‘विदेशी पुँजीले नेपालीको पुँजीलाई खाने खतरा छ’
- पुष १६, २०८२
भक्तपुर, ५ चैत । सेन्ट्रल फाइनान्स लि.को २२ औँ वार्षिक साधारणसभा मङ्गलबार सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट शेयरधनीहरूलाई ७ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ ।
ललितपुरको कुपण्डोलमा केन्द्रीय कार्यालय रहेको सेन्ट्रल फाइनान्सको काठमाडौंको चावहिल, चितवनको नारायणगढ, रुपेन्देहीको बुटवल, भक्तपुरको च्याह्मासिंह, महोत्तरीको बर्दिबास, नवलपरासीको बर्दघाट र बाराको सिमरासमेत हाल शाखा सङ्ख्या ८ सञ्चालनमा रहेको छ । सिन्धुलीको भिमानमा आगामी साताबाट थप एक शाखा सञ्चालनमा ल्याउने र भविष्यमा थप शाखा खोली शाखा सञ्जाल र कार्यक्षेत्र थप विस्तार गरिने प्रमुख कार्यकारी अधिकृत रजोजमान श्रेष्ठले बताउनुभयो ।
सभामा उहाँले यस वित्तीय संस्थाको चुक्ता पुँजी रु.८२ करोड ३५ लाख, निक्षेप रु.३ अर्ब १३ करोड ४९ लाख र कर्जा लगानी रु. २ अर्ब ९८ करोड ३४ लाख रहेको बताउनुभयो ।
उहाँले ललितपुरको कुपण्डोलस्थित संस्थाको कर्पाेरेट भवन निर्माण कार्य भइरहेको र २०७६ असार मसान्तसम्म निर्माण सम्पन्न गरी केन्द्रीय कार्यालय सारिने तथा प्रविधिको उच्चतम प्रयोग गरी थप आधुनिक सेवा प्रदान गर्दै लैजाने जानकारी दिनुभयो ।
Leave a Reply