भर्खरै :

के आधुनिक समाजमा पनि शास्त्रीय कविताको आवश्यकता छ ?

सन् २०१६ देखि चीन केन्द्रीय टेलिभिजन (China Central Television) ले शास्त्रीय र आधुनिक चिनियाँ कवितामा प्रभातकालीन समयमा सांस्कृतिक खेल समारोह प्रसारण गर्दै आएको छ । चिनियाँ कविता सम्मेलनले हरेक साँझ वसन्त चाडको बिदामा प्रसारण गर्दछ । यसको उद्देश्य जनतालाई शास्त्रीय कविताको सौन्दर्यलाई सम्झना गराउन परम्परागत सांस्कृतिक प्रवद्र्धन गर्नु हो ।
यो जनप्रिय कार्यक्रममा जीवनका सबै क्षेत्रका माध्यमिक विद्यालय र कलेजका इन्जिनियर, किसान र खाद्यान्न आपूर्तिकर्ताहरूसमेत असङ्ख्य सहभागीहरू छन् । ती सहभागीहरू कविता वाचन गर्छन्, बुँदाहरूबाट कविताका क्षेत्रहरूको आधारमा पढ्छन्, अन्य कवितासँग सम्बन्धित प्रतियोगिताहरूमा भाग लिन्छन् । दर्शकहरूको सङ्ख्या बढ्दै दुई करोडसम्म बढे र यसबाट उक्त कार्यक्रम सफल भएको प्रमाणित भयो ।
चिनियाँ शास्त्रीय काव्य २,५०० वर्ष पुरानो हो । यो विभिन्न राजवंशहरूमा विकास हुँदै गयो । उत्कृष्ट कविताहरूको सङ्ख्या बढ्यो तथा असङ्ख्य उत्तम वित्ताहरू लेखिए । तर, सूचना, प्रविधि र कृत्रिम (बुद्धिको युगमा प्राचीन र शास्त्रीय काव्य एवं साहित्यलाई धेरैले म्याद नाघेको रुपमा सम्झन्छन् । शास्त्रीय कविताहरूमा टीभी कार्यक्रम र समाजले चाहना केही अस्पष्ट रहरको रूपमा पनि लिन्छन् । आलोचकहरूले त्यस्ता किसिमका टीभी कार्यक्रमहरू समयसँग मेल नखाएकोे अवस्थाको, शास्त्रीय काव्यले हाम्रो जीवन वर्णन हामीबाट निकै टाढाको र निकै भिन्न छ । तिनीहरूले के सोच्छन् भने कम्प्युटर खेलहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने र भिडियाहरूले कम्प्युटर र सेल फोनहरूको खाली ठाउँ (स्पेस) खोज्ने काम समयको बर्बादीमात्रै हो र आधुनिक जीवनमा त्यसको महत्व छैन ।
त्यसो भए तापनि, आश्चर्यजनक रुपमा बढ्दो सङ्ख्याले अभैm शास्त्रीय कविताहरू कहिल्यै पुराना हुने छैनन् भनी विश्वास गर्छ । छन्दबद्ध कविताहरू चिनियाँ साहित्य र सांस्कृतिक मूल्यहरूका जरा हुन् । त्यसदेखि बाहेक, ती कविताहरूले आधुनिक जीवनका उच्च तनावबाट उन्मुक्ति दिन्छन् । तिनीहरूले के भन्छन् भने टीभी कार्यक्रमको माध्यमबाट त्यस शैलीलाई समाजले अँगाल्छ । केही सामाजिक सञ्जाल चलाउने व्यक्तिहरूका दृष्टिकोणहरू प्रस्तुत छन् ।
मुकुटको रत्न
पान युनिमिन (चीनको दैनिक शिक्षा) China Education Daily :
