भर्खरै :

महिला क्रिकेटको उपाधि सुदूरपश्चिमलाई

धनगढी, ३ चैत (रासस) : प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेशस्तरीय खेलकूद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेटको उपाधि आज सुदूरपश्चिम प्रदेशले जितेको छ । यहाँ सम्पन्न फाइनलमा सुदूरपश्चिम प्रदेशको महिला क्रिकेट टोलीले प्रदेश नं १ को महिला क्रिकेट टोलीलाई आठ विकेटले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नं १ ले दिएको ११६ रनको विजय लक्ष्य आयोजक सुदूरपश्चिम प्रदेशले १७ ओभरमा ११८ रन बनाइ पूरा ग¥यो । सुदूरपश्चिमको जीतमा कविता कुँवरले नटआउट ३९, रेवती धामीले ३० र विन्दु रावलले अविजित २३ रन बनाउनुभयो । शुरुआती ब्याटिङमा रुबी पोद्दारले १२ रनको योगदान दिनुभयो ।
यसअघि प्रदेश नं १ ले निर्धारित २० ओभरमा दुई विकेटको नोक्सानमा ११६ रन बनाएको थियो । रोमा थापाले अविजित ४१ रन बनाए पनि जीतका लागि पर्याप्त हुन सकेन । काजोल श्रेष्ठले २०, रुविना क्षेत्रीले १४, अप्सरा बेगमले नटआउट १७ रनको योगदान दिनुभएको थियो ।
बलिङ गर्दै सुदूरपश्चिमलाई जानकी भट्ट र ईश्वरी विष्टले एक÷एक विकेटको सफलता दिलाउनुभएको थियो । मुख्यमन्त्री कप अन्तर प्रदेशस्तरीय खेलकूद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेटमा प्रदेश नं ३ लाई २२ रनले पराजित गरी प्रदेश नं ५ तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।
प्रतियोगितामा सुदूरपश्चिम प्रदेशकी कविता कुँवर ‘प्लेयर अफ दी सिरिज’ र ईश्वरी विष्ट उदीयमान खेलाडीको उपाधि प्राप्त गर्न सफल हुनुभयो । ‘बेस्ट बलर’को उपाधि प्रदेश नं ५ का कृतिका मडासैनी र ब्याटिङमा प्रदेश नं १ का रोमा थापा सर्वोत्कृष्ट भइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *