ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
–गोविन्द वाग्ले
सरकारको नेतृत्व कम्युनिष्ट भनिने नेकपाले गरिरहेको हो तर देशको बन्दोबस्त कम्युनिष्टको सिद्धान्त र विचारअनुसार भइरहेको छैन । यो देशको यथार्थ हो । देशमा कम्युनिष्टको सरकार रहेको या कम्युनिष्टले शासन गरिरहेको नेकपाको दाबी छ । वर्तमान सरकार साँच्चै कम्युनिष्ट हो कि होइन भन्ने कुरा भनाइले होइन व्यवहारले थाहा हुन्छ । व्यवहारले सामन्त, पुँजीवादी, जालीफटाहा र शोषकहरूको पक्षपोषण गरिरहेको छ भने कुनै दलको नाम कम्युनिष्ट राखे पनि माक्र्सवादी–लेनिनवादी भने पनि कम्युनिष्ट हुनेछैन । कुनै देशको कम्युनिष्ट पार्टीले अरु देशमा लागू गरेझैँ आफ्नो देशमा पनि लागू हुनुपर्छ भन्ने होइन । हरेक देशले आ–आफ्नो देश, काल र परिस्थितिअनुसार कम्युनिष्टको सिद्धान्त र विचार लागू गर्छ ।
जनताको सेवा गर्न नै दल खोलेको हरेक दलका नेताहरूको दाबी हुन्छ । तर, त्यो दलले कुन वर्गको प्रतिनिधित्व गर्छ या सेवा गर्छ, त्यसबारे हामी सचेत हुनुपर्छ । नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली कम्युनिष्टको सरकार भएको हुँदा अब कुनै राजनीतिक आन्दोलन र सङ्घर्ष गर्न नपर्ने बताउँछन् । नेकपा भनिने कम्युनिष्टको नेतृत्वमा सरकार भए पनि देशको बन्दोबस्त कम्युनिष्टको मूल्य र मान्यताअनुसार भइरहेको छैन । यसकारण देशमा आन्दोलन र सङ्घर्ष आवश्यक छैन भन्ने कुरा गलत हो । देशको व्यवस्था समाजवादी गणतन्त्र नभएसम्म, कम्युनिष्टको सिद्धान्त र विचारअनुसार ऐनकानुन नबनेसम्म र तद्नुसार जनताले राहत नपाएसम्म देशमा सङ्घर्ष आवश्यक छ ।
अर्काे निर्वाचनमा नेकपा हार्यो या देशको ठूलो दल बन्यो भने या अर्कै दलको नेतृत्वमा सरकार गठन भयो भने त्यसबेला नेकपाले सङ्घर्ष गर्ने कि नगर्ने ? आफ्नो दलको नेतृत्वमा सरकार गठन हुँदा आन्दोलन गर्न नपर्ने र अरु दलको नेतृत्वमा सरकार गठन हुँदा आन्दोलन गर्नुपर्ने कुरा कसरी सही हुन्छ ? नेकपा साँच्चै कम्युनिष्ट पार्टी हो भने सङ्घर्ष नगरी सुखै छैन । हालको व्यवस्था पुँजीवादी व्यवस्था हो । यो व्यवस्थाले बहुमत जनता या शोषितपीडित जनताको प्रतिनिधित्व गर्दैन । बहुमत जनताको पक्षमा काम नगर्ने कसरी कम्युनिष्ट हुन्छ ? आफ्नो दलको नेतृत्वमा सरकार हुँदैमा आन्दोलन र सङ्घर्ष गर्न नपर्ने उद्घोष गर्ने दल कसरी कम्युनिष्ट हुन्छ ? वर्गरहेसम्म वर्गसङ्घर्ष भइरहन्छ । जात र भाषाको आधारमा सङ्गठन गर्ने दल कम्युनिष्ट हुनैसक्दैन । पैसाको लागि कुनै देशलाई समर्थन र विरोध गर्ने दलले कतै देशको सार्वभौमिकतामाथि आँच पु¥याउने काम त गरिरहेको छैन ? विस्तारवादी भारतीय शासक वर्गको पक्षपोषण गर्ने, उसको इसारा या दबाबमा चल्ने सरकारले के देश जोगाउँछ ?
कम्युनिष्ट पार्टीले कुनै पनि देशको थिचोमिचो, आक्रमण, दबाब सहेर बस्दैन । ठूला शक्ति राष्ट्रको पछि लाग्दैन । कुनै देशले दुईचारवटा योजना या विकासमा साथ दियो भनेर देशघाती र जनविरोधी ऐन कानुन बनाउन या विधेयक पारित गर्ने दल देशभक्त बन्दैन ।
Leave a Reply