भर्खरै :

उद्घाटन खेलमा मोरङ विजयी

हिलिहाङ, २४ चैत (रासस) : वाइवाइ तेस्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिता आजदेखि पाँचथर फिदिममा शुरु भएको छ । प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य वसन्त नेम्बाङले गर्नुभएको थियो । आज भएको उद्घाटन खेलमा मिसन युनाइटेड ताप्लेजुङलाई मोरङ फुटबल क्लब मोरङले ६–१ गोल अन्तरले पराजित गरेको छ । मोरङलाई जिताउन विदेशी खेलाडी अर्मन एक्लैले खेल शुरु भएको १० औँ, १७आँै, २२औँ र ५३औँ मिनेटमा गोल गरेका थिए । यस्तै मोरङकोतर्फबाट हेमन्त थापाले खेल शुरु भएको ३९औँ र संजोग राईले खेल शुरु भएको ६३औँ मिनेटमा एक÷एक गोल फर्काएका थिए । जवाफमा ताप्लेजुङकोतर्फबाट सन्त राईले खेल भएको ६०आँै मिनेटमा सान्तवनामार्फत एक गोल फर्काएका थिए । शनिबार हुने भनिएको उक्त प्रतियोगिता वर्षात्का कारण स्थगित भएको थियो । स्थगित भएको खेल आज बिहान भएको हो । प्रतियोगिताअन्तर्गत आज दिउँसो २ बजे रेडहर्स इलाम र विर्तामोड युनाइटेड झापाबीच प्रतिस्पर्धा हुने आयोजक पाँचथर फुटबल सङ्घका अध्यक्ष निशान शिवाकोटीले बताउनुभयो । प्रतियोगितामा आयोजक पाँचथर क्लबसहित हिमालयन शेर्पा क्लब, जावलाखेल युथ क्लब, दार्जलिङ युनाइटेड भारत, विजय युथ क्लब हेटौँडा, मिसन युनाइटेड ताप्लेजुङ, रेडहर्स इलाम, विर्तामोड युनाइटेड झापा, डिएफसी मोरङ र न्यू स्टार सुनसरीको सहभागिता रहनेछ । वैशाख २ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले चार लाख र उपविजेताले दुई लाखसहित ट्रफी पाउने छन् । प्रत्येक विधाका उत्कृष्ट खेलाडीलाईसमेत पुरस्कृत गरिनेछ । प्रतियोगिताको लागत रु ४३ लाख लाग्ने आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *