भर्खरै :

अनिर्णयको बन्दी प्रदेशसभा

भक्तपुर नगरपालिका कलेजहरू सञ्चालन गरी देशकैै एक उदाहरणीय नगरपालिका बन्न सफल भयो । देशलाई आवश्यक दक्ष जनशक्ति तयार गर्न सहयोग गरेर हाम्रा यी कलेजहरूले वास्तवमै देशको सेवा गरिरहेका छन् । भक्तपुरका थुप्रै धरोहरहरूझैं अब यी कलेजहरू पनि जनताका अमूल्य निधि हुन् भन्दा अतियुक्ति नहोला । वैभवशाली कला कृतिले चिनाउने भक्तपुरलाई नगरपालिकाद्वारा सञ्चालित यी कलेजहरूले चिनाउँदै छन् । देशका किसान मजदुरका छोराछोरीहरूलाई कम शुल्कमा गुणस्तरीय शिक्षा दिनु देशकै निम्ति महत्वपूर्ण सेवा हो ।
प्राध्यापक, प्रशासन र विद्यार्थीहरूको लगन र मेहेनतकै कारण आजको उचाइ प्राप्त भएको हो । यी उपलब्धिका निम्ति यहाँहरू धन्यवादका पात्र हुनुहुन्छ । योे लगन र अथक मेहेनत जारी रहोस्, हार्दिक शुभकामना । हाम्रो गन्तव्यतर्पmको यात्रा यतिमा जरुर रोकिन्न । ख्वप विश्वविद्यालयको निम्ति निरन्तर सङ्घर्ष आवश्यक छ । कलेजको थप विकास र प्राज्ञिक उत्कृष्टताको यात्राको निम्ति शुभेच्छा व्यक्त गर्दछु ।
शिक्षामा भइरहेको चरम व्यापारीकरणविरुद्ध ख्वप उभिएकोमा हामी गौरबको अनुभूति गर्दछौं । नेमकिपाले सदैव शिक्षामा नवउदारवादको प्रभावविरुद्ध सङ्घर्ष ग¥यो । विश्वविद्यालयका पाठ्यक्रम विश्व बैङ्क र विदेशी संस्थाको प्रभावमा बनिरहेको छ । यो देशकै निम्ति दुर्भाग्यको कुरा हो । त्रिभुवन विश्वविद्यालयमा इतिहास पढ्ने विद्यार्थी शून्य हुनु, राजनीतिशास्त्र, समाजशास्त्र, दर्शनशास्त्रजस्ता महत्वपूर्ण विषय अध्ययन गर्ने विद्यार्थी अत्यन्त न्यून हुँदै जानु आपैmमा एउटा डरलाग्दो चित्र हो । मानविकी सङ्कायका यी विषयमा विद्यार्थीहरू नहुनुले शुभ सङ्केत गर्दैन । देशको निम्ति यस ख्वप कलेजले इतिहासविद्, संस्कृतिविद्, अर्थशास्त्री, राजनीतिशास्त्री हुर्काउने अत्यन्त महत्वपूर्ण अभिभारा वहन गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
२०६२।६३ को जनआन्दोलन ताका र त्यसपश्चात् एउटा नारा जोड–जोडले लगाइएको थियो– अब नयाँ पुस्तालाई अवसर दिइनुपर्छ । महिला, जातजाति, दलितलाई मौका दिइनुपर्छ । निश्चय पनि त्यो आकर्षक नारा थियो अनि श्रुतिमधुर पनि । नेमकिपाले विचार र उद्देश्य महत्वपूर्ण हुने मत अघि सा¥यो । वर्गीय आधार र भावनामा जोड दियो ।
आज हामीले प्रदेशसभाकै मात्र तस्वीर हे¥यौं भने पनि त्यसको दुष्परिणाम या एउटा डरलाग्दो स्थिति हाम्रो सामुन्ने आउँछ । एनजीओ–आइएनजीओले हुर्काएका र बोकेकाहरू ठूलो सङ्ख्यामा जितेर आए । ठेकेदार, व्यापारीहरू जितेर आए । प्रदेशसभामा आज तिनीहरूकै हालिमुहाली चल्दैछ । प्रदेशसभामा एनजीओ–आइएनजीओको प्रत्यक्ष चलखेल सुरु भइसकेको छ र प्रभाव बढ्दो छ । यो शुभ–सङ्केत हुनसक्दैन । प्रदेश सरकार ती विदेशी संस्थासँग सहकार्य गर्न पाउनु, तिनीहरूबाट सहयोग प्राप्त हुनुलाई आप्mनो सफलता मान्दैछ । त्यसको पछिल्लो उदाहरण आइएनजीओको प्रभावमा गठन गरिएको प्रदेश योजना आयोग हो । मुख्यमन्त्रीलाई उनकै मन्त्रिमण्डलकै सदस्यले आइएनजीओको दलाल, सीआइएको दलाल भनी खुलेआम आरोप लगाए । यसबाट परिस्थितिको गम्भीरताबारे अनुमान लगाउन सकिन्छ । नेमकिपाले प्रदेशसभामा पनि एनजीओ–आइएनजीओमार्फत देशलाई नव–उपनिवेश बनाउन खोजिएकोप्रति कडा शब्दमा विरोध ग¥यो । भर्खरै जन्मेको प्रदेशलाई ती विदेशी संस्थाबाट टाढा राख्नुपर्ने धारणा राख्यो । एनजीओ–आइएनजीओ विना प्रदेशमात्र होइन आप्mनो जीवनसमेत नचल्ने मानसिकताले ग्रस्त शासक दलविरुद्ध नेमकिपाको सङ्घर्ष जारी छ । देशको स्वाधीनता, स्वतन्त्रता र जनताको स्वाभिमानको पक्षमा नेमकिपाले प्रदेशसभामा सङ्घर्ष चालू राख्ने छ ।
हामीले दुःखपूर्वक भन्नुपर्छ जनताबीच हुर्केका, राजनीतिक कार्यकर्ता, देश र जनताप्रति बफादार जनप्रतिनिधिहरूको अभावमा प्रदेशसभाले आशा गरिएअनुरुप राजनीतिक चरित्र देखाउन सकेन, राजनीतिक उचाइ प्राप्त गर्न सकेन । पेशा, व्यवसायले जनप्रतिनिधिको अभिव्यक्ति र गतिविधिमा प्रत्यक्ष प्रभाव पर्ने आज अनुभव गरिइँदै छ । तसर्थ यो देशलाई जोगाउन, योभन्दा थप बर्बादी नबेहोर्न वास्तविक देशभक्तहरू, जनताप्रति प्रतिबद्धहरू, बौद्धिकहरू र समाजका संवेदनशीलहरू राजनीतिक जिम्मेवारी सम्हाल्न अघि सर्नुपर्ने आवश्यकता अनुभव गरिइँदै छ । समाजलाई उत्साहित गर्न र देशलाई जोगाउन यो एउटा उपाय सिद्ध हुनेछ ।
प्रदेशसभा यतिखेर अनिर्णयको बन्दी बनिरहेकोे छ । हालै प्रदेश नं ३ का मुख्यमन्त्रीले भने– “हामी सरकार हौँ भन्ने अनुभूति नै गर्न सकिरहेका छैनौँ । सङ्घीय मन्त्रालयले हामीलाई सरकारको व्यवहारसमेत गर्दैन । सरकार कहाँ छ ? हामीले जानकारी कहाँबाट पाउने ? सबै झ्याल–ढोका थुनेर बाहिर जा भन्ने ? मेरो प्रदेशमा ५५ प्रतिशतमात्र कर्मचारी छन् । ती पनि केन्द्रमा बोझ बनेकालाई पठाइएको छ । यस्ता कर्मचारीबाट कसरी नतिजा निकाल्ने ? प्रदेशलाई अल्मल्याउने र पङ्गु बनाउने काम भइरहेको छ ।”
प्रदेशका उपसभामुखहरू आफ्नो कुनै अधिकार भएन र मूर्तिजस्तो भयौं भनिरहेका छन् ।
यी तमाम बेथितिको दोष शासक दललाई नै जान्छ । शासक दलभित्रको पदको झगडा, अहङ्कारी प्रवृत्ति, गैर–जिम्मेवारी र अकर्मण्यताको कारण प्रदेशसभा सुस्त, प्रभावहीन बनिराखेको यथार्थ हो । शासक दल जनताको विश्वासमाथि घात गर्दैछ र सङ्घीयता कार्यान्वयनप्रति उदासीन छ । फलस्वरुप एक वर्ष बित्न लाग्दासमेत प्रदेशको राजधानीबारे निश्चित टुङ्गोमा पुग्न सकेन । तिनीहरू घुमाइ–फिराइ केन्द्रीयकरण लागू गर्न खोज्दै छन् र काठमाडौँकेन्द्रित मनस्थितिमा बाँचिरहेका छन् । तिनीहरूको त्यो गलत सोचविरुद्ध नेमकिपा प्रदेशमा सङ्घर्षरत छ । नेमकिपाले सङ्घीयताको भावना, विकेन्द्रीकरणको सिद्धान्तबमोजिम सम्पूर्ण सेवा, सुविधा काठमाडौँकेन्द्रित गर्न नहुने, देशको सन्तुलित विकासमा ध्यान दिइनुपर्ने, अन्य प्रदेशहरू विशेषगरी छिमेकी प्रदेश दुईलाई समेत आवश्यक सहयोग तथा समन्वय गर्न तत्पर अवस्थामा बसी राष्ट्रिय एकतामा बलियो टेवा पु¥याउनुपर्ने जस्ता प्रस्ताव एवं विचार अघि सा¥यो ।
नेमकिपाले प्रदेशसभामा एक प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्दैछ । प्रदेश सरकारका हरेक जनविरोधी गतिविधिको विरोध गर्दै कामदार वर्गको पक्षमा उभिन दबाब दिंदैछ । जनताको भावना अभिव्यक्त गरी प्रदेशसभालाई जनउत्तरदायी बनाउन नेमकिपा सङ्घर्षरत छ ।
एउटा आइएनजीओले देशको प्रधानमन्त्रीदेखि गाविसको प्रमुखसम्मलाई धार्मिक गतिविधिमा हुलेको र धर्मप्रचारक बन्न उक्साएको हामीले भर्खरैमात्र देख्यौँ । यो साम्राज्यवादी तथा नव–उपनिवेशवादीहरूको नयाँ चाल हो । कम्युनिष्ट दाबी गर्ने प्रधानमन्त्रीले त्यस धार्मिक संस्थाको दक्षिणा स्वीकारे । स्वाभिमानी नेपालीको शिर निहुरियो र राष्ट्रिय लज्जाको अनुभव गरियो । नेपाल विखण्डनको बाटोमा लाने र द्वन्द्व जारी राखी आप्mनो क्रीडास्थल बनाउने आप्mनो अभिष्ट पूरा गर्न विदेशी शक्तिहरूभित्रै पसेर सक्रिय भइरहेको बेला समाजको संवेदनशील समुदायले चनाखोपूर्वक भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ । साथै नयाँ पुस्तालाई सचेत पार्नुपर्ने र जोगाउनुपर्ने आजको हाम्रो जिम्मेवारी हो ।
शासक दलहरूले महिला समानताका ठूला–ठूला भाषण र चर्को स्वरमा नारा लगाए । महत्वपूर्ण पदमा महिलाहरू पुगे या पु¥याइए । तर, विडम्बना यही समयमा देशमा सबैभन्दा बढी बलात्कारका घटना घटिरहेका छन् । निर्मला पन्तको बलात्कारपछि हत्याको घटना पाँच महिना पुगिसक्दा पनि अपराधीमाथि कुनै कारबाही हुन सकिए । सरकार नक्कली अभियुक्त खडा गरी वास्तविक अपराधी लुकाउन खोज्दैछ । एउटी बालिकालाई न्याय दिन नसक्ने सरकार र शासक दलले महिला समानताबारे बोल्ने नैतिक अधिकार गुमाइसकेको छ । आज जनता भन्दै छन्, देशको महिला राष्ट्रपतिलाई १८ करोडको गाडीको चिन्ता छ, अरबौंको हेलिकप्टरतिर ध्यान छ । उनले किन निर्मलाहरूमाथिका अत्याचार देखून्, किन निर्मलाहरूका चित्कार सुनून् ?
देशका सर्वशक्तिमान मानिएका प्रधानमन्त्री ‘नयाँ युग’ को हल्ला गर्न व्यस्त भइरहँदा देशमा भ्रष्टाचारका नयाँ नयाँ रेकर्ड बाहिर आउँदै छन् । अत्यधिक भ्रष्टाचार हुने देश भनी विश्व रेकर्डमा उकालो चढ्दै छ । देशका विधि निर्माता, नीति निर्माताहरूबाटै देशको ढुकुटी कसरी रित्याइँदै छ भन्ने पछिल्लो दृष्टान्त काठमाडौंमा घर भएका सांसदहरू स्वय्मले घर भाडाको नाममा लाखौं रकम बुझिरहेको घटना हो । साथै काठमाडौ महानगरपालिकाले बैठक भत्ता र जलपान खर्चमात्रै तीन करोड पु¥यायो, जम्मा दुई सय चौरासी दिनमा । यति नै बेला एक वर्षमा सरकारको पुँजीगत क्षेत्रमा गरेको खर्च ०.५ प्रतिशतमात्र भएको तथ्याङ्क बाहिर आएको छ । अनुत्पादक क्षेत्रमा सरकारको ढुकुटी रित्तिरहँदा उत्पादनशील क्षेत्रमा सरकारको लगानी शून्य प्रायः भएको यो बेला जनता सोध्दै छन्, के यही हो नयाँ युग ? यत्ति नै बेला त्रिभुवन विश्वविद्यालयमा भन्दा त्रिभुवन विमानस्थलमा रोजी–रोटीको लागि खाडी मुलुक जाने युवाहरूको घुइँचो ठूलो छ । युवाहरू सोध्दै छन्, के यही हो नयाँ युगको सुरुवात ? के यही हो सरकारको आश्चर्यजनक सफलता ?
हो, वर्तमान सरकार जताततै असफल साबित हुँदैछ । सरकारको अकर्मण्यताको कारण होहल्ला गरिएभैंm समृद्धि होइन बरु बर्बादी बढ्दै छ । जरुर पनि शिक्षितहरू र सचेतहरू बर्बादीका साक्षी बनिरहँदैनन् । बरु राजनीतिक परिवर्तन, सामाजिक परिवर्तन र आर्थिक परिवर्तनको निम्ति भूमिका तथा जिम्मेवारीको खोजीमा हुन्छन् । त्यही आशा एवं अपेक्षा यहाँहरूबाट राख्छु ।
(प्रदेशसभा सदस्य तथा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य सैंजूले ख्वप मावि, ख्वप कलेज र शारदा क्याम्पसको वार्षिकोत्सव समारोह (२०७५ पुस ४) मा दिनुभएको मन्तव्यको सारसङ्क्षेप)

Leave a Reply

Your email address will not be published. Required fields are marked *