तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, चैत ९ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ र नेपाल क्रान्तिकारी युवा सङ्घले वर्तमान राजनीतिक अवस्थाबारे सोमबार सल्लाघारी चोकमा कोणसभा गरे ।
सभामा नेक्रायुसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष मिनबहादुर बाटाले नागरिकता विधेयकको कारण देशको सार्वभौमिकता र स्वाधीनता धरापमा परेको बताउँदै जन्मको आधारमा नागरिकता पाएका विदेशी नागरिकहरूले भविष्यमा देशको मुख्य मुख्य कार्यकारिणी अधिकार हातमा लिनसक्ने खतरा हुने बताउनुभयो ।
नेक्रायुसङ्घ भक्तपुरका एचएस सुवालले विश्व व्यापार सङ्गठनको सदस्यता लिनु भनेको आफ्नो बगैंचामा साँढे भित्र्याउनु हो भन्नुभयो । उहाँले अमेरिकी साम्राज्यवादले संसारमा सबभन्दा बढी सुन खानी र पेट्रोल खानी भएको सार्वभौम देश भेनेजुयलामाथि गरेको हस्तक्षेपविरुद्ध राष्ट्रपति निकोलस माडुरो सरकार सङ्घर्षरत रहेको बताउनुभयो ।
सभामा नेक्राविसङ्घका दिनेश खड्गी, नेक्रायुसङ्घका जगतराम धुख्वालगायतले बोल्नुभएको थियो ।
Leave a Reply