कविता चिनियाँ परम्परागत संस्कृतिको निकै महत्वपूर्ण हिस्सा हो । शास्त्रीय कविताहरूको अध्ययनले जनताको सांस्कृतिक ज्ञान र चाखलाई अझ उन्नत् गर्न मद्दत गर्नेछ । आजको आधुनिक युगमा शास्त्रीय कविताहरूको विविध सुरुचिपूर्ण भाषाबाट सामाजिक सञ्जालको भाषा (Internet Language) को कारण जनतालाई एक आपसमा टाढा राख्दैछ । शास्त्रीय कविताहरू पुराना हुनुको सट्टा आज जनतालाई पहिलेभन्दा त्यसलाई जोगाउन आवश्यक छ ।
आजको सूचना युगमा जनताको जिउने र कार्य गर्ने तरीका प्राचीन समयका भन्दा निकै फरक छन् । हामीले सेवा गर्नै नसक्ने गरी प्राचीन कविताहरूबाट सांस्कृतिक सम्बन्ध कायम भएको छ । शास्त्रीय कविताहरू चिनियाँ साहित्यको मुकुटका रत्न हुन् । चिनियाँ शास्त्रीय कविताहरूले आजको समाजको निम्ति मूल्यवान र उत्कृष्ट सांस्कृतिक सम्पदा सङ्ग्रहित छन् । हजारौं वर्षदेखिन् चिनियाँ शास्त्रीय काव्य पूर्ण व्यवस्थित, सबै विषय सम्मिलित र प्राचीन चिनियाँ समाजका रङ्गमञ्च हुन् ।
आज हामीले कवि र लेखक हुन शास्त्रीय कविताहरू सिक्न खोजेका होइनौं । बरु हाम्रो सांस्कृतिक रुचिलाई सुधार र हाम्रो मनलाई समृद्ध पार्न चाहन्छौं । कविता वाचन गर्नुको अर्थ कवि बन्ने अवसर पाइन्छ भन्ने विश्वास छ । जे भए पनि, आधुनिक समाजको लागि शास्त्रीय कविताहरू अध्ययन गर्नुको अन्तिम लक्ष्य राम्ररी व्यवहार गर्ने र असल नागरिक बन्न सिक्नु हो ।
यदि तपाईंले सयौं कविता कण्ठ गर्नु भए पनि तपाईं सबै गुनासाहरूलाई यसले सम्बोधन गर्दैन । बरु, यसले अझै तपाईंलाई उत्साह र आनन्द दिनेछ ।
चिन चिवेई (Jin Zhiwei) edu . enorth . com . en ]
शास्त्रीय कविताहरू चिनियाँ परम्परागत संस्कृतिका जरा हुन् । शास्त्रीय कविताहरूले चिनियाँ जनतालाई तिनीहरूको संस्कृतिप्रति आत्मविश्वास र गौरव अनुभव गराउनेछन् ।
चिनियाँ काव्य सम्मेलन (Chinese Poetry Congress) को व्यापक लोकप्रियताका पछाडि विभिन्न सामाजिक तत्वहरू छन् । विश्वव्यापीकरणको समयमा सबैभन्दा उत्कृष्ट परिचय पत्रको रुपमा चिनियाँ संस्कृति जनताको हृदय र आत्माभित्र गहिराइसम्म घुसेको छ । यो अपरिवर्तनीय ऐतिहासिक धार हो ।
चिनियाँ शास्त्रीय काव्य र साहित्य चिनियाँ संस्कृति र मूल्यका अभिन्न अङ्ग हुन् । यसले सामाजिक, राजनैतिक, आर्थिक र सांस्कृतिक जीवन र राज्यलगायत सम्पूर्ण जीवनलाई समेट्छ । चिनियाँ शास्त्रीय साहित्यबाट प्रतिबिम्बित् सौन्दर्यको स्तर र प्रवृत्ति बिल्कुलै पुरानो छैन । बरु यो विश्व साहित्य र संस्कृतिमा अटल छ र विश्व संस्कृतिको मूल्यवान सम्पतिको भण्डार हो ।
आधुनिक समाजको आवश्यकता
लु युवान (Lu Yuan) छिनचियाङ्ग सन्ध्या खबर Qianjiang Evening News
विशेष गरेर चारओटा अक्षरबाट बनेका अशिष्ट शब्दहरू व्यापक रुपमा प्रयोग हुँदा र त्यस्तै आपत्तिजनक भाषाले भरिएका सामाजिक सञ्जाल र सेलफोनबाट समाज दुषित हुँदैछ ।
अशिष्ट भाषा र त्यस्तो विधि शिष्ट नभएको भाषा शैली निषेध गरिनुपर्छ भन्ने मेरो भनाइ होइन । ती कुराहरू यो युगका उपज हुन् र त्यसको विपरीत ती कुराहरूले आधुनिक समयलाई आकार प्रदान गरेका हुन् । यद्यपि, यो अशिष्ट भाषामा शास्त्रीय कविताहरू पढ्ने युग होइन, प्रत्यक्ष वा तुरुन्तै हाम्रो आधुनिक जीवनमा परिवर्तन आउने होइन । त्यसले कमसेकम जनतालाई अर्को युगमा सम्झना गराउनेछ ।
शास्त्रीय कविताहरू पढेका अधिकांश मानिसहरू आ–आप्mना नीरस दैनिक जीवनबाट टाढा लैजान्छन् । तिनीहरूको आर्थिक स्थिति उँभो लाग्ने छैन किनभने तिनीहरूले सयौं कविताहरू स्मरण गरेका हुन्छन् । शास्त्रीय कविताहरूले तिनीहरूको भावनालाई सबैभन्दा पवित्र र सबैभन्दा सच्चा खालको प्रेमलाई प्रतिनिधित्व गर्दै सामाजिक, शैक्षिक र पारिवारिक पृष्ठभूमिले तनावभन्दा माथि पु¥याउँछ ।
यो सामाजिक सञ्जाल युगमा, वस्तुहरू सजिलै अझ नयाँ अझ ताजा वस्तुहरूबाट प्रतिस्थापन हुन्छ र आधुनिक समाजमा सामान्यतया प्राचीन वस्तुहरूलाई स्थान हुँदैन । त्यसो भए तापनि, एउटा चाखलाग्दो कुरो के हो भने जीवनको चाल सुस्त हुँदा कृषि युगबाट आजको आधुनिक समाजमा १,२०० वर्ष पुराना लि पाई (Li Bai) र तु फु (Du Fu) जस्ता दुईजना शिखरमा पुगेका कविका साथै विलियम शेक्सपियर (William Shakespeare) का उत्कृष्ट कृतिहरू सँगै वडो चाखलाग्दो ढङ्गको सांस्कृतिक सम्पदाको विषय चर्चा भइरहनेछ । ।
तिनीहरू किन सिमान्तकृत र प्रतिस्थापन भएनन् ? किनभने तिनीहरूले आप्mना समाजका आधारभूत मूल्य र आप्mना भावनाहरू प्रतिबिम्बित गरे । अघि बढ्दै गरेको विश्वव्यापीकरणको अवस्थामा यस खालको सांस्कृतिक परिचय र पहिचान हुन गा¥हो समयमा झन् महत्वपूर्ण र बहुमूल्य हुन्छ ।
सांस्कृतिक परम्परा भनेको आजको चीनमा घट्दै गरेको मूल्य, मान्यता र जीवन शैलीको एक दर्शन हो । यस्तो घुमिल परिस्थितिमा शास्त्रीय कविताहरूको पुनःरसास्वादन गर्ने विचार खराब होइन ।
लि चाओछिङ्ग (Li Zhaoqing) [www.zgnt.net]:
चिनियाँ शास्त्रीय कवितामा सौन्दर्यवद्र्धक र भावात्तेजक अभिव्यक्ति हुन्छ । ती कविताहरू लयात्मक र छन्दबद्ध हुन्छन् । शास्त्रीय कविताको वाचन गर्दा जनताले आनन्द अनुभूति गर्छन् र मनलाई व्यापक र उत्साहित गर्छन् । इतिहासले वर्तमानलाई प्रभावित पार्छ र भविष्यलाई आकार (प्रकार दिन्छ । त्यसैले हाम्रो जीवन एक्लो छैन अथवा इतिहासबाट पीडित छौँ । कविताको वाचनले आप्mनो दैनिक जीवनलाई बढी ध्यान दिन जनताले सिक्नेछन् र आप्mनो जीवनमा अझ धेरै गम्भीर बनाउँछन् ।
आजभोलि, जनता सबै किसिमको काम र झन्झटबाट दविएका हुन्छन् र जीवनको दु्रततर पाइलाबाट थाकेका हुन्छन् । पत्यारलाग्दो दैनिक जीवनसँग सङ्घर्ष गर्दा गर्दै तिनीहरू चिनियाँ शास्त्रीय काव्यको प्रदर्शनबाट ल्याइएको हावाको ताजा सुगन्धबाट तिनीहरूले पुनः ताजगीको अनुभव गर्छन् ।
उत्तम प्रस्तुतीकरणले जीवन काम र उराठलाग्दा वस्तुहरूको लागि मात्र होइन भन्ने कुरोलाई अनुभव गराउन मद्दत गर्छ । कविता वाचनले मानिसलाई अति सूक्ष्म र सुन्दर स्थितिमा पु¥याउँछ, यद्यपि आधुनिक समाज व्यवहारमा पुग्दैन  ।
चिनियाँ काव्य सम्मेलनको लोकप्रियताले चिनियाँ जनताको भावात्मक अनुराग कविताहरूप्रति प्रदर्शित गर्छ । कविताहरूप्रति तिनीहरूको झुकाव टीभी कार्यक्रम नभए तापनि मर्नेछैन ।
श्यु नानतीई (Xu Nantie ) याङ्गचेङ्ग साँझ खबर पत्रिका Yangcheng Evening News] :
अहिले शास्त्रीय कविताको समय नभए तापनि धेरै जनताले विगतका शास्त्रीय कविता सामाजिक सञ्जालमा हेर्ने गर्छन् र शास्त्रीय कविताप्रति टीभीहरू समर्पित छन् । केही मानिसहरूले शास्त्रीय ढङ्गमा कविता कोर्ने कोशिश गरिरहेका छन् तर तिनीहरूका धेरैजसो कविताहरू विरामपूर्ण छन् ।
शास्त्रीय काव्य आफूले सके जति लामो समयसम्म टिक्नेछ तर यो व्यापकरूपले लोकप्रिय हुनेछैन । यो जनताको एउटा सानो समूहमा सीमित हुनेछ र यो एक प्रकारको दुर्लभ कलाजस्तै हुनेछ । उदाहरणको लागि सुलेखन ९ऋबििष्नचबउजथ० लाई लिउँ । प्राचीन समयमा, हस्तलेखन र चित्रकारिताले प्रमुख भूमिका निभायो । तर, आज सुलेखनले महत्वपूर्ण भूमिका खेल्दैन र स्वाभाविकरूपले किनारा लगाइएको छ ।
शास्त्रीय कवितालाई प्रेम गर्ने र त्यस ढङ्गमा कविता कोर्न चाहनेहरू त्यसो गर्न स्वतन्त्र छन् । तर, तिनीहरूले वास्तविक जीवन र समाजप्रति आँखा चिम्लन सक्दैनन् । चिनियाँ काव्य सम्मेलनले एउटा सनसनी श्रृजना ग¥यो । तर, हामी के आशा गर्न सक्दैनौँ भने साधारण प्रचारले मात्रै शास्त्रीय कवितामा जनताले अनुसरण गर्नेछन् ।
स्रोत ः बेइजिङ्ग रिभ्यु
अनुवाद ः यहु प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *