भर्खरै :

अमेरिकामा धूम्रपानसम्बन्धी नयाँ कानुन

वाशिङ्टन, ६ अप्रिल । २१ वर्षमुनिका व्यक्तिलाई धूम्रपान गर्न निषेध गर्ने कानुन ल्याउने विधेयकमा अमेरिकी राज्य वासिङ्टनले शुक्रबार हस्ताक्षर गरेको छ ।
यससँगै अमेरिकामा १८ वर्ष उमेर समूहभित्रका युवालाई लक्षित गरी लगाइएको रोक २१ वर्ष कायम गर्ने वासिङ्टन नवौँ राज्य भएको गभर्नरको कार्यालयले जनाएको छ । नयाँ कानुनअनुसार वासिङ्टनमा सुर्तीजन्य पदार्थ खरिद गर्न पाउने न्यूनतम उमेर १८ बाट २१ भएको छ । यो विधेयकलाई वासिङ्टनको सिनेटले गत बुधबार सन् २०२० को जनवरी १ देखि लागू हुनेगरी पास गरेको हो । गभर्नर जय इन्स्लीले भन्नुभयो, “हामीले सूर्ती र निकोटिनसँग सम्वद्ध खतरालाई बुझेका छौँ । हामीलाई यो पनि थाहा छ कि हाम्रा बालबालिका दुव्र्यसनमा नफस्दै उनीहरूलाई धूमपानको कुलतबाट जोगाउन जति सजिलो छ त्यति धूमपान सुरू गरेका युवालाई सही ठाउँमा ल्याउन त्यति नै कठिन पर्छ । अझ उनीहरूलाई धूम्रपानका कारण क्यान्सर तथा अन्य रोग लागेपछि उपचार थप कठिन हुन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *