नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
चौतारा, १४ फागुन : विसं २०७२ को भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोकका ७० प्रतिशत भूकम्प पीडित नवनिर्मित आवासगृहमा सरेका छन् । भूकम्प गएको ५ वर्ष पुग्न लागेपछि कूल लाभग्राही ८७ हजार ८२८ मध्ये ६० हजारले नयाँ आवासगृह निर्माण सम्पन्न गरी नयाँ बसोबास गरेका छन् । जिल्लामा कूल लाभग्राहीमध्ये ८५ हजार ३८ जनाले सम्झौता गरी पहिलो किस्ताबापत रु ५० हजार लगिसकेका छन् ।
त्यसैगरी ७२ हजार ४२८ ले दोस्रो किस्ता र ६० हजारले अन्तिम किस्ता लगिसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान व्यवस्था तथा स्थानीय पूर्वधार कार्यालयले जनाएको छ । कूल लाभग्राहीबाहेक १० हजार ४३ जनाको टुङ्गो लाग्न बाँकी भएकाले उनीहरुका लागि प्राविधिक खटाएर पुनः सर्भेक्षण गर्नुपर्ने उक्त कार्यालयले जनाको छ । भूकम्पले क्षति पु¥याएका प्राचीन गुम्बाको पुनर्निर्माणको काम भने अझै शुरु हुन सकेको छैन । हेलम्बु गाउँपालिकामा मात्र दुई दर्जन गुम्बाको पुनर्निर्माण गर्नुपर्ने छ । त्यसमध्ये करीब एक हजार १०० वर्ष पुरानो गुम्बासमेत रहेको गाउँपालिकाले जनाएको छ । (रासस)
Leave a Reply