भर्खरै :

मे दिवस

जे भी स्तालिन
अक्टोबर समाजवादी क्रान्तिका नेता जेभी स्तालिनले सन् १९१७ को मे दिवसको दिन पेट्रोग्राडमा दिनुभएको भाषण आक्रामक युद्धपिपासु देशका पुँजीवादी नरभक्षीहरूले संसारलाई रगतको आहालमा धकेलेको झण्डै तीन वर्ष बितिसकेको छ ।
हिजोसम्म आपसका दाजुभाइ र अहिले सेनाको पोशाक लगाएका सबै देशका मजदुरहरू शत्रु बनेर आपसमा लडिरहेको पनि झण्डै तीन वर्ष बितिसकेको छ । उनीहरूले सर्वहारा वर्गका शत्रुहरूको खुसीको लागि एक आपसमा काटमार र हत्या गरिरहेका छन् ।
विभिन्न देशका जनशक्तिको ठोकमा हत्या, ठोकमा क्षति र अभाव, उदाउँदै गरेका सहर र गाउँहरूको ध्वंस, ठोसमा भोकमरी र जङ्गली युगतिरको पश्चगमन आदि सबै घटना केही मुठीभर श्रीपेच लगाएका वा नलगाएका डाँकूहरूले विदेशी भूमिमाथि अत्याचार गर्न र लाखौँ लाख सोझा जनतालाई मारिरहेका छन् । युद्ध त्यतैतिर उन्मुख छ ।
विश्व युद्धको मुठीमा क्रमशः कैद बन्दै छ ।
युरोपका जनताले यो कुरा थप सहन गर्नसक्दैनन् । त्यसकारण जङ्गली पुँजीपति वर्गविरुद्ध उठिसकेका छन् ।
मजदुरहरू एक आपसमा विभाजित बनाउने पर्खाल भत्काउने पहिलो हठौडा रुसी क्रान्ति सावित भयो । संसारभर ‘देशभक्ति’ को आकर्षक नारा लागिरहेको समयमा रुसी मजदुरहरूले विस्मृतिमा हराइसकेको नारा ‘संसारका मजदुर एक होऔं !’ लाई फेरि लगाए ।
रुसी क्रान्तिको गर्जनसँगै पश्चिमका मजदुरहरू पनि निद्राबाट ब्यूँझिएका छन् । जर्मनीमा हडताल र जुलुसहरू भइरहेका छन् । अष्ट्रेया र बुल्गेरियामा जुलुसहरू भइरहेका छन् । सबै तटस्थ देशहरूमा हड्ताल र सभाहरू भइरहेका छन् । बेलायत र फ्रान्समा अस्थिरता बढ्दै छ । युद्धका मोर्चाहरूमा सिपाहींहरूबीच भ्रातृत्वपूर्ण सम्बन्ध विकास भइरहेको छ । समाजवादी क्रान्तिको उर्लिंदो उभारको यो नै पहिलो छाल हो ।
यस्तो परिस्थितिमा आजको मे दिवस रगतको आहालमा पनि जनताबीच भ्रातृत्वको नयाँ सम्बन्ध गाँसिंदै गरेको के सङ्केत होइन र ?
पुँजीपति डाँकाहरूको पाइतलामुनिको भूमि भतभती बलिरहेको छ । युरोपभरि फेरि पनि अन्तर्राष्ट्रिय रातो ध्वजा फरफराइरहेको छ ।
त्यसकारण पेट्रोग्राडमा भेला भएका दसौं लाख मजदुरहरूले संसारभरका मजदुरहरूप्रति भ्रातृत्वको हात अघि बढाऔं । नयाँ क्रान्तिकारी अन्तर्राष्ट्रियको जन्मको कामना गरौँ ।
पेट्रोग्राडमा आज गुञ्जायमान भएको ‘संसारका मजदुर एक होऔं’ नारा संसारभर गुञ्जियोस् र समाजवादको लागि लड्न संसारभरका सबै मजदुर एकजुट होऔँ ।
पुँजीवादी डाँकाहरूका शिरमाथि, उनीहरूका दक्षिणपन्थी सरकारका शिरमाथि हामीले सबै देशका मजदुरहरूका मुठी उठाउँदै नारा लगाऔँः
मे दिवस जिन्दावाद !
देशहरूबीचको भ्रातृत्व जिन्दावाद !
समाजवादी क्रान्ति जिन्दावाद !
स्तालिनका सङ्कलित रचना भाग–३ बाट अनुदित

Leave a Reply

Your email address will not be published. Required fields are marked *