लिबियाका देशभक्त नेता मुअम्मर गद्दाफी
- कार्तिक ६, २०८३
सुनिता गाइसी
मानव जीवन वास्तवमै सङ्घर्षशील छ । मानिस आफ्नो जीवन धान्न विभिन्न किसिमका उकाली ओराली पार गर्दै अघि बढे । यस्तै सङ्घर्षशील जनजातिहरूमा चेपाङ पनि एक हो । चेपाङहरू नेपालका विभिन्न ठाउँमा छरिएर रहेका छन् । त्यसमध्ये धादिङ चरौदी डुक्राङका चेपाङहरूको बारेमा यहाँ चर्चा गरिन्छ । चेपाङहरू पहाडका अप्ठयारा र भिराला पाखाहरूमा बस्दछन् । चरौदी पुलमा ओर्लेर झण्डै १ घण्टादेखि डेढ घण्टाको उकालो पहाड चढेपछि धादिङको चेपाङ गाउँ पुग्न सकिन्छ । यस क्षेत्रमा २६–२८ चेपाङका घरहरू छन् । भएका साना–साना घरहरू पनि भूकम्पले भत्केर अस्तव्यस्त अवस्थामा रहेका छन् । केहीले जेनतेन घर बनाउने सुरसार गर्दै गरेको देखिन्छ । यिनीहरूले प्रायः ढुङ्गा, माटो, काठ, बाँसको प्रयोग गरी घरहरू बनाउने गर्दछन् । आर्थिकरूपमा विपन्न भए पनि आफ्ना बाल बच्चाहरूलाई पढाउनुपर्छ भन्ने धारणाको विकास यिनीहरूमा बढेको पाइन्छ । आफूले नपढे पनि बालबच्चालाई जसोतसो पढाउन थालेका छन् । यस गाउँमा रहेको एकमात्र आधारभूत विद्यालय झगडे डाँडा आधारभूत विद्यालय हो । यसपछिको शिक्षा हासिल गर्न यहाँका केटाकेटीहरू विशालटारमा रहेको पदमोदय विद्यालय र अन्य स्कूलमा जाने लक्ष्मी चेपाङ बताउँछिन् । उनी अहिले बी. एड. दोस्रो वर्षमा अध्ययनरत छिन् ।
यहाँका चेपाङहरू प्रायः संयुतm परिवारमा बस्दछन् । हाल एकल परिवारमा बस्ने चेपाङहरूको सङ्ख्या बिस्तारै बढ्दै गएको देखिन्छ । समुदायका मानिसको आर्थिक स्थिति कमजोर देखिन्छ । यहाँका मानिसको मुख्य पेशा कृषि रहेको छ । पाखोबारी भए पनि उनीहरू पानी नचाहिने धान (घैया) रोप्ने गर्दछन् । चेपाङहरू बारीमा मकैका साथै टमाटर, करेला, लौका, घिरौला, साग, सिमी, काउली, बन्दा इत्यादि लगाउँछन् । कृषिबाहेक उनीहरू पशुपालनमा पनि संलग्न छन् । यिनीहरू गोरु, गाई, खसी, बोका पाल्ने गर्दछन् । गोरुलाई यिनीहरू खेतबारी जोत्नको लागि प्रयोग गर्दछन् ।
यहाँका चेपाङहरू प्रायः हिन्दू धर्म मान्दछन् । हाल धर्म परिवर्तन गरी केही क्रिश्चियन भएको देखिन्छ । हिन्दू धर्म मान्नेहरू दशैं, तिहार, तीज मानउँछन् भने क्रिश्चियन धर्म मान्नेहरू क्रिसमस मनाउँछन् । चेपाङ समुदायका मानिसले चिउरीको बोटलाइ विशेष महत्वका साथ लिन्छन् । तर, धादिङका चेपाङले चिउरीलाई महत्व नदिएको कुरा स्थानीयहरू बताउँछन् । उनीहरूका अनुसार मकवानपुरका चेपाङले मात्र चिउरीलाई महत्व दिन्छन् र छोरीको विवाहमा चिउरीको बोट दाइजो दिने गर्दछन् ।
यस समुदायमा कम उमेरमै विवाह गर्ने परम्परा देखिन्छ । चेपाङहरू बिरामी भएमा झारफुकसँगै स्वास्थ्य संस्थामा जचाउन जान्छन् । गरिबीको चपेटामा रहे पनि गाउँमा बिस्तारै आधुनिकताले जरा गाड्न थालेको छ । मानिसमा बिस्तारै चेतनाको लहर छाउँदै छ । घर व्यवहारको कामदेखि बाहिरका काम कुराहरूमा घरका पुरुष सदस्यले महिलाहरूको सरसल्लाह लिने गरेको स्थानीय महिलाहरू बताउँछन् । घरधन्दा र मेलापातमा व्यस्त रहे पनि व्यतिmगत सरसफाइमा पहिलेभन्दा ध्यान दिने गरेको उनीहरू बताउँछन् । आर्थिकरूपमा विपन्न रहेका यस भेगका चेपाङहरू सरकारले खासै सहयोग नगरेको गुनासो व्यतm गर्दछन् ।
Leave a Reply