शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
चिन्मय
चौपारीको बीचमा एउटा बडेमानको रूख छ । माथिबाट सुक्दै गइरहेको रूख । त्यहीँरूखको अवस्थामा पुगेका बुढापाकाहरू रूखको फेदमा घाम तापेर बसिरहेका छन् । कोही मुख बाइरहेका छन् । कोही पत्रिका पढिरहेका छन् । कोही राजनीतिका गफ चुटिरहेका छन् । अलि पर केही बुढा बाजेहरू बाघचालमा व्यस्त छन् । उनी भने ध्यान दिएर केही समाइरहेका छन् ।
त्यसो त म यो चौपारीसँग परिचित छु । परिचित छु, पत्रिका पढ्ने र राजनीतिका गफ छाँट्ने बुढा बाजेहरूसँग । उनीहरूसँग खालि एउटै विषय हुन्छ, “जो आएपनि यो देश चलाउन सक्दैन । राजा नै चाहिन्छ । राजाबिना यो देश सिरियाजस्तै हुनेछ । हेर्नुहोला बाबु । … यस्तैयस्तै ।” बुढेसकालमा पनि राजाको कुरा आउँदाबित्तिकै उचालिने यी बाजेहरू देख्दा मलाई विश्वास हुन्छ मान्छेको आस्थामा ठूलो शक्ति छ । म उनीहरूका थोत्रा विचार सुनेर आजित भइसकेको छु । तैपनि बेलाबखत जबर्जस्ती ओँठमा मुस्कान ल्याएर उनीहरूको विचार सुनिरहेको हुन्छु । वास्तवमा उनीहरूको उमेरको कदर गर्नु नै मेरो कृत्रिम मुस्कानको अभिप्राय हुन्छ ।
अँ, म भन्दै थिएँ। केही हप्तायता म यी नयाँध्यानमग्न बुढा बाजेलाई नियालिरहेको छु । उनी बिहानको खाना खाने समय कटेपछि यहाँ आउँछन् । ससानो झोला बोकेर । पारिपट्टि बाघचालमा भुलिरहेका बुढापाका हुन वा पत्रिका पढ्दै देशका नयाँराजाहरूलाई धारे हात लगाउने बुढा बाजेहरू, नयाँबाजेलाई कसैसँग कुनै लिनुदिनु छैन । उनी खुरूखुरू झोला खोलेर घाम ताप्दै आफ्नो काम गर्न थाल्छन् ।
यी नयाँबाजेलाई चिन्न र उनको रामकहानीका केही किस्सा सुन्न उनको नजिकै गएर बस्छु । उनको अनुहार नियाल्छु । उनका अनुहार अनि हातमा कताकति खत देखिन्छन् । उनको मनोदशा बुझेपछि कुरा गर्न मिल्ने खालका हुन् भन्ने अनुभूति हुन्छ । उनको नाकको डाँडीमा एउटा कालो चिह्न रहेछ । म त्यहीँबाट कुरा सुरू गर्छु ।
“हजुरको नाकमा यो केको खत हो बुबा ?”
उनी पुर्लुक्क मतिर हेर्छन् अनि भन्छन् “सानो छँदा गोठालो गइन्थ्यो बाबु । त्यहीँजङ्गलमा एक दिन अरिङ्गालको गोलो देखेँ। बिठ्याइँगर्ने उमेरै हो । ढुङ्गो टिपेर हिर्काएको त बाँचुञ्जेलीलाई डाम पर्नेगरी टोकिदिए बाबु ।” यति भनेपछि उनी खित्का छोडेर हाँस्छन् । अनि फेरि कामतिर आँखा लगाउँछन् ।
“जवान छँदा पनि यहीँकाम गर्नुहुन्थ्यो बुबा ?”
आफ्नो काम नछोडी उनी मेरो प्रश्नको जवाफ दिन्छन् । उनका जवाफहरू म यहाँएकोहोरो भाकामा भन्दैछु । उनको जन्मको घर रहेछ सिन्धुलीमा । सिन्धुली बजारभन्दा केही पर । एउटा गाउँमा । सानै छँदा बुबा र आमा पन्ध्र दिनको अन्तरमा बिते । त्यसपछि उनीहरू मावली घरमा बस्न थाले । अलि हुर्केपछि उनका दाजुले उनलाई साथ लिएर तल सर्लाही झरे । त्यसबेला सर्लाहीको मङ्गलबजारभन्दा केही परको नटुवाटोल गाउँ हैन जङ्गल थियो । नटुवाटोल अर्थात् नाच्ने मगरहरूको टोल । अरूले जस्तै उनीहरूले पनि केही जमिन फाँडेर खेतीपाती सुरू गरे । दाजुले उनलाई वस्तुभाउ चराउने जिम्मा दिए । यसरी सानोमा गोठालोबाट थालेर उनले जीवनमा अनेक काम गरे । जातले दिएको । उनले लुुगा सिउन सिके । बिहे आदिमा बाजा बजाउन गए । अरूका खेतमा धेरैपटक हली र बाउसे भई काम गरे । तैपनि खेतीपाती नै उनको मुख्य पेशा रहिरह्यो ।
खेतीपाती गरेरै उनले छोरालाई हुर्काए । धेरथोर पढाए । इलम सिकेर छोरा यहाँकाठमाडौं आए । उनी भने जहानसँगै गाउँमा जमिन खोस्रेर जीवन धानिरहे । दमले गर्दा ०५२ सालमा जहान बितिन् । त्यहीँ दमले उनलाई पनि समात्यो । यो बाहेक उनलाई अरू कुनै किसिमको रोगब्याधी छैन । केही वर्षअघिसम्म पनि उनी खेतीपाती गर्थे । तै छोराले यहाँ काठमाडौंमा जमिन किनेर ‘अब यतै बस्ने’ भनेपछि उनी छोरासँगै बस्न थालेका छन् । काम नगरी बस्ने उनले कहिल्यै कल्पना पनि गरेनन् । त्यसैले यहाँ पनि उनले आफूले गर्न सक्ने काम खोजिसकेका छन् । आजभोलि उनी बुढीपाकी आमाहरूले पैसा राख्ने सुर्के थैली सिउने गर्छन् । अनि यसो दरबार क्षेत्रवरपर घाम तापेर बसिरहने कपाल फुलिसकेका आमाहरूलाई “थैली किन्नुहुन्छ ?” भन्दै हिँड्छन् । एउटा थैलीको तीसदेखि पचास, साठी रूपैयाँको दरले बेच्छन् ।
“हजुरका छोराले ‘भयो भो बा, काम नगर्नुस्’ भन्दैनन् ?” म सोध्छु ।
उनी, अर्थात् तिलक बहादुर सुन्दास, आफ्नो कामबाट विचलित नहुँदै भन्छन्, “भन्छन् तर काम गरेपछि अलिअलि भए पनि पैसा आउँछ । यसो चिया नास्तालाई हुन्छ । कसैसँग माग्नुपर्दैन । बाँचुञ्जेलीलाई कसैसँग नमागेकै राम्रो…”
Leave a Reply