अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
यहु प्रकाश
त्यसअनुसार, चीनले युगोस्लाभियासँगको कूटनैतिक सम्बन्धलाई निरन्तरता दिई नै रह्यो । त्यसबेला, तङ्ग श्याओ पिङ्गले चीनमा भएका आर्थिक सुधारहरू अन्य समाजवादी मुलुकहरूले हुबहु अपनाउन नहुने र चीनमा समाजवादी व्यवस्थाभित्रका सबैभन्दा राम्रा बन्दोबस्तहरू अन्य मुलुकहरूमा सबैभन्दा खराब हुनसक्छन् र ती मुलुकहरूका सबैभन्दा राम्रा बन्दोबस्तहरू चीनमा सबैभन्दा खराब हुनसक्छन्, चीनले कहिल्यै साम्राज्यवादी नीति अँगाल्दैन, यदि चीनले साम्राज्यवादी नीति अख्तियार गर्छ भने संसारका सबै जनता मिलेर चिनियाँ साम्राज्यवादको विरोध गर्नेछन्, धन कमाउनु वा धनी हुनु गर्वको विषय हो आदि भनेका थिए । यसबाट के थाहा हुन्छ भने अन्तर्राष्ट्रिय परिस्थिति जटिल भएको र यो जटिलता छिटछिटो बदलिरहनाले प्रत्येक समाजवादी मुलुक र पार्टीहरू भिन्नभिन्न अवस्थामा रहनाले कतिपय प्रश्नहरूमा विश्व कम्युनिष्ट आन्दोलनमा देखापरेका मतभेदहरूलाई हटाउन गा¥हो हुनाले मस्को घोषणा र मस्को वक्तव्यमा आधारित भई समानताको सिद्धान्तअनुसार अन्तर पार्टी सल्लाहद्वारा आप्mना मतभेदहरू हटाएर एकमतमा पुग्नुपर्छ भन्ने अवधारणा सही हुँदाहुँदै पनि केही कुराहरूमा एउटै घोषणा र एउटै वक्तव्यको ढाँचाभित्र भिन्नभिन्न अनुभव, मत र सिद्धान्तहरूमा एकमत ल्याउने कुरा अव्यावहारिक भएको छ । सन् २०२० भित्र चीन पहिलो विश्व अर्थतन्त्रमा पुग्ने भनिए तापनि सन् २०१६ अक्टोवरमै संरा अमेरिकालाई उछिनेर चीन अर्थतन्त्रमा विश्वकै पहिलो देश घोषित भएको छ ।
त्यसैगरी, सन् १९४८ मा सोभियत सङ्घले युगोस्लाभियामाथि गरेको सैन्य हमला वा सैनिक कारबाहीलाई समेत चीनले समर्थन गरेको थियो । चीनले सन् १९५५÷५६ मा आएर युगोस्लाभियामाथि हमला गर्नु स्टालिनको गल्ति थियो भनी स्वीकारेको थियो । तर, सन् १९५६÷५७ मा चीनले एकाएक टिटो पक्षको युगोस्लाभियासँग कूटनैतिक सम्बन्ध तोडेको थियो ।
संशोधनवादी ख्रुश्चेभ गुटको नेतृत्वमा सोभियत सङ्घले पूर्वी युरोपलगायत कतिपय अन्य स–साना समाजवादी मुलुकहरू र कम्युनिष्ट पार्टीहरूमाथि प्रभुत्व जमाएको थियो । उसले तिनीहरूलाई आप्mनो स्वार्थ अनुकूल प्रयोग गरेको थियो । कतिपय अवस्थामा पूर्वी युरोपका केही देशहरू सोभियत सङ्घको हैकमी प्रवृत्तिमा बस्न नचाहेको कुरो देखिएको थियो । प्रत्यÔ वा अप्रत्यक्ष रुपमा त्यस्तो अनिच्छाको प्रस्फुटन निकै ढिलो भइसकेको थियो । चाहेर पनि तिनीहरू सोभियत सङ्घको दबाबबाट मुक्त हुनसकेनन् । तिनीहरूले फासीवादविरुद्धको युद्धमा आ–आप्mना देशका जनतामाथि पूर्ण विश्वास गरी तिनीहरूकै ताकतमा भर गरेर युद्ध लड्नुभन्दा सर्वहारा अन्तर्राष्ट्रवादको भावनामा बगेर सोभियत सङ्घको शक्तिमाथि विश्वास र भर गरेर युद्ध लडेका थिए र विजय प्राप्त गरेका थिए । तिनीहरूले आ–आप्mना जनतामाथि सम्पूर्ण रुपमा भर परेर तिनीहरूकै बाहुबलमा आत्मनिर्भरको बाटो लिएर सैन्य तयारी र रणनीति तयार गर्नुपर्ने थियो र आत्मनिर्भरकै भावनामा युद्ध लड्नुपर्ने थियो । त्यसो गरेको भए ठूलो र शक्ति राष्ट्रको खतनपतनमा बस्नुपर्ने अप्ठेरो स्थिति आउने थिएन । त्यसैगरी, तीनओटै क्रान्ति ः
१. प्राविधिक समाजवादी जीवन
२. भौतिक–आर्थिक र उच्च सु–संस्कृत सामाजिक जीवन
३. विचारधारात्मक राजनीतिक जीवनलाई जोड दिंदै तिनीहरू त माक्र्सवाद–लेनिनवादको साथै नयाँ नयाँ परिवर्तित परिस्थितिहरूसँग मेल खाने गरी संशोधनवादका नयाँ नयाँ स्वरुपहरूविरुद्ध नयाँ नयाँ समाजवादी–साम्यवादी सिद्धान्तहरू प्रतिपादन गर्न गम्भीरपूर्वक लाग्नुपर्ने थियो ।
किम इल सङ्गले यसबारे बेलाबेलामा भन्ने गर्नुहुन्थ्यो– आजको नयाँ ऐतिहासिक परिस्थितिमा सोभियत सत्ता विद्युतीकरण साम्यवाद भन्ने लेनिनको प्रस्थापनालाई जन सरकार तीन क्रान्ति
(विचारधारात्मक, आर्थिक प्राविधक र सांस्कृतिक) साम्यवाद भनी अथ्र्याउनुपर्छ । विद्युतीकरणलाई औंल्याउनुको अर्थ साम्यवादको लागि निकै उच्च तहमा विकसित भौतिक र प्राविधिक जगको आवश्यकतालाई लेनिनले जोड दिइरहनुभएको कुरोलाई हामीले राम्ररी बुभ्mछौँ । साम्यवादी समाज निर्माण गर्नलाई हामीले भौतिक किल्लासँगै विचारधारात्मक किल्ला कब्जा गर्नुपर्छ र विचारधारालाई विशेष प्राथमिकता दिनुपर्छ ।
हामीले ठूलठूला देश वा विकसित राष्ट्रहरूबारे कुनै किसिमको भ्रम मनमा पाल्नुहुँदैन । हामी सधैं हाम्रो देशको विशिष्ट वास्तविकतामा आधारित हुनुपर्छ । ठूलठूला राष्ट्र वा विकसित देशहरू सधैं ठीक हुन्छन् भन्ने कुरा होइन, त्यसैगरी तिनीहरूको अनुभव हाम्रो देशमा मेल खान्छ भन्ने पनि छैन । हामीले ठूलठूला देश र विकसित राष्ट्रहरूको भूमिकालाई प्रशंसा गर्नैपर्छ र तिनीहरूसँग मित्रवत् सम्बन्धको विकास गर्नुपर्छ तर हामीले चासुजोङ्गलाई परित्याग गर्नुहुन्न र ती ठूलठूला देश र विकसित राष्ट्रहरूलाई आँखा चिम्लेर पछ्याउनु हुँदैन । (कोरियाली शब्द चासुजोङ्गको अर्थ स्वाधीनता हो– लेखक) चासुजोङ्गको लागि मित्रताको आवश्यकता हुन्छ नै । स्वाधीन अडान राख्न सकेपछि मात्र पवित्र मित्रताको प्रत्याभूति हुनसक्छ ।
सोभियत सङ्घमा ख्रुश्चेभहरूले संशोधनवाद लागू गरे । गोर्वाचोभहरूले खुलेआम पुँजीवादको लागि बाटो खोलिदिए । अनि, १९९० को दशकमा सोभियत सङ्घमा बोरिस एल्सिनहरूको नेतृत्वमा पुँजीवादी प्रजातन्त्र पुनःस्थापना गर्ने आन्दोलनहरूको उभार नै उठ्यो । बस्, पूर्वी युरोपमा पनि समाजवादविरुद्ध पुँजीवाद पुनःस्थापना गर्ने आन्दोलनहरू चर्किए । सोभियत सङ्घको विघटनसँगै पूर्वी युरोप पनि समाप्त भयो । माक्र्सवाद–लेनिनवाद व्यावहारिक रुपमै गलत थियो भन्ने तर्कमा जापानी मूलका संरा अमेरिकी विश्व प्रसिद्ध लेखक फ्रान्सिस फुकियामाले इतिहासको अन्त भन्ने पुस्तक नै लेखे । यद्यपि, उत्तर कोरिया, क्युवा, चीन, भियतनामहरूमा त्यसको ठीक उल्टो समाजवादी व्यवस्था झन्–झन् बलियो हुँदै गयो । त्यहाँ सोभियत सङ्घ र पूर्वी युरोपमा भएको राजनीतिक उथलपुथलको कुनै असर परेन । यो एउटा ठूलो ऐतिहासिक पाठ हो ।
सन् १९६० मा प्रजग कोरियाका उदयीमान समाजवादी नेता किम जोङ्ग इलले सोभियत सङ्घको आधुनिक संशोधनवादसँग सतर्क रहनुपर्ने भनी आप्mना सहयोद्धा र जनतालाई भन्नुभएको थियो ।
खुश्चेभहरूले सोभियत सङ्घमा संशोधनवाद लागू गरेपछि फिडेल क्याष्ट्रोले भन्नुभएको थियो, यस महादेशको कुनै पनि राष्ट्रमा शान्तिपूर्ण तरिकाले सत्ता प्राप्त हुन्छ भनी सपना नदेखे हुन्छ । (फिडेल क्याष्ट्रो ः क्युवा र क्युवाली समाजवाद, पेज ६०)
समाजवादी अल्बानियाका राष्ट्राध्यक्ष अनबर होक्जाले भन्नुभएको थियो, अपवादको रुपमा स्तालिनलाई छाडेर नयाँ नेताहरू आपूmलाई उदारवादी नेता देखाउँदै छन् तथा तानाशाह र तानाशाहीहरूको अन्त्यसँगै सच्चा प्रजातन्त्र आएको बताउँदै छन् । खु्रश्चेभको व्यक्तिपूजा गर्नमा जालीफटाहरू, उदारवादीहरू, स्वार्थी, कुरा लाउनेहरू, अवसरवादीहरू र चाकडी गर्नेहरूको ठूलो हात छ । स्तालिनको प्राधिकार उनका अमर कार्यहरू सोभियत सङ्घभित्र र बाहिर अवमूल्यन हुँदैनन् ।
ठग, हाँसो गर्ने र धम्की दिनेहरूले उनको ठाउँ र अधिकार लिंदैछन् । महान् देशभक्तपूर्ण युद्धपछि सोभियत सङ्घको कम्युनिष्ट पार्टीमा केही नकारात्मक कुराहरू देखाप¥यो । पार्टीको ठूलो सम्मान थियो र आप्mना काममा धेरै सफलता प्राप्त गरेको थियो । तर, यसको साथै यसले क्रान्तिकारी भावना छाड्यो तथा एकनासको औपचारिकता र कर्मचारीतन्त्रबाट ग्रसित भयो । लेनिनवादी सिद्धान्त, लेनिन र स्तालिनका पाठहरूलाई राजनीतिक पार्टीका कर्मचारीहरूले बासी नारा र भनाइमा परिणत गरे । (श्रमिक साप्ताहिक, २०६६ असोज २०
(२००९ अक्टोम्बर ६, पेज ५)
– समाप्त
Leave a Reply