भर्खरै :

पीडित किसानहरूलाई उचित क्षतिपूर्तिको बन्दोबस्त होस्

सृजना सैंजू
हालैको भारी वर्षा तथा असिनाको कारण देशका विभिन्न भागमा झैँ भक्तपुरका किसानहरूको बालीनालीमा ठूलो क्षति भएको छ । समस्यामा परेका किसानहरूलाई उचित क्षतिपूर्ति दिन प्रदेश सरकारको ध्यानाकर्षण गर्दछु ।
प्रदेशसभा बैठक निश्चित विधिमा नचल्दा र भएका नियमहरूको उपेक्षा गरिँदा कैयौं अप्ठ्याराहरू देखिएका छन् । कतिपय देशमा वर्षको ३ या ४ पटकमात्र बैठक आह्वान गरी नतिजामुखी ढङ्गमा कार्य सम्पादन गरिने अनुभवबाट शिक्षा लिन सके उपयुक्त होला । प्रदेश सरकारको वार्षिक प्रतिवेदन सावर्जनिक गर्नुपर्ने बेला हिउँदे अधिवेशन चलिरहेको छ । यो सरकारको कार्यशैलीप्रति नै तीखो व्यङ्ग्य हो । काम देखाउनलाई भन्दा पनि काम गर्नलाई बैठक राखिनुपर्छ अन्यथा ‘सानो नानीको ठूलो धोती’ भन्ने उक्ति चरितार्थ हुनेछ ।
प्रधानमन्त्रीको सन्देश सुनियो । जनताले तुलनात्मक रूपमा राम्रो प्रस्तुतिको अपेक्षा गरेका थिए, तर भएन । कर्मचारी समायोजनले नयाँ समस्या थपेको प्रस्ट छ । ‘स्प्वायल सिस्टम’ लागू गरिए केही राहत मिल्ने निश्चित छ । सरकार परिवर्तनसँगै उद्देश्य, भावना र विचार मिल्ने मुख्य–मुख्य कर्मचारीहरू राख्ने र असहमतलाई हटाउने बन्दोबस्तले प्रशासन चुस्त हुनेमा शङ्का छैन ।
(वैशाख ५ गते प्रदेशसभाको शून्य समयमा नेमकिपाका सांसद सृजना सैंजूले राख्नुभएको विचार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *