युद्धको अमेरिकी धम्कीबिच प्रजग कोरियाद्वारा दोस्रो विध्वंसक युद्धपोत तैनाथ
- भाद्र २२, २०८३
काठमाडौं, २ चैत । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले कञ्चनपुरमा भारतीय एसएसबीले नेपालीलाई हत्या गरेको घटना सेलाउन नपाउँदै नेपालको सुस्तामा ३४ हजार हेक्टर नेपाली भूमि अतिक्रमण गरेकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
संसदमा समसामयिक विषयमा बोल्दै सांसद सुवालले विसं २०१६ सालमा गण्डक बाँध निर्माणको लागि आएका भारतीय नागरिक फिर्ता नगएपछि सुस्ता अतिक्रमण सुरू भएको उल्लेख गर्नुभयो ।
पहिले राजाको वरिपरी बस्नेले मनपरी गथ्र्यो अहिले सरकारमा गएका ३–४ पार्टीको मनपरी भइरहेको उल्लेख गर्दै सांसद सुवालले दाङको एउटा गाउँपालिका १०० किमी दूरी भएको हुँदा सिंहदरवारको अधिकार जनताको घरदैलोमा पुग्न नसक्ने बताउनुभयो ।
२०१७ सालमा सुस्ता गाउँ नापी गर्न पुगेका नेपाली कर्मचारीलाई भारतले पक्राउ गरी एक वर्ष थुनामा राखेको चर्चा गर्दै सांसद सुवालले त्यसको एक वर्षपछि नेपाली सर्भेयर राजेन्द्रप्रसाद मरहठ्ठाले तयार गरेको नक्सा खोसेको बताउनुभयो ।
गाउँपालिका तथा नगरपालिकाको वडाको सङ्ख्या निर्धारण विधेयक, २०७३ को सैद्धान्तिक छलफलमा बोल्दै सांसद सुवालले साविक स्थानीय ३३७४ लाई घटाएर स्थानीय तह ७४४ बनाउँदैमा सिंहदरवारको अधिकार जनताको घरदैलोमा नपुग्ने बताउनुभयो ।
सांसद सुवालले गणतन्त्र र सङ्घीयतासँगै नेपालको नाम फेर्ने, झण्डा फेर्ने, अञ्चल र जिल्ला मेट्ने, सङ्घ, प्रदेश र स्थानीय गरी तीन तह बनाउने विदेशीको प्रस्ताव ल्याइएको उल्लेख गर्दै एक एक गरी ती प्रस्ताव पारित हुँदै गएको आश्चर्य नै भएको बताउनुभयो ।
पहिले राजाको वरिपरी बस्नेले मनपरी गथ्र्यो अहिले सरकारमा गएका ३–४ पार्टीको मनपरी भइरहेको उल्लेख गर्दै सांसद सुवालले दाङको एउटा गाउँपालिका १०० किमी दूरी भएको हुँदा सिंहदरवारको अधिकार जनताको घरदैलोमा पुग्न नसक्ने बताउनुभयो ।
सांसद सुवालले प्रजातन्त्रलाई बलियो बनाउन साविक ३३७४ स्थानीय निकायलाई नै स्थानीय तह बनाई निर्वाचन गर्नुपर्ने विचार राख्नुभयो ।
राष्ट्रिय समावेशी आयोग विधेयक २०७३ मा पार्टीको तर्फबाट दर्ता गरेको संशोधन उपसमितिमा राख्दै सांसद सुवालले आर्थिक समानताको समावेशीले देश र जनताको समस्या समाधान नहुने बताउनुभयो ।
Leave a Reply