ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
सुरेन्द्रराज गोसाई
प्रधानमन्त्री ओलीले यही प्रदेशसभामा आएर यस्तो बीच भागमा खाँबो भएको नि प्रदेशसभा हुन्छ र भन्नुभएको एक वर्ष हँुदैछ । आजसम्म न खाँबो हटाउने सुरसार छ न त ओलीजीको मनसाय नै पूरा भयो । प्रम ओलीलाई असफल साबित गर्न खोजिएको हो कि, जानाजान उहाँको अवमूल्यन गर्दैछ प्रदेश सरकार ?
२० लाख पर्यटक भित्याउने योजनासहित पर्यटन वर्ष घोषणा भइसकेको छ । तर प्रसिद्ध पर्यटकीय गन्तव्यस्थल नगरकोट पुग्ने सडक अस्तव्यस्त अवस्थामा छोडिएको सात वर्ष भइसकेको छ । शासक दलका नेताको गतिलो आड पाएको सैलुङ् कन्स्ट्रक्सनले जिम्मा लिएको सो सडक निर्माण यथाशीघ्र सम्पन्न गराउन आवश्यक छ । देशलाई ठग्ने र जनतालाई दुःख दिने ठग ठेकेदारहरू र तिनलाई संरक्षण दिनेविरूद्ध कडाभन्दा कडा कारबाही होस् ।
देश बेरूजू आतङ्कले ग्रस्त छ । देशैभरि भूमाफियाहरूको हालीमुहाली चलिरहेको छ । काठमाडौँ उपत्यकाको हजारौँ रोपनी सार्वजनिक जग्गा माफियाको कब्जामा गइसकेको व्यापक चर्चा छ । शासक दलका नेतासमेत ती कार्यमा संलग्न रहेको समाचारबाट जनता फेरि एकचोटि झस्केका छन् र सोध्दैछन्, ‘सरकार कत्तिञ्जेल भूमाफिया, पप्पु, सैलुङ्, भ्रष्ट र अपराधीहरूलाई काखी च्यापेर बस्छ ?
(वैशाख ५ गते प्रदेशसभाको शून्य समयमा नेमकिपाका सांसद सुरेन्द्रराज गोसाईले राख्नुभएको विचार)
Leave a Reply