भर्खरै :

एसएसबी आतंकवादको मुद्दा सम्मेलनमा गृहमन्त्रीले किन उठाएनन् ?

गृहमन्त्री विमलेन्द्र निधि भारतमा छन् । आतंकवादविरोधी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी बन्न गएको भनिए तापनि निधिको भारत भ्रमणको लक्ष्य सम्मेलनमा सहभागी बन्नु मात्र पक्कै होइन भन्ने कुरा जो कोहीलाई थाहा छ । मङ्गलबार भारतका पूर्वप्रधानमन्त्री तथा काङ्ग्रेस आई वरिष्ठ नेता मनमोहन सिंहसँग गृहमन्त्रीको भेटघाटले पनि उनको भ्रमण राजनीति लक्ष्यसहित भएको प्रष्ट छ ।
सरकारले आगामी बैशाख ३१ गतेका लागि स्थानीय तहको चुनाव घोषणा गरेको छ । स्थानीय तहको निर्वाचन गराउन प्रचण्ड सरकार विफल भए यसको कुनै औचित्य रहनेछैन । तसर्थ बैशाखको चुनाव प्रचण्ड सरकारको सम्पूर्णतः औचित्यसँग गाँसिएको छ । तर चुनाव गराउन आजको सन्दर्भमा सबभन्दा ठूलो अवरोध भनेको मधेसी दलहरु हुन् । मधेसी दलहरु संसदमा पेश भएको संविधान संशोधन प्रस्ताव पारित नहुञ्जेल चुनाव हुन नदिने अडानमा छन् । तर प्रमुख प्रतिपक्ष एमालेलगायत संसदका बहुमत सदस्यहरु संशोधन प्रस्तावको विपक्षमा छन् । यस अवस्थामा मिलनबिन्दु के हो भन्ने कुरा खुट्याउन प्रचण्ड सरकारले सकेको छैन । फलतः नेपालको आगामी राजनीतिक कार्यदिशाको लागि सल्लाह गर्नु नै निधिको भारत गमनको प्रमुख राजनीतिक लक्ष्य हो ।

गृहमन्त्री आतंकवादविरोधी सम्मेलनमा गएर नेपालमा फेरि पनि भारतीय विस्तारवादले पालेको–पोषेको आतंकवादलाई खुला आमन्त्रण गर्न गएका छन् । एसएसबीले नेपाली भूमिमा प्रवेश गरेर नेपाली जनतामाथि गोली हान्नु के आतंकवाद होइन ? विमलेन्द्र निधि गएको अन्तर्राष्ट्रिय सम्मेलनमा एसएसबीको आतंकवादको कुरा उठ्ने हो वा होइन ? नेपाली जनताको प्रश्न छ ।

सीमा क्षेत्रमा नेपाली जनता नेपाली भूमि रक्षा गर्न ज्यान आहुति दिइरहेका छन् । कञ्चनपुर हत्याकाण्डको रापताप अझै सेलाइसकेको छैन । अझै नेपाली युवा गोविन्द गौतमको हत्यारा एसएसबीलाई कारबाही गर्न नेपाली जनताको सङ्घर्ष सेलाएको छैन । तर नेपालका गृहमन्त्री भने भारतमा गएर नेपालको आगामी कार्यदिशाबारे सल्लाह लिन गइरहेका छन् । नेपाली नागरिकको हत्याको कुटनीतिक विरोधस्वरुप पूर्वनिर्धारित नै भए पनि गृहमन्त्रीको भारत भ्रमण किन स्थगित गर्न नसकेको हो ? भारतीय एसएसबीले नेपाली नागरिकको हत्याको शोक हाम्रा गृहमन्त्रीले भारतीय नेताहरुसामू हँसिलो मुहार बनाएर नेपालको नियति कोरिदिन आग्रह गर्न जाने अवस्थामा नेपालको सार्वभौमिकता कसरी बलियो हुनसक्छ ?

भारतले नेपालको संविधानको आजसम्म स्वागत गरेको छैन । आफूले भनेजस्तो संविधान नबनाएको झोंकमा भारतले नेपालमा नाकाबन्दी लगायो । आज भारतकै इसारामा प्रस्तुत संशोधन प्रस्ताव पारित नगरेकोमा भारतकै इसारामा देशलाई अन्योल र अराजकताको बन्दी बनाउन मधेसी दल कसरी खुशी बनाउने भन्ने मन्त्र सिक्न गृहमन्त्री भारतमा जानु पराधीन र लघुताभास मानसिकताको उत्कर्ष हो । गृहमन्त्री आतंकवादविरोधी सम्मेलनमा गएर नेपालमा फेरि पनि भारतीय विस्तारवादले पालेको–पोषेको आतंकवादलाई खुला आमन्त्रण गर्न गएका छन् । एसएसबीले नेपाली भूमिमा प्रवेश गरेर नेपाली जनतामाथि गोली हान्नु के आतंकवाद होइन ? विमलेन्द्र निधि गएको अन्तर्राष्ट्रिय सम्मेलनमा एसएसबीको आतंकवादको कुरा उठ्ने हो वा होइन ? नेपाली जनताको प्रश्न छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *