भर्खरै :

चिनियाँ कम्युनिष्ट पार्टीको मार्ग–८ –क्रान्ति –निर्माण –सुधार

अध्याय २
निर्माण
रूपान्तरण लागू गर्ने प्रयासहरू
(चीनको विदेशी भाषा प्रेसले सन् २०१२ मा प्रकाशित गरेको पुस्तक ‘द पाथ अफ द सीपीसी, रिभोल्युसन, क्रन्स्ट्रक्सन एण्ड रिफर्म’ को नेपाली अनुवाद राकस्थाले गर्नुभएको हो । पुस्तकको अघिल्लो खण्डमा चीनको क्रान्तिकालीन समयको चर्चा गरिएको छ भने दोस्रो खण्डमा चीनको निर्माणकालीन समयको चर्चा गरिएको छ । –सम्पादक)
चीनको वास्तविक परिस्थितिअनुसार निर्माण उपयुक्त बाटोको खोजी
आधुनिक चीनको स्थापनापछि सुरुवातका वर्षहरूमा समाजवादका आधारभूत सिद्धान्तहरू स्थापित भए । औद्योगीकरणमा प्रारम्भिक तर महत्वपूर्ण विकास हात लाग्यो । यद्यपि चीनको समाजवादी प्रणाली आंशिकरुपमामात्र क्रियाशील थियो र अर्थतन्त्र अद्यापि पछाडि परेको थियो । ठूलो जनसङ्ख्या भएको गरिब र अल्पविकसित चीनको समाजवादी प्रणालीको निम्ति चीनको वास्तविक परिस्थितिअनुकूल बनाउन के गर्नुपथ्र्याे ? कसरी आर्थिक निर्माणलाई तीव्र बनाउन सकिन्थ्यो ? चिनियाँ कम्युनिष्टरूको निम्ति हाँक बनेका थिए ।
नयाँ चीनको स्थापना भएको सुरुवाती दिनहरूमा सोभियत सङ्घको अनुभवबाट चिकपाले सिक्यो र सकारात्मक प्रगति हात लाग्यो । यद्यपि पहिलो पञ्चवर्षीय योजना लागू गर्दाको धेरै कुरा अनुभवपछि चिकपाले सोभियत नमुनाको नक्कल गर्दा भएको केही कमजोरी र गल्ती अनुभव गर्न थालियो । चिनियाँहरूले सोभियत सङ्घका सबै प्रयोगहरू सफल नभएका र सोभियत सङ्घमा कामलाग्दा नीतिहरू चीनमा उपयुक्त हुननसक्ने अनुभव गरे । सन् १९५६ को फेब्रुअरीमा सम्पन्न सोभियत सङ्घको कम्युनिष्ट पार्टी (सीपीएसयू) को २० औं महाधिवेशनले समाजवाद निर्माणमा सोभियत सङ्घले केही गम्भीर गल्ती गरेको स्पष्ट पा¥यो । चिकपाको केन्द्रीय समितिले सोभियत सङ्घको कम्युनिष्ट पार्टीका समस्याहरूप्रतिमा सावधानीपूर्वक ध्यान दियो । माओ त्सेतुङले सीपीएसयूको २० औं महाधिवेशनबाट चिकपाले के सिक्न सक्छ भन्नेमा जोड दिए । चीनको क्रान्ति र विकास वास्तविक परिस्थितिअनुसार माक्र्सवाद र लेनिनवाद लागू गर्नु भन्ने नै त्यसको सार थियो । माओले समाजवादको निर्माणको निम्ति चीनले लिनुपर्ने बाटो तय गर्न चिकपाको बैठकको आह्वान गरे ।
सन् १९५६ को अप्रिलमा माओ त्सेतुङले ‘दस मुख्य सम्बन्धहरू’ शीर्षकमा एक प्रतिवेदन प्रकाशित गरे । चिकपाले संरचित तरिका (स्ट्रक्चर्ड वे) बाट चिनियाँ समाजवादको निर्माण गर्नुपर्छ भन्ने आफ्नै बाटोको खोजीमा यो एक प्रस्थान बिन्दु थियो । समाजवादी निर्माणको रणनीतिको लागि सहयोग जुटाउन देशभित्र र विदेशका सबै सकारात्मक पक्षहरूलाई परिचालित गर्नु यो प्रतिवेदनको उद्देश्य थियो । चीनमा समाजवादी अर्थतन्त्र निर्माण अभियानको सारांश निकाल्ने र सोभियत सङ्घको अनुभव भित्र्याउने सिद्धान्तमा टेकेर प्रतिवेदनले औद्योगीकरणको निम्ति सोभियत सङ्घकाभन्दा फरक बाटो अवलम्बन गर्ने नीतिहरू प्रस्ताव ग¥यो । त्यसले चीनको आर्थिक रणनीतिमार्फत कृषि र हल्का उद्योग विकास र समुद्र छेउका उद्योगहरूको विकास गर्न बढी जोड दिनुपर्ने नीति प्रस्ताव ग¥यो जस्तो कि सैन्य र प्रशासनिक खर्च सक्दो घटाउने आर्थिक निर्माणमा बढी जोड दिने । त्यसमा प्रतिवेदनमा राज्य, उत्पादन एकाइ र उत्पादनमा लागेका व्यक्तिहरूबीचको सम्बन्ध, केन्द्रीय र स्थानीय सरकारबीच, हान जातीय समूह र अल्पसङ्ख्यक जनजाति समूहहरूबीचको सम्बन्धको बारे पनि उल्लेख गरिएको छ । चीन र अन्य देशहरूबीचको सम्बन्धबारे उल्लेख गर्दै माओ त्सेतुङले ‘अन्य देशहरूबाट सिक्ने’ नारा अघि सार्नुभयो अझ ‘पुँजीवादी देशहरूका विकसित विज्ञान, प्रविधि र व्यापार व्यवस्थापनबाट सिक्ने’ मा विशेष जोड दियो ।
सन् १९५६ को सेप्टेम्बरमा चिकपाको आठौं महाधिवेशन सम्पन्न भयो । चिकपा सत्तामा आएपछिको त्यो नै पहिलो महाधिवेशन थियो । चिकपाले आर्थिक पुनःनिर्माणमा जोड गर्नुपर्ने भनेर महाधिवेशनमा प्रस्ताव गरियो । अति पुरातनपन्थी र अति क्रान्तिकारीलाई छोड्ने कुरालाई प्राथमिकता दिइयो । त्यसै समयमा जनताको प्रजातन्त्रलाई विस्तारित गर्नुपर्नेमा पनि जोड दिइयो । समाजवादी कानुनी प्रणालीको स्थापना गर्नु र अभ्यास, शासक पार्टीको रूपमा चिकपाको विस्तार, चिकपाका अङ्गहरू र सदस्यहरूका क्रियाकलापको अनुगमन, सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी लिने प्रणाली, चिकपाभित्र प्रजातन्त्र लागू हुुनुपर्छ र व्यक्तिपूजाका विरोधजस्ता गतिविधिहरू प्रस्ताव गरियो । चिकपाको आठौं महाधिवेशनले चिकपाले समाजवाद निर्माण बाटोको खोजीमा प्रारम्भिक परिणाम प्राप्त गरेको सङ्केत पनि ग¥यो ।
त्यसै अवधिमा चिकपाले ‘आधुनिक विज्ञानमा अगाडि बढ्ने’ र चीनका बौद्धिकहरूलाई परिचालित गर्ने विचारले ‘सयौं फूलहरू फुल्न दिने र सयौं विचारको प्रतिस्पर्धा गर्नदिने’ प्रस्ताव पेश ग¥यो । संयुक्त मोर्चाबारे चिकपाको केन्द्रीय समितिले ‘लामो ऐतिहासिक समयावधिमा सहअस्तित्व र आपसी अनुगमन’ नै चिकपा र प्रजातान्त्रिक पार्टीहरूबीचको सम्बन्धको निम्ति मार्गदर्शक सूत्र थियो । सन् १९५७ को फेब्रुअरीमा माओ त्सेतुङले पोल्याण्ड र हङ्गेरीका घटनाबाट सिकेका पाठहरूको जवाफस्वरुप ‘जनताबीचका अन्तरविरोधहरू सही व्यवस्थापन गर्ने’ शीर्षकको भाषण पनि प्रकाशित गर्नुभयो । उहाँले जनता र बाहिरका शत्रुहरू र जनताबीचका आन्तरिक अन्तरविरोध दुई फरक प्रकारका अन्तरविरोध हुन् र त्यसलाई प्रस्ट पार्नुपर्नेमा जोड दिनुभयो । जनताबीचको अन्तरविरोध प्रजातन्त्रिकको माध्यमबाट र सम्झाइबुझाइ शिक्षा दिइएरमात्र समाधान गर्नसकिन्छ । यी महत्वपूर्ण विचार र नीतिहरूको न्यानो स्वागत भयो र प्रजातान्त्रिक छलफल जीवन्त भयो ।
यद्यपि, चीन धेरै जनसङ्ख्या भएको, पछौटे अर्थतन्त्र र संस्कृति र क्षेत्रीय विकासको हिसाबमा स्पष्ट सन्तुलन नभएको एउटा ठूलो देश हो । चीनमा समाजवादको निर्माण गर्नु एउटा चुनौतीपूर्ण र अत्यन्तै जटिल काम हो । सुरुमा चिनियाँ नेतृत्वसामु चीनमा समाजवादको निर्माणको क्रममा चिनियाँ कम्युनिष्टहरूले केही सफलताहरू पाउनु र केही ठक्करहरूको सामना गर्नु स्वाभाविकै ठाने । पछि, अन्तर्राष्ट्रिय र घरेलु परिस्थितिमा आएको फेरबदल र त्यसमा पनि मुख्यतः समाजवादबारे अपुरो ज्ञानको परिणामस्वरूप चिकपाले दुई क्षेत्रमा गम्भीर त्रुटि ग¥यो ।
एकातिर, चिकपाले आर्थिक निर्माणको मात्रा र गतिमा तुरुन्त परिणाम प्राप्त गर्ने हतारो ग¥यो । सन् १९५८ मा माओ त्सेतुङले ‘महान छलाङ’ लाई जनआन्दोलनको रूपमा लिनुभयो । ग्रामीण जनताका कम्युनहरू बनाउने नीति पूर्णतः लागू गरियो । त्यो अभ्यासबाट आर्थिक निर्माणको सिद्धान्तको उल्लङ्घन हुनेभयो । त्यासबाट आँखा चिम्लेरै राष्ट्रिय अर्थतन्त्रमा उच्च वृद्धिको आशा गरियो र कम्युनिज्म (साम्यवाद) मा छिटो पदार्पण गर्न पुग्ने बाटोको खोजी गरियो । परिणामतः त्यो रणनीतिले राष्ट्रिय अर्थतन्त्रको विकासमा धक्का पु¥यायो र सन् १९५९ देखि १९६१ सम्म चीनले गम्भीर समस्याहरू भोग्नुप¥यो ।
अर्कोतिर, वर्गसङ्घर्षलाई तीव्र पारियो । त्यसले निरन्तर राजनीतिक आन्दोलन, प्रजातन्त्र र न्याय प्रणाली ध्वंस भए । घरेलु वस्तुस्थितिको सही निर्णय गर्ननसक्नु, पार्टी र समाजभित्रका फरक मतहरूलाई उचित व्यवस्थापन गर्न असमर्थ हुनाले चिकपाको निर्देशक सिद्धान्त विस्तारै वामपक्षमा ‘वाम’ पट्टि विचलन आयो । पहिला त दक्षिणपन्थीविरुद्धको सङ्घर्ष उल्लेखनीय ढङ्गले बढाइएको थियो । त्यसपछि दक्षिणपन्थी विचलनविरुद्धको सङ्घर्ष देखाप¥यो । त्यसले देशलाई अन्ततः सांस्कृतिक क्रान्ति (सन् १९६६–१९७६) तिर अगाडि बढायो । दस वर्ष चलेको सांस्कृतिक क्रान्तिले नागरिक जीवनमा अशान्ति ल्यायो । त्यसपछि तेङ सियाउपिङले त्यतिबेलाको वस्तुस्थितिबाट यस्तो सार निकाले ः त्यतिबेला भएका गल्तीहरूले चिनियाँ कम्युनिष्टहरूले समाजवादको निर्माण कसरी गर्ने भन्ने राम्ररी नबुझेको देखाउँछ । तत्कालीन समाजवादी प्रणाली अपरिपक्व र अपूर्ण थियो ।
सन् १९५६ देखि १९७६ सम्म चिकपाले समाजवाद निर्माणको निम्ति दुष्कर अन्वेषण ग¥यो । चीनले विकासका अनेक घुम्तीहरू पार ग¥यो । चुनौतीहरूको सामना गर्दै चिनियाँ जनताले उत्साहकासाथ कडा परिश्रम गरेर आत्मनिर्भर हुन पार गर्न ठूलो प्रयास गरे । उदाहरणीय व्यक्तिहरूको समूहहरू नै तयार भएका थिए ।
त्यो अवधिमा राष्ट्रिय अर्थतन्त्रको विकास अस्थिर थियो र केही क्षेत्रमा धेरै मूल्य चुकाउनुप¥यो । ती कमजोरीहरू हुँदाहुँदै पनि आर्थिक निर्माणको क्षेत्रमा महत्वपूर्ण सफलताहरू प्राप्त भए ।
ती मुख्यतः यस्ता थिए ः औद्योगिक निर्माणमा एउटा स्वतन्त्र र तुलनात्मकरूपमा पूर्ण औद्योगिक प्रणाली र राष्ट्रिय अर्थतन्त्र प्रणाली स्थापना भयो । मुख्य औद्योगिक उत्पादन र सेवाहरूजस्तै स्टील, पेट्रोलियम, कच्चा कोइला, विद्युतीय ऊर्जा, कपासको धागो र मेसिनको क्षेत्रमा उल्लेखनीय उत्पादन बढ्यो । इलेक्ट्रोनिक्स, पेट्रोलियम, आणविक ऊर्जा र अन्तरिक्ष विज्ञानका उद्योग पनि स्थापना भए । कृषि प्रणाली र कृषि पद्धतिमा धेरै सुधार गरियो । मुख्य अन्नहरूको राष्ट्रिय उत्पादन उल्लेखनीय रूपमा बढ्यो । यातायात र सञ्चार क्षेत्रमध्ये रेल्वे, राजमार्ग, सार्वजनिक यातायात, हवाई यातायात, हुलाक र दूरसञ्चार क्षेत्रमा ठूलो विकास भयो । सबै प्रान्तहरू, केन्द्र सरकारका मातहतका नगरपालिकाहरू, तिब्बतबाहेकका स्वायत्त क्षेत्रहरूमा रेलमार्गहरू बनाइए । निन्सिया, छिन्घाइ र सिन्चियाङजस्ता दुर्गम क्षेत्रहरूमा पहिलोपटक रेल पुग्यो । त्यही समयमा जिल्लाहरू र सहरहरू राजमार्गसँग जोडिए । समुद्री छेउमा एक लाख टनभन्दा बढी क्षमताका जहाजहरू अड्याउने गहिरा बन्दरगाहहरू बने । दक्षिणपूर्वी एसिया, युरोप र अफ्रिकाको निम्ति तीन नयाँ जहाजमार्ग खोलिए ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा कुरा गर्दा सबै नागरिकको निम्ति आधारभूत शिक्षा विस्तार गरियो । चीनमा निरक्षरता स्वातै घट्यो । मूलतः उच्च शिक्षामा विस्तार भयो र आर्थिक एवं औद्योगिक निर्माणको निम्ति आवश्यक मुख्य कालीगढहरू तयार भए । स्वास्थ्य र चिकित्साका आधारभूत संरचनामा भएको विकासले चीनको स्वास्थ्य स्तर र सरदर आयुमा व्यापक सुधार भयो । ‘पूर्वको रोगी मानिस’ को रूपमा चिनिएको चीनले विकासमा ठूलो फड्को मा¥यो ।
त्यसको अतिरिक्त विज्ञान र प्रविधि उल्लेखनीय परिवर्तन भयो । चीनले सन् १९६४ मा पहिलो आणविक बमको परीक्षण ग¥यो र सन् १९६७ मा पहिलो हाइड्रोजन बमको सफलतापूर्वक परीक्षण ग¥यो । सन् १९७० मा चीनले पहिलो कृत्रिम भूउपग्रह प्रक्ष्ोपण ग¥यो । उच्च प्रविधिको विकाससँगै देशको राष्ट्रिय सुरक्षा क्षमतामा पनि आधुनिकीकरण भयो ।
ती सबै सफलताहरूले चीनको आधुनिकीकरणको यात्राको निम्ति साधन उपलब्ध भए र प्राविधिक जग पनि बस्यो ।
चिनियाँ जनतालाई चिकपाको नेतृत्वमा समाजवादको निर्माण अगाडि बढ्ने कुरामा आत्मविश्वास दियो । त्यही समयमा प्राप्त सफलता र विफलताको अनुभवबाट चिनियाँ कम्युनिष्टहरूलाई समाजवादी निर्माण गर्न उत्साहपद गज्जबको शिक्षा मिल्यो । सांस्कृतिक क्रान्तिको अन्तपछि चीनले एउटा नयाँ मार्ग सफलतापूर्वक पहिल्यायो ।
प्रहरीहरूमाथि विभागीय कारबाहीभन्दा हत्यारा पक्राउ जरुरी
कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या गरेका दोषीहरूको पहिचान गर्न र पक्राउ गर्न नेपाल प्रहरीले अझै सकेको छैन । तर, प्रहरीका एआईजी धिरु बस्न्यात नेतृत्वको छानबिन समितिले अनुसन्धानमा जोडिएका ३४ जना प्रहरीमाथि विभागीय कारबाहीको सिफारिस गरी प्रतिवेदन आईजीपी सर्वेन्द्र खनाललाई बुझाउन लागेको बताएको छ । निर्मला पन्त हत्याकाण्डको अनुसन्धानमा तत्कालीन स्थानीय प्रहरी नेतृत्व र सीआईबीको टोलीले गम्भीर लापरबाही गरेको कुरा यसअघि गृहमन्त्रालयद्वारा गठित समिति र मानव अधिकारवादीहरूको छानबिन समितिहरूले पनि औंल्याइसकिएकै तथ्य हो ।
गृह मन्त्रालयद्वारा गठित समितिको सिफारिसअनुसार कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट र इसपेक्टर जगदीश भट्ट बर्खासीमा र अन्य ६ जना प्रहरी निलम्बनमा परिसकेका छन् । अहिले एओइजी नेतृत्वको छानबिन समितिले पहिल्यै कारबाहीमा परिसकेका ८ सहित अरु २६ जना गरी ३४ जना प्रहरीमाथि विभागीय कारबाही सिफारिस गर्न लागेको बताइन्छ । कारबाहीमा कसूरको मात्रा हेरी कसैको घटुवा, कसैको ग्रेड रोक्कालगायतका छन् ।
एआईजी बस्न्यात नेतृत्वको छानबिन समिति बनेपछि ढिलो चाँडो हत्यारा पत्ता लगाउने अनुमान र अपेक्षा जनताको थियो । जनताको त्यो अपेक्षा पूरा नहुने देखिएको छ । उच्च प्रहरी अधिकारीको नेतृत्वमा बनेको समिति पनि बलात्कार, हत्या र हत्यारा पहिचानमा केन्द्रित हुनुभन्दा प्रहरीको कमी कमजोरी औंल्याउनमै अल्झिएको देखिएको छ । प्रहरीका कमजोरी औंल्याएर विभागीय कारबाही गर्न सिफारिस गर्नु जायजै होला । त्यसले प्रहरी सङ्गठनभित्र जिम्मेवारीबोध गराउन मद्दत पुग्ला । तर, साथसाथै निर्मला पन्तका हत्यारा वा हत्याराहरूसम्मै पुगेको भए जनताको अपेक्षा पूरा हुन्थ्यो, जनताबाट स्याबासी पाउँथ्यो ।
हत्याराबारे सुराक त बर्खासी र निलम्बनमा परेका प्रहरी अधिकृतहरूबाटै पाउन सम्भव थियो र छ । हत्यारालाई जोगाएर हत्यारा लुकाउने प्रहरी अधिकृत र जवानहरूमाथि विभागीय कारबाही मात्रले न्याय भएको अनुभूति जनतालाई मिल्नेछैन । न त निर्मला पन्तको परिवार नै सन्तुष्ट हुनसक्छ । त्यसैले प्रहरीहरूमाथि विभागीय कारबाहीभन्दा हत्याराको पहिचान, पक्राउ र सजाय हुन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *