भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
काठमाडौँ, २ वैशाख । कलाकारले धार्मिक र सांस्कृतिक महत्व बोकेको परम्परागत चित्रकलाको विकास र विस्तार गर्दै जानुपर्ने बताएका छन् । नेपाल ललितकला प्रज्ञा –प्रतिष्ठान (नाफा) को परम्परागत शिल्पकला विभागले सोमबार प्रतिष्ठानमा आयोजना गरेको ‘पाँचदिने थाङ्का पौभा चित्रकला प्रशिक्षण कार्यक्रम’ को समापन कार्यक्रममा सहभागीले प्रशिक्षण कार्यक्रम प्रदेशस्तरमा विस्तार गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमको समापन गर्दै नाफाका कुलपति केके कर्माचार्यले कलाकारलाई परम्परागत चित्रकला बुझ्न पाँच दिन पर्याप्त समय नभएको औँल्याउनुभयो । चित्रकला अध्यापन गराउने शैक्षिक संस्थाहरूले यस विषयमा धेरै सिकाउन सक्ने उहाँले बताउनुभयो ।
नाफा परम्परागत शिल्पकला विभाग प्रमुख बुद्धिबहादुर गुरुङले परम्परागत कला प्रशिक्षण प्रदेशस्तरसम्म गर्ने योजना रहेको बताउनुभयो । परम्परागत चित्रकलाको ऐतिहासिक र परम्परागत महत्व रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “कलेजमा ललितकला अध्ययनरत विद्यार्थीले यस विषयमा सिक्नैपर्छ ।”
कला समीक्षक तीर्थ निरौलाले परम्परागत चित्रकला हाम्रो धर्म, संस्कृति र संस्कारको ऐना भएको बताउनुभयो । कलाकार पूर्णप्रसाद ह्योजुले यस किसिमको तालिमलाई निरन्तरता दिनुपर्ने औँल्याउनुभयो । प्रशिक्षार्थी यशकुमार केसीले प्रशिक्षणले आधारभूत ज्ञान दिएको बताउनुभयो ।
नाफाले बिहीबारदेखि सुरु गरेको प्रशिक्षणमा सबै प्रदेश र ललितकला विषयको प्राध्यापन हुने कलेजमा अध्ययनरत विद्यार्थी गरेर गरी कुल ३८ कलाकार सहभागी थिए । नेवारी परम्परामा विभिन्न देवदेवीको आकृति पौभामा उतार्ने गरिन्छ । बुद्ध दर्शनमा आधारित बुद्धकालीन विषयलाई कपडा तथा कागजमा उतार्ने कलालाई थाङ्का भनिन्छ । तत्कालीन काठमाडौँ उपत्यकामा १२ औँ शताब्दीमा सुरु भएको पौभाको संस्कृति क्रमिकरूपमा तिब्बतमा फैलिएर परिमार्जित भएपछि थाङ्का भनिन थालेको हो ।
Leave a Reply