भर्खरै :

सद्भाव ¥यालीमा ऐक्यबद्धता

– दानबहादुर कपाली
भक्तपुर नगरपालिकाको संयोजन र जिल्ला प्रशासन कार्यालयको साथमा बिहीबार बिहान ऐक्यबद्धता सद्भाव ¥याली भयो । जात्रालाई शान्तिपूर्ण र मर्यादित रुपमा सफल पार्ने उद्देश्यले आयोजित सो ¥यालीमा उत्साहपूर्ण सहभागिता थियो । संस्कृति मनाऔँ, सभ्य बनौँ, बिस्केट जात्रा भक्तपुरवासीहरूको गौरव हो, यसलाई उल्लासमय र मर्यादित रुपमा मनाऔँ, जात्रा स्थलमा पसल नराखौँ, जात्रास्थलमा मादक पदार्थ सेवन नगरी अभद्र व्यवहार नगरौँ, भैरवनाथको रथ २ बजे तानाँै र ६ बजे सम्पन्न गरौँ आदि जात्रासम्बन्धी प्ले कार्ड बोकेको सो ¥यालीले नगर परिक्रमा गरेको थियो ।
¥यालीको सुरुमा छुमा गणेश कोषको नायखीं बाजा थियो । त्यस बाजाले ¥यालीको शङ्खघोष गरेको थियो । त्यसको पछाडि विश्वकर्मा भैल प्याखंको लाखे नाच थियो । बीच बीचमा रहेको बाँसुरी बाजा, धाँ बाजाले ¥यालीलाई सङ्गीतमय बनाएको थियो । ¥यालीको अर्काे महत्वपूर्ण आकर्षण सैनिक बाजा थियो । सैनिक बाजा पछाडि ¥यालीमा सहभागी सेना, सशस्त्र प्रहरी र प्रहरीको व्यापक सहभागिताले ¥यालीको शोभा बढायो । ¥यालीमा खेलाडीहरू, शिक्षक शिक्षिका, विद्यालय र कलेजका विद्यार्थीहरूको सङ्ख्या पनि कम होइन । त्यस्तै सहकारीकर्मी, स्वास्थ्यकर्मी, व्यापारी, उद्योगी, वाद्यवादनका कलाकारहरूको सहभागिता पनि उल्लेख्य नै छ ।
स्काउटका सदस्यहरूको पनि त्यतिकै सहभागिता छ । शारीरिक सुगठन तथा फिटनेस सङ्घका पदाधिकारी, नेपाल मानव अधिकार सङ्गठन, भक्तपुर पर्यटन व्यवसायी सङ्घ, कपाली समाजका पदाधिकारी तथा सदस्यहरूल सहभागी भएर बिस्केट जात्रा शान्तिपूर्ण सफल बनाउने सद्भाव ¥यालीमा ऐक्यबद्धता जनाएका छन् । ¥यालीमा ऐक्यबद्धता जनाउन नेपाल रेडक्रस सोसाइटी, मानन्धर व्यायाम मन्दिर, सरकारी तथा गैरसकारी कार्यालय, सामाजिक सङ्घ संस्था, बाँसुरी बाजा, धाँ बाजाका कलाकारहरू आदि सबै धन्यवादका पात्र हुन् । त्यस्तै भक्तपुर हस्तकला, भक्तपुर मिनिबस सेवा समिति, विभिन्न स्कूल, कलेज र सहकारी सङ्घ संस्थाले पनि ऐक्यबद्धता जनाएर ¥यालीको शोभा बढाएका छन् ।
¥यालीमा सहभागी विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको ऐक्यबद्धताले जात्रा शान्तिपूर्ण हुने सन्देश छरेको छ । जात्रा मर्यादित हुनुपर्ने, समयमै सम्पन्न गर्नुपर्ने, उत्साहित बनाउने काम ¥यालीले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *