भर्खरै :

चिनियाँ कम्युनिष्ट पार्टीको मार्ग–२५ –क्रान्ति –निर्माण –सुधार

विज्ञान, प्रविधि, शिक्षा एवम् संस्कृतिमा सुधार र विकास
चिनियाँ विशेषताको समाजवादी निर्माणले आर्थिक, राजनीतिक, सांस्कृतिक र सामाजिक चार क्षेत्र समेट्छ । सुधार र खुलापनमा यी चार क्षेत्रहरूलाई जोड्ने काम भएको छ । सांस्कृतिक विकासका दुई उद्देश्य छन् – पहिलो त उच्च विचार र नैतिक शुद्धता भएका शिक्षित र अनुशासित नागरिक तयार पार्नु हो । दोस्रो, चिनियाँ शैलीको, विज्ञानमुखी र जनमुखी समाजवादी संस्कृति विकास गर्नु हो । यो विश्वको आधुनिकीकरणको आवश्यकता पूरा गर्न र भविष्यको निम्ति पनि हो । आर्थिक पुनः संरचना र राजनीतिक संस्थाहरूमा सुधार अगाडि बढ्दै गर्दा विज्ञान र प्रविधि, शिक्षा र संस्कृतिको सुधारमा चीन अगाडि बढ्दैछ । २१ औँ शताब्दीको सुरुआतदेखि यी क्षेत्रमा सकारात्मक परिवर्तन देखिन थाल्यो ।
विज्ञान र प्रविधिमा सुधार सन् १९८५ मै सुरु भयो । अगाडिका प्रणालीमा क्रमशः परिवर्तन थालियो । वैज्ञानिक अनुसन्धान संस्थाहरूलाई राज्यले नै आर्थिक व्यवस्थापन गर्ने र ती संस्थाहरूबाट राज्यले निर्धारण गरेका विषयमा अनुसन्धान केन्द्रित गराउने काम थालियो । आधारभूत अनुसन्धान वा सार्वजनिक चासोका अनुसन्धान परियोजनामा संलग्न राज्यले बनाएका केही संस्थाहरूबाहेक व्यावहारिक अनुसन्धानमा संलग्न अन्य संस्थाहरू उद्योग समूहहरूको प्रशासनअन्तर्गत ल्याइयो । त्यही समयमा राज्यले अनुसन्धानमा लागेका व्यक्तिहरूलाई आफ्नै प्राविधिक उद्योगहरू स्थापना गर्न उत्साहित ग¥यो । वैज्ञानिक अनुसन्धान परियोजना विकास, प्राविधिक बजार विकास र प्राविधिक व्यापार विस्तार गर्ने यो नयाँ बाटोले वैज्ञानिक र प्राविधिक विकासलाई प्रयोगमा ल्याउन सहयोग ग¥यो । परिणामतः चीनको वैज्ञानिक क्षेत्रले छिटो विकास ग¥यो । चीनले हवाइविज्ञान, सूचना प्रविधि, नयाँ वस्तु, वायोइन्जिनियरिङ र अन्य उच्च प्रविधिका क्षेत्रमा शृङ्खलाबद्ध महत्वपूर्ण सफलता प्राप्त ग¥यो । सेन्चोउ अन्तरिक्ष यानको प्रयोग उडानले सफलता पायो । मानवसहितको अन्तरिक्षयानमा ठूलो उन्नति भयो । चीनको चन्द्रमाको खोजी परियोजनामा महत्वपूर्ण प्रगति ग¥यो ।
शिक्षाका सबै पक्षमा सरकारको नियन्त्रण रहेको योजनाबद्ध अर्थतन्त्रको पालाको शिक्षा नीतिमा परिवर्तन ल्याई शिक्षालाई सुधारको मुख्य केन्द्र बनाइयो । स्थानीय सरकार र विद्यालयलाई आफैले व्यवस्थापन र निर्णय गर्ने गरी स्वायत्त बनाइएको छ । सरकारले समग्र क्षेत्र नियन्त्रण ग¥यो र सबै पक्षका जनताले शिक्षा अगाडि बढाउन सहयोग गरे । बजार अर्थतन्त्रका अवश्यकताअनुसार समायोजित गराउन विश्वविद्यालयको उपाधि प्राप्तहरूलाई आफ्नोे रोजगारी छनोट गर्न छुट दिइयो । विगतमा विद्यार्थीको रोजगारी निर्धारणमा सरकारको पूर्ण नियन्त्रण हुन्थ्यो । देशभर नौ वर्षको अनिवार्य – निःशुल्क शिक्षा नीति लागू गरियो त्यसैले आज चीनको कूल विद्यार्थीमा उच्च शिक्षा, प्राथमिक र माध्यमिक तहका विद्यार्थीको अनुपात संसारमै उच्च कोटीमा छ ।
सुधार र खुलापनका कारण कला, साहित्य र खेलकुदप्रेमीहरूको सङ्ख्या बढ्यो । कलाकार र लेखकहरूलाई उत्कृष्ट सृजनाको निम्ति उत्साहित गर्दै चिकपाले कला र साहित्यमा ‘सयौँ फूल फुल्न देऊ र सयौँ विचार हुर्किन देऊ’ को सिद्धान्तलाई सक्रियतापूर्वक कार्यान्वयन ग¥यो । खेलकुदमा पनि चीनले उल्लेखनीय सफलता हासिल ग¥यो । सन् २००८ मा चीनले २९ औँ ओलम्पिक सफलतासाथ सम्पन्न ग¥यो, जसमा चीनले स्वर्ण पदकको हिसाबमा प्रथम र जम्मा पदकको हिसाबमा दोस्रो स्थान हासिल ग¥यो । प्रतिस्पर्धी खेलमा सुधारको साथै चिनियाँ सरकारले व्यायाम खेलकुद गतिविधिमा विकासको काम गरिरहेको छ । सार्वजनिक कल्याण कोषमार्फत प्रत्यक्ष सहयोग गर्ने नीतिअनुसार खेल क्षेत्र निर्माण र स्फूर्ति प्रदान गर्ने खेलमा सामग्री बन्दोबस्त गर्ने, विभिन्न प्रकासका खेल गतिविधिको वातावरण बनाउने र चिनियाँ जनताको शारीरिक तन्दुरुस्तिमा सुधार गर्ने काम गर्दैछ ।
बजार अर्थतन्त्र स्थापनाको क्रममा संस्कृति र खेलकुद उद्योगको विकास गर्दै संस्कृति र खेलकुदको व्यवस्थापनमा सुधार अगाडि बढाइयो । सांस्कृतिक सुधारको तरङ्गमा चीनको प्रकाशन, मनोरञ्जन, चलचित्र र टेलिभिजन उद्योगहरूमा कहिल्यै नभएको सक्रियतामा विकास हुँदैछ ।
सुव्यवस्थित समाजको निर्माण
२१ औँ शताब्दीको सुरुदेखिको तीव्र विकसित चिनियाँ अर्थतन्त्रसँगै जीवनस्तर निरन्तर वृद्धि भयो तर केही सामाजिक बेमेल देखाप¥यो । सहरी र ग्रामीण क्षेत्र र विभिन्न क्षेत्रहरूबीच आर्थिक तथा सामाजिक विकासमा असन्तुलन देखाप¥यो । यसले जनसङ्ख्या, स्रोत र वातावरण तथा अपूर्ण प्रजातान्त्रिक एवम् कानुनी प्रणालीमा असर प¥यो । यद्यपि जनताका आधारभूत चासोका सवाल भएका सामाजिक र सार्वजनिक सेवा क्षेत्रहरू खासगरी शिक्षा, स्वास्थ्य उपचार, रोजगारी, सामाजिक सुरक्षा र अन्य क्षेत्रहरूको विकासमा ठूलो समस्या आयो । योजनाबद्ध अर्थतन्त्रबाट बजार अर्थतन्त्रमा जाने क्रममा त्यही खालको परिवर्तन भोगेका अन्य देशले भन्दा चीनले संरचना र पद्धतिमा जटिल समस्या भोग्यो ।
यस्तो पृष्ठभूमि हुँदाहुँदै चिकपाले सामाजिक निर्माण र व्यवस्थित समाजवादी समाज निर्माणलाई अझ बलियो बनाउने प्रस्ताव अगाडि सा¥यो । ‘सामञ्जस्य’ परम्परागत चिनियाँ संस्कृतिमा एक महत्वपूर्ण विचार हो । यसले सबै चिज उपयुक्त स्थिति र सन्तुलनमा रहनुपर्छ भन्ने अर्थ लगाउँछ । त्यसैले सामाजिक समन्वयले चिनियाँ परम्पराको समुच्च प्रतिबिम्बमात्र दिंदैन बरु राष्ट्रिय समृद्धि र शक्ति, राष्ट्रिय पुनर्जीवन र सुखलाई सुनिश्चित गर्छ ।
सामाजिक निर्माणको समग्र योजना बनाउन सन् २००६ मा चिकपाको १६ औँ महाधिवेशनको छैटौँ पूर्ण बैठकले व्यवस्थित समाजवादी समाज निर्माणबारे थुप्रै महत्वपूर्ण सवालहरूबारे निर्णय ग¥यो । चिकपाको इतिहासमा सामाजिक निर्माणबारे यो नै पहिलो निर्णय थियो । यसले प्रजातन्त्र र विधिको शासन, निस्पक्षता र न्याय, इमानदारी र मित्रता, पूर्ण सक्रिय, स्थिरता र अनुशासन, जनता र प्रकृतिबीच समन्वयको विशेषता भएको व्यवस्थित समाजवादी समाजको व्याख्या गर्छ । यसले व्यवस्थित समाजले सामान्य जनताका चासोहरू र उनीहरूका दैनिक जीवनका विषयहरूमा ध्यान दिन जोड दिन्छ । सन् २००७ मा भएको चिकपाको १७ औँ महाधिवेशनले सामाजिक संस्थागत सुधारका उद्देश्यलाई अगाडि बढाउने एवम् सार्वजनिक सेवाहरूलाई व्यापक बनाउने र सामाजिक व्यवस्थापनलाई प्रश्रय दिने थप निर्णय ग¥यो । अर्को शब्दमा, सामाजिक समानता र न्यायलाई अगाडि बढाउने एवम् शिक्षा, रोजगारी, उपचार र ज्येष्ठ नागरिक हेरचार तथा आवासका अधिकारको व्यवस्था गर्न प्रयास गर्नु हो ।
योजनाबद्ध अर्थतन्त्रको युगमा उद्योग र सार्वजनिक संस्थाहरू पूर्णतः कामदार र कर्मचारीको सामाजिक कल्याणको निम्ति जिम्मेवार थिए । यद्यपि यो सामाजिक सुरक्षा प्रणाली सीमित जनतामा लागू थियो । योजनाबद्ध अर्थतन्त्रबाट बजार अर्थतन्त्रमा सङ्क्रमणको समयमा चीनले सहरी क्षेत्रमा श्रृङ्खलाबद्ध सामाजिक सुरक्षाका उपायहरू स्थापना ग¥यो र यसलाई क्रमशः ग्रामीण क्षेत्रमा विस्तार ग¥यो । सन् १९९० को दशकको मध्यदेखि चीनलाई हरेक वर्ष २ करोड जनतालाई रोजगारीको व्यवस्था गर्नुपर्ने थियो । त्यसमा १ करोड नयाँ रोजगारी पाउने र १ करोडको श्रम स्थानान्तरण गर्नुपर्ने थियो । यो आवश्यकतालाई सम्बोधन गर्न चिनियाँ सरकारले रोजगारीको व्यवस्थालाई प्राथमिकता दिने आर्थिक र सामाजिक विकास एवम् श्रम सम्झौता कानुन र रोजगारी वृद्धि कानुन लागू गर्न प्रश्रय दियो । यसको साथै विश्वविद्यालय उत्तीर्णबीचको बेरोजगारी समस्या, स्थानान्तरित ग्रामीण श्रम शक्ति र काम पाउन सङ्घर्ष गरिरहेका सहरी बासिन्दालाई सम्बोधन ग¥यो र व्यवस्थित श्रम सम्बन्धहरू निर्माणलाई अगाडि बढायो । यसले अनिवार्य निम्नतम ज्यालाको दर निर्धारण ग¥यो ।
हालैका वर्षहरूमा सहरी र ग्रामीण दुवै क्षेत्रहरूमा लागू हुने सामाजिक सुरक्षा प्रणाली स्थापना गर्न महत्वपूर्ण सफलता हासिल गरियो । सहरी र ग्रामीण दुवै क्षेत्रका बासिन्दामा आधारभूत जीवनभत्ता प्रणाली लागू भयो । आधारभूत सहरी र ग्रामीण सामाजिक राहत प्रणाली लागू गरियो । सबै सहरी र ग्रामीण क्षेत्रमा निःशुल्क, अनिवार्य शिक्षा प्राणाली लागू भयो र सम्पूर्ण चीन उच्च शिक्षाको तहमा पुग्यो । चिकित्सा स्वास्थ्य व्यवस्थामार्फत सहरी र ग्रामीण क्षेत्रमा आधारभूत राष्ट्रिय चिकित्सा सुरक्षा प्रणाली स्थापना भयो । ग्रामीण क्षेत्रमा एक नयाँराष्ट्रिय–तहको सहकारी कोष स्थापना भयो । कोषमा किसानहरू र विभिन्न तहका सरकारहरूबाट सड्ढलित रकम जम्मा हुन्छ । कोषले कुनै रोगबाट पीडित किसानहरूलाई उपचारको निम्ति सहयोग गर्दछ । सन् २००९ मा चिकित्सा स्वास्थ्य प्रणालीमा घनिभूत सुधार भएदेखि आधारभूत चिकित्सा बिमा प्रणालीमा आबद्ध सहरी जनताको सङ्ख्या ४३ करोड २० लाख पुग्यो । नयाँ ग्रामीण सहकारी चिकित्सा सेवा, सहरी कामदारको आधारभूत चिकित्सा बिमा र सहरी बासिन्दाको आधारभूत चिकित्सा बिमा नामका तीन आधारभूत सहकारी चिकित्सा सेवामा झण्डै १.३ अरब मानिस आबद्ध भए । प्रतिशतको हिसाबमा यो चीनको जम्मा जनसङ्ख्याको ९५ प्रतिशत हो । क्रमशः सुधारिएको सुरक्षा तहसहित चिनियाँ चिकित्सा सुरक्षा प्रणाली सहरी र ग्रामीण क्षेत्रमा संस्थागतरूपमा विस्तार भएको छ ।
चीनको आर्थिक संरचना र जनताका आकाङ्क्षा, इच्छा, विचार र सोचमा ठूलो परिवर्तनसँगै चिकपा र चिनियाँ सरकारले सामाजिक प्रशासनमा सृजनशीलता लागू ग¥यो र परिणामहरू देखापरे । जनताका प्रजातान्त्रिक अधिकारहरू सुनिश्चित गर्न, आधारभूत सार्वजनिक सेवाहरूलाई सन्तुलित गर्न, सामाजिक सङ्गठनहरूलाई बलियो बनाउन, आकष्मिक व्यवस्थापन प्रणालीमा सुधार गर्न र सार्वजनिक सुव्यवस्था बलियो बनाउन तथा राष्ट्रिय सुरक्षाको बन्दोवस्त गर्न एक आपतकालीन व्यवस्थापनमा सुधार गरियो । सन् २००८ मा सिचुआन प्रान्तको वेन्चुआन भूकम्प र अन्य विध्वंसकारी शृङ्खलाबद्ध प्राकृतिक प्रकोपकसँगै चिनियाँ सरकारको प्रतिक्रियागत उद्धार कार्यको कार्यान्वयनले सफलता पाएको छ । ठूलो मात्राको प्रकोपपछिको पुनः निर्माण पनि तीव्र र सफल छ ।
जनताका आवश्यकता र इच्छाहरूको विविधतामा वृद्धिसँगै चीनका गैरसरकारी संस्थाहरू (गैसस) पनि तीव्ररूपमा फैलिए । स्न २००८ को अन्तसम्ममा चीनमा ४ लाख १४ हजार गैसस र जम्मा १५ सय ९७ प्रतिष्ठान दर्ता भए । चीन व्यावसायिक, परोपकारी र सेवामुखी जनसङ्गठनहरू तथा शिक्षा, स्वास्थ्य, संस्कृति, कल्याण र विज्ञान एवम् प्रविधिको विकास गर्नेमा केन्द्रित भई गैससहरूलाई हुर्काउने, विकास गर्ने, अनुगमन र व्यवस्थापन गर्ने सिद्धान्तमा आधारित छ । संरचनागत सुधारको दौरानमा सरकारले व्यवस्थापन र सेवा कार्यहरू गैससहरूलाई दिनथाल्यो । सामाजिक निर्माण र व्यवस्थापनमा गैससहरू महत्वपूर्ण शक्ति देखिए तथा आर्थिक विकास र सामाजिक प्रगति अगाडि बढाउन तिनीहरूले सकारात्मक भूमिका निर्वाह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *