भर्खरै :

भेनेजुयला र बोलिभारियाली क्रान्तिको पक्षमा विश्वभर प्रदर्शन

काठमाडौँ, ३ चैत । अर्जेन्टिनादेखि दक्षिण अफ्रिकासम्म, मलेसियादेखि पेरुसम्म, न्युजिल्याण्डदेखि क्यानाडासम्म र संरा अमेरिकामा पनि बोलिभारियाली क्रान्तिका समर्थकहरूले गएको शनिबार विभिन्न गतिविधि गरी भेनेजुयलाप्रति ऐक्यबद्धता दिवस मनाएका छन् ।
दक्षिण अफ्रिकी धातु मजदुर राष्ट्रिय सङ्घले जोहन्सवर्गस्थित संरा अमेरिकी महावाणिज्य दूतावासमा भेनेजुयलामाथिको हस्तक्षेप बन्द गर्न माग गर्दै विरोध प्रदर्शन गरे । प्रदर्शनमा सहभागी मजदुरहरूले ‘भेनेजुयलाबाट हात झिक’, ‘भेनेजुयलामाथि हस्तक्षेप बन्द गर’ आदि लेखिएका प्लेकार्ड बोकेका थिए ।
क्यानाडाको भ्यानकोभरमा युद्ध र हस्तक्षेपविरुद्ध जनपरिचालन नामको सङ्गठनको आयोजनामा दक्षिण अमेरिकी देशमा शान्तिको लागि प्रदर्शन गरे ।
संरा अमेरिकामा वाशिङ्टन डीसीस्थित राष्ट्रपति कार्यालय ह्वाइट हाउसअघि भेला भएका युद्धविरोधीहरूले भेनेजुयला र बोलिभारियाली सरकारविरुद्ध डोनाल्ड ट्रम्प सरकारको हस्तक्षेपकारी प्रयासको भत्र्सना गरेका थिए । जनताको दबु नामको सङ्गठनले सो प्रदर्शनको आयोजना गरेको थियो ।
अफ्रिकी देश इक्वेडर गिनीको राजधानी मालाबोमा पनि भेनेजुयलाको पक्षमा प्रदर्शन भएको थियो । न्युजिल्याण्डमा पनि संरा अमेरिकी हस्तक्षेपको विरोधमा सर्वसाधारणले प्रदर्शन गरेका थिए ।
अर्जेन्टिनाको ऐतिहासिक सहर व्युनर्स आयर्समा पनि जुलुस भएको थियो । मेक्सिकोमा भेनेजुयलाप्रति ऐक्यबद्धता सङ्गठनको आयोजनामा संरा अमेरिकी दूतावासअघि विशाल प्रदर्शन भएको थियो ।
संरा अमेरिकाको वर्तमान सरकारले माडुरो सत्तामा आएदेखि नै भेनेजुयाली सरकार र व्यक्तिमाथि नाकाबन्दी थोपरेर नरम नाकाबन्दीहरू थोपरेको थियो । भेनेजुयलाको विपक्षी दलका नेता तथा राष्ट्रिय सभा अध्यक्ष हुवाँ गुइएडोले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गर्दा संरा अमेरिकाले उनलाई नै समर्थन ग¥यो । गएको सातामात्र संरा अमेरिकी विद्युतीय हमलाका कारण भेनेजुयलाभरि बिजुली आपूर्ति बन्द भएको थियो ।
ट्रम्प सरकारले भेनेजुयलासँगका विभिन्न व्यापारमाथि रोक लगाउनुका साथै भेनेजुयलासँग व्यापार गरिरहेका कुनै पनि देशमाथि नाकाबन्दी थोपर्दै आएको छ ।
एन्सर कोइलेसन र अन्य युद्धविरोधी अभियानले तेलमा धनी इराक र लिवियाजस्ता धनी देशलाई जस्तै भेनेजुयलामाथि हमला गर्न गरेर त्यहाँको प्राकृतिक स्रोत आफ्नो नियन्त्रणमा ल्याउने चालबाजी संरा अमेरिकाले गरिरहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *