भर्खरै :

अमेरिकी नयाँ प्रतिबन्धविरूद्ध कानूनी उपाय खोज्ने भेनेजुयलाको चेतावनी

काराकस, भेनेजुयला, २४ चैत : भेनेजुयलाको सरकारले संयुक्त राज्य अमेरिकाद्वारा एकतर्फीरूपमा भेनेजुयलामाथि दवाब दिने उद्देश्यसाथ नयाँ प्रतिबन्ध लगाउने निर्णयको आइतबार विरोध गर्दै यसको कानूनी समाधान खोज्ने बताएको छ । अमेरिकी ट्रम्प प्रशासनद्वारा दक्षिण अमेरिकी मुलुक भेनेजुयलाको पेट्रोलियम उद्योगमाथि प्रतिबन्ध लगाउने निर्णयविरूद्ध सम्वन्धित अन्तर्राष्ट्रिय कानूनमार्फत प्रतिरोध गर्ने भेनेजुयलाले जनाएको छ । “भेनेजुयलाले अमेरिकाद्वारा प्रतिबन्ध लगाउने अमेरिकी ट्रम्प सरकारको निर्णयलाई स्वार्थी तथा अपराधी निर्णय भन्दै यसबाट आफ्नो मुलुकको अन्तर्राष्ट्रिय अधिकारको उल्लङ्घन भएको छ,” भेनेजुयलाको विदेश मन्त्री जर्ज अरियाजाले शनिबार ट्वीटरमार्फत जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । वासिङ्टनले भेनेजुयलाको राज्य सञ्चालित पेट्रोलियम उद्योग पीडिभीएसएका तेल बोक्ने विभिन्न ३४ पानीजहाजमाथि प्रतिबन्ध लगाउने घोषणापछि भेनेजुयलाको आधिकारिक प्रतिक्रिया आएको हो । यो निर्णयले आफ्नो तेल छिमेकी मित्रराष्ट्र क्युवामा तेल निर्यातमा समस्या परेको भेनेजुयलाको भनाई छ । प्रतिबन्धले लाइवेरियास्थित बाल्लिटो सिपिङ कम्पनी, ग्रीसस्थित प्रोपर इन म्यानेजमेन्ट कम्पनी जसले क्युवाका लागि सामान ढुवानी गर्दै आएका छन्, लाई प्रभावित पार्ने बताइएको छ । “वासिङ्टनले प्रतिबन्ध लगाएर भेनेजुयला तथा क्युवाका जनतालाई मात्र सजाय दिने नभै तेलको ढुवानी गर्ने अन्तर्राष्ट्रिय कम्पनीहरू तथा व्यापार संगठनसमेतलाई प्रभावित पार्ने देखिएको छ,” विज्ञप्तिमा उल्लेख छ ।(रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *