भर्खरै :

आँखाको ज्योति दिने चिकित्सक रुइत

विगोल
सरल र कम लागतमा मोतीबिन्दुको चिकित्सा पद्धति रुइतेक्टोमीका सुरुवातकर्ता सन्दुक रुइतले भक्तपुरमा मोतीबिन्दुको शल्यक्रियाको प्रारम्भ गरे । ताप्लेजुङको दुर्गम गाउँमा जन्मेका आँखा चिकित्सक रुइतले भक्तपुर नगरपालिका र नेपाल आँखा कार्यक्रम तिलगङ्गा आँखा प्रतिष्ठानको सहकार्यमा सञ्चालित जिल्ला सामुदायिक आँखा केन्द्रको औपचारिक कार्यक्रमपछि उनले मोतीबिन्दुको शल्यक्रिया गरेका थिए ।
जातीय सङ्कीर्णताभन्दा माथि उठेर राष्ट्रिय पहिचानलाई सर्वोपरि ठान्ने रुइत सरल र सस्तो पद्धतिबाट आँखा रोगीको उपचार गर्न चाहन्थे । उनले आविष्कार गरेको प्रविधि सबैभन्दा सस्तो र भरपर्दो थियो । उनले लामो समयको खोज र अनुसन्धानपछि इन्ट्राओकुलर लेन्स बनाएका थिए । शल्यक्रियापछि इन्ट्राओकुलर लेन्स बिरामीको आँखामा लगाइन्छ । यस पद्धतिलाई आफरना साथीहरूको सहयोगमा उनले अन्तर्राष्ट्रियकरण गरे । अमेरिका र अस्ट्रेलियाबाट प्रारम्भ भएको सो शल्यक्रिया पद्धति अहिले युरोप, भारत, चीन, प्रजग कोरिया, भियतनाम, थाइल्यान्ड आदि देशमा लागू भइरहेको छ । अहिले तिलगङ्गा आँखा केन्द्रलाई आफरनो कर्मथलो बनाएर उनले आँखा बिरामीहरूको सेवा गरिरहेका छन् ।
नेपालको दुर्गम ठाउँमा जन्मेका रुइत नेपालमा मात्र होइन विश्वका विभिन्न मुलुकमा चर्चित छन् । सङ्कीर्ण सोचाइ बोकेर विदेश पलायन हुने व्यक्तिहरूको लागि उनले नेपालमै बसेर उदाहरणीय काम गर्न सकिन्छ भन्ने कुरा देखाएका छन् । सादा जीवन र उच्च विचारका रुइतले निःस्वार्थ रूपले धेरै आँखा रोगीहरूको उपचार गरेका थिए । उनको योगदानको कदर गर्दै उनी विसं ०६३ मा विश्व प्रसिद्ध रोमन म्यागासेसेबाट पुरस्कृत भए । २०६९ मा नेपाल सरकारले उनलाई ‘राष्ट्र दीप’ पदकले विभूषित ग¥यो । न्युयोर्क टाइक्सले उनलाई ‘पाँच मिनेटमै आँखा नदेख्नेलाई आँखा देखाउने डाक्टर’ को परिचय गरायो । यसरी चिरपरिचित आँखाका डाक्टर रुइतले भनपाको च्याम्हासिंगमा मोतीबिन्दुको शल्यक्रिया गरेर आँखा रोगीहरूको सेवा गरे । उक्त निःशुल्क शल्यक्रिया शनिबार पनि चालू रहनेछ ।
विसं २०११ भदौ १९ गते जन्मेका रुइतले दार्जिलिङ र काठमाडौँको सिद्धार्थ वनस्थलीमा अध्ययन गरे । २०२५ मा प्रवेशिका उत्तीर्ण गरेका उनले त्रिचन्द्र कलेजबाट आइएस्सी गरे । विसं २०२९ मा एमबीबीस पढ्न भारतको लखनउस्थित किङ्गस जर्ज मेडिकल कलेजमा छात्रवृत्ति पाए । एमबीबीस पास गरेपछि उनी नेपाल फर्केर जनरल फिजिसिएनको रूपमा काम गरे । त्यसपछि नेपालगञ्ज, बर्दियालगायतका आँखा रोगीहरूको सेवा गरे । उनले आफरनो सोधखोज, अनुसन्धान र अध्ययनलाई निरन्तरता दिए । उनले अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स कलेजमा छात्रवृत्ति पाए र एमडी गरे । त्यसपछि त्रिपुरेश्वरमा आँखा अस्पतालमा उनले काम गरे । उनको कामको शैली र मेहनतको कदर गर्दै अस्टे«लियाली नेत्र चिकित्सक फ्रेड हलोजले रुइतलाई मोतीबिन्दुको उपचारमा थप विशेषज्ञता हासिल गर्न अस्ट्रेलियामा आमन्त्रण गरे । उनी अष्ट्रेलिया पुगे र आँखाका शल्यक्रियासम्बन्धी थप विशेषज्ञता हासिल गरे । अस्ट्रेलियन सरकारले अस्ट्रेलियामा नै बसेर सेवा गर्न आग्रह गरे पनि उनी आफरनै देशमा सेवा गर्नुपर्छ भन्ठानेर स्वदेश फर्के र देशका विभिन्न स्थानका आँखा रोगीहरूको सेवा गरे । आज उनै आँखा चिकित्सक रुइतले भक्तपुरमा मोतीबिन्दु रोगीहरूको शल्यक्रिया गरे । यो भक्तपुरकै निम्ति गर्वको विषय हो । उनको प्रविधि अझ व्यापक होस् र उपचार पद्धतिले निरन्तर सफलता पाइरहोस् । हुन पनि उनको प्रविधि विश्वभर नै रुइतेक्टोमीको रूपमा प्रसिद्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *