मधुमेह, उच्च रक्तचाप, कब्जियत, बाथ रोगमा निको पार्न सहयोग गर्दछ । मेथीलाई सौन्दर्य विज्ञहरुले प्रशस्त मात्रा प्रयोग गर्दछन् । मेथीले कपाल लामो र चम्किलो पार्दछ ।
६. बेथेको साग
बेथेको सागलाई स्वास्थको लागि निकै उपयोगी मानिन्छ । यसमा विभिन्न किसिमका पोषक पदार्थहरू जस्तै रेशा, भिटामिन ए, सी र खनिजहरू जस्तै क्याल्सियम, फलाम, पोटासियम, फोस्फोस्रस, म्याग्नेसियम र जिङ्क पाइन्छ । बेथेको सागको प्रयोग गर्नाले कब्जियत, पाइल्स, स्कर्बी, रक्तअल्पता, जुका, मृगौलाको पत्थर, मुखको अल्सर, स्वास गन्हाउने समस्या हटाउन मद्दत गर्दछ । मस्तिष्क र शरीरलाई स्वस्थ राख्छ । रगत सफा गर्छ । यस्तो बहुगुणी बेथेको सागलाई नियमित रुपमा प्रयोग गर्न सके विभिन्न खतरनाक रोगहरूबाट बच्न सकिन्छ ।
७. कर्कलो
कर्कलो वर्षायाममा पाइने तरकारी हो । यसमा प्रशस्त मात्रामा फाइबर, भिटामिन ए, सी, इ र फोलेट पाइन्छ । कर्कलो एन्टिअक्सीडेन्टको राम्रो स्रोत हो । कर्कलोले रोग प्रतिरोधात्मक शतिm बढाउँछ । कोलोस्टेरोल नियन्त्रण गर्दछ । आँखा, छाला, गर्भाअवस्थामा भु्रणलाई स्वस्थ राख्छ । रक्तअल्पता कम गर्न सहयोग गर्दछ । परम्परागत रुपमा पनि कर्कलोलाई औषधीको रुपमा प्रयोग गर्दैआएको पाइन्छ । कर्कलोको डाँठलाई सुकाएर राखिन्छ र आउँ पर्दा यसलाई पकाएर खाँदा आउँ रोग निको हुन्छ भनी बुढापाकाहरू बताउँछन् ।
८. सलादको साग
यो सागलाई काँचै खाने गरिन्छ । त्यसैले यसलाई सलाद साग भनिन्छ । यसलाई अङ्गे्रजीमा Lettuce भनिन्छ । यसलाई भिटामिन के, ए, सी र पोटासियमको राम्रो स्रोत मानिन्छ । सलाद सागले मधुमेह, क्यान्सर, हृदयरोग, अनिद्रा, ग्यास्टिक हुनबाट बचाउँछ । रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, मेटाबोलिज्म राम्रो बनाउँछ ।
९. सिस्नुको साग
सिस्नु एक बहुउपयोगी तरकारी हो । पहिला गरिबले खाने तरकारी भनी प्रचलीत थियो हाल आएर यसको महत्व बुझे पछि सबैले खान थालेका छन् । यसमा विशेष गरि Antioxidant, antimicrobial, anti-ulcer astringent, and analgesic तत्वहरू पाइन्छन् । सिस्नुले रक्तअल्पता, मधुमेह, उच्चरतmचाप, दमरोगलाई फाइदा गर्दछ । सुत्केरी महिलामा दूधको मात्रा बढाउँछ, घाउ निको गर्छ, कपाल बढाउँछ, । रगतमा भएको विष सफा गर्छ, मृगौलाको पथरी हुनबाट बचाउँछ । त्यसैले हाल धेरै मानिसले सिस्नुलाई आफ्नो खानामा प्रयोग गर्न थालेका छन् । आजकाल त सिस्नुको पाउडर पनि पाइन्छ ।
यसरी हरियो सागपातमा विभिन्न किसिमका भिटामिन र खनिज पदार्थ पाइन्छ जुन हाम्रो शरीरको लागि अत्यावश्यक छ । तर तरिका मिलाए यस्ता साग–तरकारी नपकाउँदा पौष्टिक पदार्थहरू खेर गइरहेको छ । जस्तै सागलाई पखाल्दा मसिनो टुक्रा बनाउने र मिचीमिचि पखाल्ने कतिपय मानिस त सागपात पखाल्दा हरियो झोल आएसम्म पखाल्दछन् जसले गर्दा शरीरलाई आवश्यक पर्ने तत्व खेर गइरहेको छ । त्यतिमात्र होइन हरियोसागपातलाई धेरै बेर पकाउँदा पनि कतिपय भिटामिन नष्ट हुन्छ त्यसैले यसलाई ठीक मात्रामा पकाउनु पर्दछ । साथै यति महत्वपूर्ण साग–तरकारीलाई हामीले दैनिकरुपमा प्रयोग गर्नुपर्दछ । वास्तवमा ‘करेसाबारीको सागपात, स्वस्थ सुखी जीवनको आधार’ यो भनाइ अत्यन्तै सार्थक छ ।
Leave a Reply