क्युवाले डाक्टर पठायो, वाशिङटनले एउटा डिस्ट्रोयर !
- बैशाख ४, २०८३
–सुरजसिंह
चैत ३ गते सुरु भएको एसईई परीक्षाका केही विषयका प्रश्नपत्रहरू परीक्षापूर्व नै ‘आउट’ भएका छन् । ह्वाटस् एप, भाइवर र इमो सामाजिक सञ्जालमार्फत प्रश्नपत्र सार्वजनिक भएको बताइएको छ । प्रदेश २ बाट यो ‘लिकेज’ भएको आशङ्कामा विश्वास गर्ने पर्याप्त आधार छन् । परीक्षा चलिरहेको बेलासम्म प्रदेश नं. २ का केही जिल्लामा मात्र बढी होहल्ला भएका थिए । त्यसो त केही दसक पहिलेदेखि नै मध्य तराईका जिल्लाहरूमा तुलनात्मकरूपमा परीक्षामा बढी चिट चोरी हुने गरेको सुनिएको थियो । परीक्षामा चिट चोराउन परिवारका सदस्य र आफन्तहरूसमेत परीक्षा केन्द्र वरपर तम्तयार बस्ने गरेको पनि देखिएको र सुनिएकै थियो । तर यो विषय सामान्य चोरी, घूसखोरी या आफरना केही व्यक्तिहरू या प्रान्तलाई फाइदा पु¥याउन या केहीले आशङ्का गरेजस्तो भोलि परीक्षाको नतिजा आउँदा अब्बलरूपमा स्थापित गर्ने उद्देश्यले मात्र गरिएको हो भन्न मिल्दैन । यो गम्भीर अपराध र नैतिकता स्खलनको हद नाघेको हो ।
देशमा सङ्घीयता लागू भएपछि प्रदेश सरकारहरूलाई जिम्मा लगाई गरिएको यो पहिलो एसईई परीक्षा हो । हो, परीक्षा सञ्चालनका लागि सर्वमान्य परीक्षा बोर्ड या त्यस्तै निकाय गठन भइसकेका छैनन् । तर, ढिलो चाँडो प्रदेश स्तर र स्थानीय तहसम्म पनि त्यस्तो अधिकार पु¥याउनैपर्ने हुन्छ । यो प्रश्न पत्रको लिकेज परीक्षा सञ्चालनमा स्वायत्तता दिन नचाहने केन्द्रीकृत मानसिकता भएका पहुँचवालाहरूबाटै भएको हुनुपर्छ । कुनै सर्वसाधारणको पहुँच ती प्रश्नपत्रसम्म पुगेकै हुँदैन । त्यस्तै प्रदेश २ मा एसईईमा विज्ञान र सामाजिक अध्ययनको प्रश्नपत्र लिक भएजस्तै प्रदेश एकको विराटनगरमा पनि केन्द्रीकृत बोर्डबाट सञ्चालित सामाजिक अध्ययनको प्रश्न आउट भएको बताइएको छ । यति गम्भीर अपराध दुर्घटना हुँदा पनि किुनै तहबाट नैतिक जिम्मेवारी नलिइनु र केही हुँदै नभएको जस्तो बसिरहनु भने उदेकलाग्दो छ ।
Leave a Reply