भर्खरै :

दैलेखमा कार्यकर्ता प्रशिक्षण

दैलेख, २४ फागुन । नेपाल मजदुर किसान पार्टी दैलेखको आयोजनामा फागुन २३ र २४ गते कार्यकर्ताहरूबीच छलफल तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् दैलेख जिल्लाका अध्यक्ष जग्यबहादुर शाहीले कार्यकर्ताहरू माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ्ग विचारधाराअनुसार अनुशासित ढङ्गले अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले व्यक्तिगत स्वार्थलाई त्यागेर समाज परिवर्तनको लागि निरन्तर अघि बढ्न कार्यकर्ताहरूलाई निर्देशन गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले विश्वका विभिन्न क्रान्तिकारी महिलाहरूको उदाहरण दिँदै महिलाहरू राजनीतिक रुपले सचेत हुनुपर्ने बताउनुभयो । उहाँले महिलाहरूको वास्तविक मुक्ति वर्गसङ्घर्षद्वारा स्थापित समाजवादी व्यवस्थामा मात्र हुने भएकोले समाजवादी आन्दोलनलाई अगाडि बढाउन क्रियाशील रहनु जरुरी रहेको बताउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य सृजना सैंजूले संसद भवन भ्रष्टाचारी र ठेकेदारहरुको अखडाजस्तै भएकोले त्यहाँ वास्तविक कामदार महिलाहरूको अधिकारको कुरा कम उठ्ने गर्दछ, महिलाहरू आर्थिक, शैक्षिक र राजनीतिक रुपले सक्षम नभएसम्म समाज अगाडि बढ्दैन, संसदमा नेमकिपाले शिक्षा, स्वास्थ्य निःशुल्क र आर्थिक समानताको कुरालाई उठाउँदै आएको बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी युवा सङ्घ भ.जि.स. का अध्यक्ष मिनबहादुर बाटा, नेमकिपा दैलेखका निरकबहादृुर शाही, जगत ओली र नेमकिपा गुराँस गाउँ समितिका अध्यक्ष उदयजङ्ग शाहीले पनि बोल्नुभएको थियो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *