यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
–सुरज सिंह
सन्दर्भ वर्तमान ओली सरकारको सहयोगी प्रवृत्तिको हो । फागुन महिनामा मात्रै सरकारले विभिन्न नेता तथा पार्टीका कार्यकर्ताको उपचारका लागि १२ करोड रुपैयाँभन्दा धेरै रकम वितरण गरेको समाचार बाहिर आएको छ ।
यसरी आर्थिक सहयोगको नाममा सरकारले ठूलो रकम उपलब्ध गराउने क्रम पछिल्लो महिनामा बढ्दै गएको बताइएको छ । जनताले खाईनखाई पनि तिरेको करले बनेको राज्यकोष खर्च गर्न त सजिलै छ तर त्यस्ता सहायता यथार्थमै आवश्यक भएका मानिसहरूको जीवन रक्षाका लागि हुनुपथ्र्यो तर त्यसो भइरहेको छैन । राज्यको आर्थिक सहायता सत्तारुढ पार्टीका नेता कार्यकर्ता र पहुँचवालालाई मात्र मिलिरहेको छ । यथार्थमै जरुरी भएका गरिब निमुखाहरूलाई मिलिरहेको छैन ।
निमुखा नेपाली जनता हिजो पञ्चायतकालमा महापञ्च र पञ्चहरूबाट लुटिए । काङ्ग्रेस शासनकालमा काङ्ग्रेसी नेता कार्यकर्ताहरूबाट ठगिए र अहिले कथित नेकपाका नेताका आसेपासेहरूबाट ठगिने क्रम जारी छ । राज्यकोषबाट सहायता रकम साँच्चै कमजोर आर्थिक अवस्था भएका र सदुपयोग गरी जीवन बचाउनका लागि मात्र वितरण गरिनुपथ्र्यो । त्यसको लागि एउटा स्पष्ट नीति र प्रक्रिया हुनुपर्छ र लागू गरिनुपर्छ अन्यथा गरिब कामदार नेपाली जनताका लागि पञ्चायत, बहुदल र लोकतान्त्रिक गणतन्त्रमा कुनै भिन्नता अनुभव हुने छैन ।
Leave a Reply