भर्खरै :

भाज्या पोखरीले पर्यटकलाई समेत आकर्षित गर्नेछ

रजनी जोशी, उपप्रमुख, भक्तपुर नगरपालिका
प्रकृति र पर्यावरणसँग सन्तुलन राखी हाम्रो समाजको निर्माण भएकोमा दुईमत छैन । नगर निर्माणको क्रममा समाजको आधारभूत आवश्यकतालाई त्यस स्थानको भू–बनोट–हावापानीलाई मध्यनजर गरी निर्माण गरिएको इतिहासले देखाएको हामी सबैले महसुस गरेका छौँ । यसलाई निरन्तरता दिन समाजद्वारा संस्कृतिसमेत स्थापित गरेको र हामी सबै यसमा सरिक भइरहेका छौँ ।
अतः मानव जातिको आधारभूत आवश्यकतामध्ये पानी एक निर्विकल्प तत्व हो र पानी विना जीवन असम्भव भएको हामी सबैले बुझेका छौँ । अतः मध्यकालीन शासकहरूले समाजको निम्ति पानीको प्रबन्ध मिलाएका यी र यस्ता पोखरी÷ढुङ्गेधारा÷कुवा आदिबाट प्रमाणित हुन्छ । यसमध्ये भक्तपुरलाई विभिन्न पर्यायहरूमध्ये पोखरीहरूको सहर पनि भन्ने गरिन्छ किनकि यहाँ हाल ३४ वटा पोखरीलगायत÷ढुङ्गेधारा÷इनार÷कुवा रहेका छन् । यी सबै पानीका स्रोतहरू जनताको आवश्यकता परिपूर्ति गर्न बनेका संरचनाहरू हुन् । यी र यस्ता संरचनाहरू जोगाईराख्नु हाम्रो कर्तव्य हो भन्ने भनपा ठान्दछ । यी र यस्ता पोखरीहरूको प्राविधिक पक्ष नियाल्दा विशेष महत्व रहेको पाउँछौँ । स्थान विशेषको भू–बनोट र त्यहाँको Micro Climate (गर्मी, सुख्खा मौसममा शीतल वाष्पीय) बनाउनको लागि, मनोरञ्जन, धार्मिक महत्व (सिद्धपोखरी÷कमलपोखरी) आदिको लागि, Aqua culture को लागि (माछा÷हाँस)÷आगजनी भएमा पानीको प्रयोगको लागि, सहरमा रहेका चराचुरुङ्गी, स–साना जनावर र वस्तुभाउको लागि (Ecological balance) उपयोग भइरहेको पाउँछौँ । मानिसहरूको पिउनबाहेक वर्षात्को पानी सङ्कलन भई इनार, कुवा, ढुङ्गेधारामा र सहायक पोखरीहरूमा पठाउनको लागि जस्तै सिद्धपोखरीबाट पूर्वतिर (हाल भक्तपुर अस्पतालको आकस्मिक भवन) मा रहेकोे हाम्रो यो मौलिक ९त्चबमष्तष्यलब (Traditional Water Supply and Reservoir Engineering) परम्परात पानी वितरण र सङ्कलन प्रणाली यहाँ रहेका पोखरीहरूको पुनः निर्माण गरी जीवन्तता दिन अघि बढिरहेका छौँ । पोखरी संरक्षण गर्ने पुनः निर्माणको थालनी वडा नं. १ स्थित भाजु पोखरीबाट गरिरहेका छौँ ।
पोखरीको मौलिक प्रविधिमा पुनः निर्माण भइसकेको र यस पोखरीको केन्द्रमा अवस्थित मन्दिर, प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठको टोलीले गरेको अध्ययनको आधारमा पुनः निर्माण गर्न गइरहेका छौँ । आजको यस कार्यक्रमबाट आएका सुझावहरूसहित भनपाले ग्रहणपश्चात् निर्माणको सुरुवात गर्नेछौँ । हामीलाई पूर्ण विश्वास छ कि यो पोखरी र मन्दिर परिसर पुनः निर्माणपश्चात् भक्तपुरको पर्यावरणमा केही हदसम्म सुधार आई हाम्रो संस्कृतिको जीवन्ततासँगै यस स्थान सुन्दर, रमणीय बन्नेछ र हाम्रा नगरवासीलगायत देश विदेशबाट आउनुहुने पर्यटकहरूले यहाँको सुन्दरताको भरपूर आनन्द लिनेछन् र काठमाडाँैको रानीपोखरीले यहाँको अनुकरण गरेजस्तै अन्य स्थानहरूले पनि गर्नेछन् भन्ने विश्वास लिएका छौँ ।
(भक्तपुर नगरपालिकाको आयोजनामा सोमबार आयोजित ऐतिहासिक भाज्या पोखरी जीर्णोद्धारको प्रारम्भिक प्रतिवेदनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा व्यक्त मन्तव्य)

Leave a Reply

Your email address will not be published. Required fields are marked *