नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
मनोज चौरसिया
भारतमा आगामी मे महिनामा हुने निर्वाचन प्रधानमन्त्री नरेन्द्र मोदीको लागि त्यत्ति सहज हुनेछैन । निर्वाचन हुन अब ६० दिनमात्र बाँकी छ । अत्तालिएको मोदीसम्बद्ध भारतीय जनता पार्टी (भाजपा) ले आफ्नो चुनावी सफलता सुनिश्चित गर्न सम्भव सबै मुद्दाहरू उठाउँदै हिंडिरहेको छ ।
त्यही क्रममा भाजपाले काङ्ग्रेस आईका अध्यक्ष राहुल गान्धीले आफ्नो धार्मिक भ्रमणका क्रममा कैलाश मानसरोवरमा केही चिनियाँ मन्त्री र सरकारी अधिकारीहरूसँग भेटेको मुद्दालाई आफ्नो चुनावी मुद्दा बनाइरहेको छ । भारतको पूर्वी प्रान्त उडिसामा आयोजित एक सभामा राहुलले केही चिनियाँ नेताहरूसँग आफ्नो भेट भएको स्वीकार्दै युवा रोजगारी सिर्जना गर्नमा भारतले चीनबाट सिक्नुपर्ने बोलेका थिए । उनले बेरोजगारीविरुद्धको लडाईंमा चीन उदाहरण भएको बताएका थिए । तर सत्तासीन दल भाजपाले राहुलको सो भनाइलाई अर्कैतिर मोडेको छ ।
भारतको एउटा आर्थिक मामिलासम्बन्धी लेख्ने दैनिक अखबारका अनुसार सरकारकै सर्वेक्षणले भारतको बेरोजगारी दर सन् २०१७–१८ मा ६.१ प्रतिशतले बढेको देखाएको छ । बेरोजगारी दरमा आएको यो वृद्धि बितेका ४५ वर्षमा सबभन्दा उँचो हो । सोही समाचारलाई आधार मानेर राहुल गान्धीले तुरुन्तै ट्वीटरमार्फत भाजपाको आलोचना गरे । उनले यो अवस्थालाई ‘राष्ट्रिय सड्ढट’ बताए । तर सत्तासीन पार्टीले सो आँकडा ‘झुठो’ भएको स्पष्टिकरण दियो ।
भाजपाले राहुल गान्धीलाई ‘चिनियाँ पात्र’ को रुपमा चित्रण गर्न खोजेको छ । भाजपाका प्रवक्ता सम्बित पात्रलाई उद्र्धत गर्दै ‘द टाइम्स अफ इण्डिया’ले लेखेको छ,“राहुल चीनबारे बकबक गरिरहन्छ ।”
राहुल कैलाश मानसरोवर यात्रामा निस्कनु अघि भारतका लागि चिनियाँ राजदूतले उनलाई औपचारिक रुपमा बिदाइ कार्यक्रम गर्न गरेको ‘अनुरोध’ लाई लिएर पनि भाजपाले प्रश्न उठाएको छ । “राहुल गान्धी कैलाश मानसरोवर यात्रामा जानुअघि चीनका राजदूतले भारतको परराष्ट्र मन्त्रालयलाई एउटा पत्र पठाएको थियो । सो पत्रमा राजदूतले गान्धीलाई बिदाई कार्यक्रम गर्न चाहेको लेखेका थिए । राज्य प्रमुख, सरकार प्रमुख वा विपक्षी दलका नेतालाई मात्र यस्तो खालको बिदाई गर्न सकिने प्रावधान छ । राहुल गान्धीलाई पनि किन यस्तो सम्मान व्यक्त गर्न खोजियो भन्ने कुरा अहिले बल्ल प्रष्ट भएको छ । यात्रा त बहानाबाजी मात्र रहेछ । त्यहाँ त उनी चिनियाँ मन्त्रीलाई भेटेर कुन्नि के विषयमा कुराकानी गर्न पो गएका रहेछन् । खास कुरा त बल्ल पो खुलेको छ । काङ्ग्रेसले यो विषयमा प्रस्ट पार्न जरुरी छ ।”, पत्रले ‘द हिन्दुस्तान टाइम्स’लाई भनेका छन् । भाजपा यसबारे बोल्न यतिमै रोकिएको छैन । दोक्लामको मुद्दा चलिरहेको बेलामा राहुलले भारतमा चीनका प्रतिनिधिलाई भेटेको विषय पनि भाजपाले उछालेको छ ।
भारतीय जनता यतिबेला भाजपाप्रति सकारात्मक छैनन् । चुनाव अघिको यस्तो अवस्थामा जनमत आफ्नो पक्षमा तान्न भाजपा जुनसुकै विषय पनि उठाउन आतुर देखिएको छ । भाजपा आफ्नो विपक्षीमा उभिएको मत उन्मूलन गर्न चाहन्छ । अन्य प्राथमिक विषयवस्तुबाट जनताको ध्यान अन्यत्र मोड्न भाजपा भरमार प्रयासमा लागेको छ । प्रमुख विपक्षी दलले भाजपाले एक वर्षमा २ करोड रोजगारी सिर्जना गर्न दिएको वचनवद्धताबाट चुकेको आरोप लगाउँदै आएको छ । भ्रष्टाचार नियन्त्रणबारे मोदीका भनाइ खण्डन गर्दै विपक्षी दलहरूले राफेल लडाकू विमान खरिदमा भएको भ्रष्टाचारका मुद्दा उठाउँदै आएका छन् । अहिले सत्तासीन पार्टीसँग आफ्नो रक्षाको लागि अरु कुनै मुद्दा बाँकी नभए पछि चिनियाँ कार्ड खेल्न थालेका छन् ।
तर विज्ञहरूले यस्ता मुद्दाले चुनावमा खास केही असर नगर्ने बताएका छन् । “भाजपाको लागि चाइना कार्डले निकै थोरैमात्र सहायता पु¥याउनेछ अथवा त्यसले कामै गर्ने छैन ।” चीनको मामिलामा जानकारी राख्ने दिल्लीका पत्रकार अजय झाले बताए । झाका अनुसार चुनावमा कुनै विदेशी विषयभन्दा घरेलु विषय नै हावी हुनेछ । “भारतको आन्तरिक शान्ति र सुरक्षाको लागि चीन खतरा होइन । चीनसँग सिमाना विवाद अझै कायम रहे पनि भारतीय जनता चीनलाई खतरा मान्दैनन् ।”, झाले भने । दोक्लाम मामिला सम्हाल्न चीन र भारत दुवैले गरेको निर्णयले दुवै देशको परिपक्वता झल्काएको छ ।
भारत र पाकिस्तानबीच धेरैपटक लडाईं भइसकेको र सिमानामा हुने आतड्ढवादी क्रियाकलापलाई समर्थन गरेको भन्दै पाकिस्तानमाथि दोषारोपण लगाइने गरेको सन्दर्भमा भारतका चुनावमा पाकिस्तानी हस्तक्षेपको विषय सधैं उठ्ने गरेको छ । सन् २०१४ मा भएको पछिल्लो चुनावमा पनि पाकिस्तानको विषय हावी भएको थियो । एक महिना लामो चुनावी अभियानका क्रममा भाजपाका उच्चपदस्थ नेता गिरिराज सिंहले मोदीको विपक्षमा लाग्नेहरू पाकिस्तानमा जानुपर्ने भनी भाषण गर्दै हिँडेका थिए । यस्ता भाषणकै कारण हिन्दुहरूको मत भाजपाको पक्षमा खसेको थियो । भाजपाले झारखण्ड र बिहारमा क्लिन स्वीप विजय हासिल गरेको थियो । सिंह हाल भारतको केन्द्रीय सरकारका मन्त्री छन् ।
तर, भाजपा किन अहिले चाइना कार्ड प्रयोग गरिरहेको छ ? समाचारहरूअनुसार भाजपाले आगामी चुनावमा राम्रो नतिजा ल्याउने देखिएको छैन । मोदीले चुनावी अभियानका क्रममा ‘ठूलो र साहासिक निर्णय’ गर्न स्थायी सरकार आवश्यक भएको भन्दै भाषण गर्ने क्रममा धेरै पटक आगामी चुनाव आफ्नो लागि त्यत्ति सुखद् नहुने सड्ढेत दिइसकेका छन् । विभिन्न संस्थाले गरेका मतसर्वेक्षणले पनि त्यस्तै नतिजा देखाएको छ ।
महिना दिनअघि भारतका महत्वपूर्ण मानिएका तीन प्रान्तमा भएको निर्वाचनमा भाजपाको लज्जास्पद हारका कारण पनि सत्तासीन दलको आत्मविश्वास गुम्दै गएको देखिएको छ ।
भारतका माथिल्लो जातमा मानिसबीच मोदी सरकारप्रतिको आक्रोशले पनि भाजपाको भविष्य अन्योलमा फसेको भाजपाको विश्लेषण थियो । त्यसैकारण भाजपा सरकारले हतार हतारमा माथिल्लो जातका कम धनी दस प्रतिशत जनतालाई पनि आरक्षणको बन्दोबस्त गर्ने निर्णय ग¥यो ।
माथिल्लो जातको पक्षमा मोदी सरकारले गरेको यो निर्णयले चुनावी पासा पल्टिने भाजपाले आशा गरेको छ । तर, आफ्नो सरकार बने ग्रामीण क्षेत्रका सबै गाउँले जनतालाई ‘न्यूनतम आय सुनिश्चित’ गर्ने काङ्ग्रेसको नयाँ आश्वासनले भाजपालाई अझ पछि पारेको छ । यो अवस्थामा भाजपा नेताहरूको होसहवास उडेको छ ।
(लेखक पटनाका वरिष्ठ पत्रकार हुन् । उनी गार्जियन, द टाइम्स, रोयटर्सलगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा लेख लेख्ने गर्छन् ।)
स्रोतः द ग्लोबल टाइम्स
नेपाली अनुवादः सुशिला
Leave a Reply