भर्खरै :

सहिद स्मृति कप: व्याडमिन्टन प्रतियोगिता अमित र जितेन्द्र, नवीन र श्यामभक्त र प्रमोद र सुमन सेमिफाइनलमा

कीर्तिपुर, १० वैशाख । युवा खेलकुद समूह कीर्तिपुरको आयोजनामा सञ्चालित एघारौं सहिद स्मृति कप ब्याडमिन्टन प्रतियोगिता चालू छ । प्रतियोगितामा अमित महर्जन र जितेन्द्र महर्जन (कीर्तिपुर), नवीन महर्जन र श्यामभक्त महर्जन (कीर्तिपुर) र प्रमोद महर्जन र सुमन महर्जन (चन्द्रागिरी) सेमिफाइनलमा प्रवेश गरेका छन् । यस अघि नै राजकुमार पोखरेल र सविन श्रेष्ठ (चन्द्रागिरी) सेमिफाइनलमा प्रवेश गरिसकेका थिए । बुधबार सेमिफाइनल खेलहरू हुनेछन् ।
मङ्गलबार भएको अन्तिम क्वार्टर फाइनल खेलमा नवीन र श्यामभक्त (कीर्तिपुर) जोडीले शङ्कर र सुदनको जोडीलाई १६—२१ र २३—२१ र २१—१७ ले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको हो । त्यसैगरी अमित र जितेन्द्रको (कीर्तिपुर) जोडीले राजेन्द्र श्रेष्ठ र रमेश श्रेष्ठको जोडीलाई २१—१७ र २१—१६ ले र प्रमोद र सुमन (चन्द्रागिरी) जोडीले सुरज र दिनेशकोे (कीर्तिपुर) जोडीलाई २१—१८ र २१—११ ले पराजित गरी अन्तिम चारमा प्रवेश गरेका हुन् । सेमिफाईनल खेलमा नवीन र श्यामभक्त (कीर्तिपुर) बिरुद्ध राजकुमार पोखरेल र सविन श्रेष्ठ (चन्द्रागिरी) र अमित र जितेन्द्रको (कीर्तिपुर) विरुद्ध प्रमोद र सुमन (चन्द्रागिरी) वैशाख ११ गते बुधबार हुनेछ । फाइनल तथा पुरस्कार वितरण वैशाख १४ गते शनिबार हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *