अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
राजन फाजू
यसरी कुनै पनि वस्तुको उत्पादनको जरासम्म पुगियो भने देख्न सकिन्छ उत्पादनको हरेक चरणमा श्रम अवधि चाहिन्छ । जब त्यही श्रम अवधिको मूल्य जोडिन्छ वस्तुको मूल्य निर्धारण हुन्छ । यदि श्रम नचाहिने हो भने प्रकृतिले दिएको वस्तु उपहारको रूपमा निःशुल्क पाइन्छ । पुनः दोहो¥याऊँ, हामी सास फेर्छौँ, अक्सिजन तान्छौं तर त्यसको कुनै मूल्य तिर्नुपर्दैन, किनकि त्यसको लागि कुनै श्रमको आवश्यकता पर्दैैन । त्यसैले यो ठोकुवा गर्नसक्छौं, हरेक वस्तुको मूल्यको निर्धारण हुने एकमात्र कारक तत्व भनेको श्रम हो । त्यसैले बेलायती अर्थशास्त्री तथा वैज्ञानिक विलियम पेटीको शब्दमा कार्ल माक्र्सले वस्तु उत्पादन गर्न चाहिने श्रमलाई उत्पादनको बाबु र कच्चा पदार्थ प्रकृतिले दिने भएर त्यसलाई आमाको संज्ञा दिनुभएको छ ।
माक्र्सको सिद्धान्तमा उत्पादन भनेको मूल्यको सिर्जना हो । आर्थिक विकासको अर्थ धेरैभन्दा धेरै मूल्यको सिर्जना गर्नु हो, जुन श्रमिकले गर्छन् ।
माक्र्सले पुँजीवादी उत्पादनको तीनवटा प्रमुख तथ्य पहिचान गरेका छन् ।
१. उत्पादनका साधन केही व्यक्तिमा केन्द्रित हुन्छ जसले गर्दा श्रमिकको सम्पत्तिको रूपमा हडप्छ र सामाजिक उत्पादन क्षमताका रूपमा रूपान्तरण हुन्छ ।
२. श्रम विभाजन, प्राकृतिक विज्ञानसँगै श्रमिकको एकता र सहयोगको माध्यमबाट श्रमिक सङ्गठन सामाजिक श्रमिक हुन्छ ।
३. ‘विश्व बजारको सिर्जना’ यो भनेको अहिले हामीले भन्ने गरेको विश्व व्यापीकरण हो । जसले पहिलेका उत्पादनका मोडलाई परिवर्तन गरिदिएको छ ।
माक्र्सका अनुसार मेशिनले श्रमिकको काम गर्ने समयलाई घटाउने छ । मशिन प्रयोगको उद्देश्य श्रमिकमाथि हुने खर्चलाई न्यून गर्नु हो । मशिन अथवा प्रविधिको विकास हुँदै जाँदा नाफाको दर बढ्दै जान्छ । नाफा भनेको श्रमिकलाई भुक्तानी गर्नुपर्ने रकमबाट कट्टी गरेर आउने हो । मशिनको प्रयोगबाट श्रमिकको बढेको उत्पादकत्वको प्राप्ति आरम्भको लगानीबाट भएको हो, जसबाट वस्तुमा नयाँ मूल्य थपिँदैन । प्रविधिको विकास हँुदै जाँदा श्रमिकमाथि हुने शोषणको अनुपात पनि बढ्दै जान्छ । जुन कुरा अहिलेको पँुजीवादी समाजमा बढिरहेको आर्थिक असमानताबाट पुष्टि हुन्छ । अहिलेको संसारको पहिलो धनाढ्यको सम्पत्ति १ खर्ब डलर नाघिसकेको छ भने यही गतिमा प्रविधिको विकास हुँदै जाँदा अबको २० वर्षमा पहिलो धनाढ्य १० खर्बपति हुने आँकलन गरिएको छ । कार्ल माक्र्सले “काम यस्तो हुनुपर्छ जसले हामीलाई मानव बनाउँछ । यसले हामीलाई जीवित बनाउँछ, सिर्जनशील बनाउँछ तर पुँजीवादअन्तर्गत श्रमिक एकआपसबाट अलग्ग हुन्छन् र तिनीहरूको श्रमबाट उत्पादन भएको वस्तुबाट अलग्गिन्छन् ।” यस विषयलाई पुँजीको १८ औँ भागमा एलिनेशन शीर्षकअन्तर्गत व्याख्या गरिएको छ । एलिनेशनको शाब्दिक अर्थ हो ‘टाढा हुनु वा विमुखता ।’ कार्ल माक्र्स विश्वास गर्थे, पुँजीवादी व्यवस्थामा व्यक्तिगत रूपमा मानिस समाजबाट विमुख हुँदै जाने कारणबाट नै समाजमा विद्रोह अवश्यम्भावी हुन्छ । पुँजीवादी व्यवस्थामा व्यक्तिवाद यति धेरै हावी हुन्छ सबै व्यक्ति भिडमै रहेर पनि एक्लो महसुस गर्छन् । माक्र्सले एलिनेशन (विमुखता) लाई ४ प्रकारमा विभाजन गरेका छन् ।
१. उत्पादन प्रक्रियाबाट विमुखता माक्र्सका अनुसार मानिस सिर्जनशील हुन्छ । जब उसले कुनै वस्तुको सिर्जना गर्छ, उसलाई सन्तुष्टि हुन्छ र आÇनो पहिचान हुन्छ । जस्तै, कुनै व्यक्तिले जुत्ता बनाउँछ र त्यो जुत्ता कसैले लगाउँदा उसमा एक प्रकारको आनन्द आउँछ र लाग्छ “यो जुत्ता मैले बनाएको हुँ ।” त्यसलाई माक्र्स श्रमिकको अब्जेक्टीफिकेसन भन्छन् । तर, औद्योगिक समाजमा मशिनले वस्तु उत्पादन गरेको हुन्छ । जहाँ ऊ काम गरिरहेको हुन्छ तर सिर्जना गरिरहेको हुँदैन । यसलाई माक्र्स श्रमिकको डिअब्जेटीफिकेसन भन्छन् । त्यसैले श्रमिकमा आफ्नो कामप्रति लगाव हुँदैन र उत्पादन प्रक्रियाबाट विमुख हुन्छ ।
२. वस्तुबाट विमुखता आधुनिक समाजभन्दा पहिलेको अवस्थामा उपभोगको लागि मात्र उत्पादन हुन्थ्यो । त्यसैले उत्पादनकर्ताको वस्तुमाथि नियन्त्रण हुन्छ । आफैले वस्तु उत्पादन गरेको हुनाले त्यस वस्तुमाथि उत्पादककर्ताको लगाव हुन्छ । तर, औद्योगिक समाजमा वस्तुको उत्पादन बजारको निम्ति हुन्छ । वस्तुमाथि श्रमिकको कुनै नियन्त्रण हुँदैन । वस्तु तिनीहरूको पनि हुँदैन । यसकारणले वस्तुबाट उत्पादनकर्ता विमुख हुन्छ ।
३. सहकर्मीबाट विमुखता औद्योगीकरणभन्दा अगाडिको समाजमा सामूहिक प्रयासबाट उत्पादन हुन्छ । उत्पादनमा सबैको साझा हक हुन्छ । त्यसैले सहकर्मीहरूबीच एक प्रकारको आत्मीयता हुन्छ । तर, औद्योगिक समाजमा श्रम विभाजन हुन्छ । केही श्रमिकको मात्र वृत्ति विकास हुने, प्रोत्साहन भत्ता पाउने भएर तिनीहरूबीच प्रतिस्पर्धाको भावना हुन्छ । एकले अर्कोमाथि षड्यन्त्र गर्छ । यसरी श्रमिक आफ्नै सहकर्मीबाट समेत विमुख हुँदैजान्छ ।
४. आफैबाट विमुख श्रमिकको जीवनमा कुनै आनन्द आउँदैन किनकि आफ्नो काममा सन्तुष्ट नहुने, श्रममाथि शोषण हुने र आफ्नै सहकर्मीबाट विमुख हुने हुँदा अन्ततः श्रमिक आफैबाट विमुख हुँदै जान्छ । माक्र्सका अनुसार विमुख हुनुपर्ने कारण धेरथोर सबै ठाउँमा हुन्छ, तर औद्योगिक समाजमा बढी नै हुन हुन्छ किनकि आर्थिक प्रकृति नै त्यस्तो छ जहाँ सबै नाफा र मेशिनजस्ता शक्तिशाली तत्वबाट व्यक्तिको हरेक गतिविधि निर्धारण हुन्छ । व्यक्तिवाद, द्वन्द्व, प्रतिस्पर्धा आदि यस प्रणालीका कारक तत्व बन्छन् । समाजमा डार्विनको सिद्धान्तले निरन्तर काम गरिरहेको हुन्छ । यस्तो अवस्था औद्योगिक पुँजीवादी अर्थतन्त्रमा हुने भएकोले विमुख हुने समस्याको समाधान गर्न पुँजीवादी व्यवस्थालाई ध्वस्त बनाउनु पर्छ, जसको लागि श्रमिकहरू तयार हुन्छन् ।
स्रोत ः द एकेडेमी
समाप्त
Leave a Reply