भर्खरै :

कीर्तिपुरमा सहिद स्मृति कप व्याडमिन्टन प्रतियोगिता चालू

कीर्तिपुर, ४ वैशाख । युवा खेलकुद समूह कीर्तिपुरको आयोजनामा कीर्तिपुरमा एघाराँै सहिद स्मृति कप ब्याडमिन्टन प्रतियोगिता चालू छ । बुधबार भएको पहिलो चरणको खेलमा सञ्जय सुवेदी र रमेश श्रेष्ठको (चन्द्रागिरी) जोडीले कृष्णबहादुर बज्राचार्य र किरण महर्जनको (कीर्तिपुर) जोडीलाई २१—१९ र २२—२० को सोझो सेटमा पराजित गरेको थियो ।
त्यसैगरी रविन शाक्य र मनोज महर्जनको जोडीेले (कीर्तिपुर) सानु महर्जन र धर्मेन्द्र महर्जनको (कीर्तिपुर) जोडीेलाई २१—०७ र २१—१६ सोझो सेटमा पराजित गरेको थियो । नवीन महर्जन र श्यामभक्त महर्जन (कीर्तिपुर) जोडीले वाकओभर पाएका थिए । मङ्गलबार भएको खेलमा दिनेश महर्जन र सुरज मालाकारको (कीर्तिपुर) जोडीले श्रीचन्द महर्जन र आकाश महतको जोडीलाई २१—२३ र २२—२० र २१—११ ले पराजित गरी विजयी सुरुवआट गरेको थियो ।
चैत ३० गते शनिबारबाट सुरु भएको प्रतियोगिता जनसेवा माविमा वैशाख १४ गतेसम्म हरेक दिन बिहान ६ः३० बजे सञ्चालन हुनेछ । कीर्तिपुर क्षेत्रबाट सहादत वीर सहिदहरू लनबहादुर महर्जन, राजमान माली, हीराकाजी महर्जन र राजेन्द्र महर्जनको सम्झनामा हरेक वर्ष युवा खेलकुद समूहद्वार खेलकुद प्रतियोगिता गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *