भर्खरै :

स्तालिन–३

अन्ना लुई स्ट्रङ
(अमेरिकी पत्रकार अन्ना लुई स्ट्रङको प्रस्तुत लेख पहिलो पटक सन् १९४१ मा द डायल प्रेस, न्युयोर्कमा प्रकाशित भएको थियो । सोभियत नेता स्तालिनबारे पुँजीवादी प्रचारमाध्यमले स्तालिनको विषयमा प्रचार गर्ने अनेकन झूटा कुरा, सत्यसँग मेल नखाने कुरा अन्नाको यो लेखबाट थाहा पाउन सक्छौँ । लेखलाई अङ्ग्रेजीबाट नेपाली भाषामा अनुवाद हौसलाले गर्नुभएको हो ।)
स्तालिनका व्यक्तिगत सूचनाहरू उहाँको सम्पर्कमा रहेका व्यक्तिहरूबाट प्राप्त हुन्थ्यो, जसले सोभियत इतिहास निर्माणमा मद्दत गरेका थिए । मस्कोबाट उत्तरी ध्रुव हुँदै अमेरिकासम्म पहिलोपटक उडान गर्ने प्रतिभावान विमानचालक भालेरी च्कालोभ ९ख्बभिचथ ऋजपबयिख० ले स्तालिनको घरमा साँझ चार बजेदेखि मध्यरातसम्म बिताएको स्मरण गर्नुभयो । भेटमा स्तालिनले धेरै भोल्गा गीतहरू गाउनुभएको, युवाहरूलाई नचाउन ग्रामोफोन बजाउनुभएको, आफ्नो परिवारको साथमा आराम गर्दै एक सामान्य व्यक्तिले जस्तै व्यवहार गर्नुभएको भालेरीले सम्झे । उनले भने, “स्तालिनले कालापानी सजायको (निर्वासन)को समयमा साइवेरियामा हुँदा गाउन सिक्नुभएको थियो जहाँ गाउनेसिवाय अरु खासै काम हुँदैनथ्यो ।”
मस्कोदेखि सुदूरपूर्वसम्म सानदार उडान गर्दै सम्पूर्ण विश्व कीर्तिमानहरू तोड्न सफल तीन महिला चालकहरूको सम्मानमा एक साँझ क्रेमलिनमा रात्रिभोजको आयोजना गरिएको थियो । स्तालिनले मानव समाजको विकासक्रमअन्तर्गत प्राग ऐतिहासिक युगमा महिलाहरूको भूमिकाको प्रसङ्ग जोड्दै मातृसत्तात्मक व्यवस्थाका बारेमा हाँसो गर्नुभएको उनीहरूमध्येकी एक चालक रास्कोभाले कोट्याइन् । रास्कोभाका अनुसार भेटमा स्तालिनले भन्नुभएको थियो, “मानव इतिहासको सुरुआती वर्षहरूमा महिलाहरूले कृषिको विकास गरी समाजको प्रगतिको आधार बनाएका थिए, जतिबेला पुरुषहरूमात्र शिकार र युद्धमा जान्थे ।” त्यसपछि शताब्दीऔं लामो महिलाहरूको दासताको सन्दर्भ जोड्दै स्तालिनले थप्नुभयो, “महिलाहरूमाथि शताब्दियौं लामो दमनको बदला लिन अब यी तीन महिलाहरू आएका छन् ¤”
स्तालिनसँग यसरी भेट्न्े महिलाहरू सबभन्दा रोचक कथा मारी डेम्चेन्कोको बारेमा थियो । उनको कथाले नेता र नेतृत्वको तयारी कसरी गरिन्छ भन्ने विषयमा स्तालिनको विचार प्रस्तुत गर्छ । मारी एक महिला कृषक थिइन् जो मस्कोमा कृषि सम्मेलनमा आएकी थिइन् । त्यस वर्ष उनले नेतृत्व गरेको महिलाहरूको समूहले प्रतिएकड २० टन चुकंदर (रातो सलगम) उत्पादन गर्नेछ भनी सम्मेलनमा स्तालिनसामु प्रतिबद्धता जाहेर गरिन् । युक्रेनमै औसत करिब पाँच टनमात्र उत्पादन भइरहेको त्यो समयमा उनको प्रतिबद्धता उत्साह सञ्चार गर्ने खालको थियो । मारीको त्यस चुनौतीले युक्रेनी चुकंदर उत्पादकहरूको बीचमा प्रतिस्पर्धाको सुरुआत भयो । सोभियत अखबारले महत्वका साथ त्यो विषयलाई रिर्पोट छाप्यो । पुतली किराविरुद्ध मारीको लडाइँलाई उच्च उत्साहका साथ सारा मुलुकले पछ्यायो । स्थानीय अग्नि नियन्त्रण विभागले खडेरीको समस्या समाधान गर्न २० हजार बाल्टिन पानी खेतसम्म पु¥याएको कुरा सारा राष्ट्रले देख्यो । महिलाहरूको समूहले नौ पटकसम्म खेतबाट झार फालेको र आठ पटकसम्म किराफट्याङ्ग्रा सफा गरेको पनि उनीहरूले देखे । अन्तमा, मारीले प्रतिएकड २१ टन उत्पादन गरिन् भने सबैभन्दा बढी उत्पादन गर्ने उसका प्रतिस्पर्धीले जम्माजम्मी २३ टन उत्पादन गर्न सफल भयो ।
कृषि उत्पादनमा यो उपलब्धि राष्ट्रिय महत्वपूर्णको विषय बन्यो । तसर्थ मारीका सम्पूर्ण समूह सदस्य स्तालिनलाई भेट्न मस्कोमा शरद् ऋतुको उत्सवमा गए । पत्रपत्रिकाहरूले उनीहरूलाई चलचित्रका कलाकारलाई जस्तै व्यवहार गरे र उनीहरूका अन्तर्वार्ता प्रकाशित भयो । उत्पादनको आफ्नो राम्रो रेकर्ड राख्न र बाँकी चुकंदर उत्पादकहरूलाई प्रोत्साहित गर्न सफल भएकोमा पुरस्कारस्वरूप के चाहनुहुन्छ भनी स्तालिनले मारीलाई सोध्नुभयो । जवाफमा मारीले भनेकी थिइन्, “आफ्ना नेताहरूलाई भेट्न ।” उनीहरू प्रायशः सबै मस्को आउन चाहन्थे । “तर, अहिले तिमीहरू आफैं नेता हौ” स्तालिनले मारीलाई भन्नुभयो । “त्यो त हो, तर हामी तपार्इंलाई भेट्न चाहन्छौँ”, मारीले भनिन् । उनको अन्तिम अनुरोध कृषि विश्वविद्यालयमा अध्ययन गर्नु थियो । जुन पछि पूरा भयो ।
सोभियत सङ्घविरुद्ध जर्मन युद्धको सुरुआत भइरहँदा स्तालिनले जनतालाई जगाउने एउटा पनि सम्बोधन नगरेको देख्दा धेरै विदेशीहरू आश्चर्यचकित थिए । केही हाम्रा (अमेरिकी) सनसनीपूर्ण पत्रिकाहरूले स्तालिन भागेको आशङ्का गरे । सोभियत जनताले आफ्नो कर्तव्य एवं जिम्मेवारी पूरा गर्छन् भन्ने कुरामा स्तालिन विश्वस्त रहनुभएको उनीहरूलाई अवगत थियो । स्तालिनले समग्र स्थितिको छिटोभन्दा छिटो विश्लेषण गरी बाहिर ल्याउनुहुनेमा सोभियत जनता ढुक्क थिए । जुलाई ३ को बिहान रेडियो कार्यक्रममार्फत स्तालिनले सम्बोधन गर्नुभयो । उहाँका सुरुआती शब्दहरू अत्यन्त महत्वपूर्ण थिए ।
“कमरेडहरू ¤¤” उहाँले सम्बोधन गर्नुभयो । त्यसपछि उहाँले थप्नुभयो, “दाजुभाइ तथा दिदीबहिनीहरू” । सार्वजनिक सम्बोधनका लागि स्तालिनले यस्तो आत्मीय पारिवारिक शब्दहरूको प्रयोग गर्नुभएको यो नै पहिलो पटक थियो । सम्बोधन सुनिराखेका सबैजनाले स्थिति अत्यन्त गम्भीर रहेको र अब उनीहरूले अन्तिम परीक्षाको सँगै सामना गर्नुपर्ने, सबै जनता यसअघि भन्दा ज्यादा एक अर्काप्रति नजिक र प्रिय हुनुपर्ने कुरा बुझे । यसको अर्थ उनीहरूका काँधमाथि स्तालिन आफ्ना सहयोगी हात राख्न चाहनुहुन्थ्यो । उहाँको साथले उनीहरूलाई आपूmले गर्नुपर्ने कामका लागि शक्ति प्रदान गर्नेछ । यो काम भनेको आफ्नो शरीरमा इतिहासकै सबैभन्दा नारकीय हमलाको प्रहारलाई स्वीकार्नुभन्दा कम थिएन । यसलाई असफल पार्न, टुक्राउन र यसलाई हराउँदै विश्वको रक्षा गर्नु प्रधान कर्तव्य हो । यो कर्तव्य आफ्नो भएको जनतालाई थाहा हो । स्तालिनलाई थाहा थियो उनीहरूले यो पूरा गर्नेछन् ।
स्तालिनले प्रस्ट बोल्नुभयो, “खतरा भयानक छ, जर्मनी सेनाले प्रायः सम्पूर्ण बाल्टिक राज्यहरू कब्जा गरिसके, सङ्घर्ष अत्यन्त महँगो पर्नेछ । अबको मुद्दा भनेको ‘स्वतन्त्रता वा दासता’, ‘जीवन वा सोभियत राज्यका लागि मृत्यु हो ।” उहाँले सबैलाई सचेत पार्नुभयो , “शत्रु क्रुर र निर्दयी छ । ऊ हाम्रो पसिनाले सिञ्चित जमिन हडप्न र हाम्रा जनतालाई जर्मनका राजकुमार र धनाढ्यका दास बनाउन आएको छ ।” उहाँले जनताको साहसी एवं सुझबुझपूर्ण अगुवाइ र समझदारीको निम्ति आह्वान गर्नुभयो । यसको उहाँ आफैंले बीसौँ वर्षभन्दा लामो समयदेखि तयारी गर्दै आउनुभएको थियो । उहाँले पछ्याउनुपर्ने सम्भावित कठिन बाटोबारे विस्तृतरूपमा उल्लेख गर्नुभयो । संसारका स्वतन्त्रताप्रेमीहरूका माझमा हामीले मित्रहरूसँग सहकार्य पनि गर्न पाउनसक्छौंँ भनी उत्साहित गर्नुभयो । त्यसपछि उहाँले सबैलाई विजयका लागि अगाडि बढ्न आह्वान गर्नुभयो ।
त्यस बिहान मस्कोबाट रिपोर्ट गर्दै इस्र्किन कोल्डवेल(१८)ले भने, “नगरका चोकहरूमा उभिएर असङ्ख्य भीड लाउडस्पिकरमा सुन्दै थिए, आफ्ना स्वासलाई रोक्दै, यस्तो गहिरो शान्ति थियो कि स्तालिनका आवाजका प्रत्येक उतारचढाव सुन्न सकिन्थ्यो ।” सम्बोधनको क्रममा स्तालिन पानी खान रोकिंदा दुईपटक गिलासमा पानी खन्याउँदाको आवाज सुनिएको थियो । स्तालिनको सम्बोधन सकिएको केही मिनेटसम्म त्यो शान्ति लम्बिएको थियो । पछि एक अधवंैसे महिलाले भनिन्, “उहाँ एकदम कडा मिहिनेत गर्नुहुन्छ, मलाई आश्चर्य लाग्छ उहाँले कहिले सुत्ने समय पाउनुहुन्छ ? म उहाँको स्वास्थ्यलाई लिएर चिन्तित छु ।”
यसरी स्तालिनले सोभियत जनतालाई युद्धको परीक्षामा नेतृत्व गर्नुभएको थियो ।
सन्दर्भ व्यक्ति परिचय
१८) इस्र्किन कोल्डवेल संरा अमेरिकी पत्रकार तथा लेखक हुन् । उनले सामाजिक समस्याबारे केही उपन्यास पनि लेखेका छन् ।
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *